Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कार्यस्थलमा समेत महिला असुरक्षित

डेक्स

डेक्स

कार्यस्थलमा समेत महिला असुरक्षित
ADVERTISEMENT

नेपालगन्ज १७ मसिंर । कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक कार्यक्रममा बताइएको छ । कार्यालयमा पुरुषहरुले अपशब्दको प्रयोग, अवाञ्छित, अश्लील, अपमानजनक, यौनिक टिप्पणी, हेराइ, मजाक गर्ने जस्ता क्रियाकलापले महिलाहरु अपमानजनक र असुरक्षित भएको कुरा औलाइएको छ । 

महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीसंग बुधबार गरेको छलफल कार्यक्रमका सहभागिहरुले सचेत महिलाले मात्र अवसर पाउने गरेको बताएका थिए ।

उनीहरुले नगर कार्यपालिकामा सहभागी महिलाहरु बैठकमा निर्धक्कका साथ बोल्न नसकेको अवस्था रहेकोले महिलाहरुलाई अवसर र सचेतनाको आवश्यकता रहेको बताएका थिए । उनीहरुले स्थानीय तहमा महिला जनप्रतिनिधीहरु नाम र कोटाका लागि मात्र सहभागिता गराउने गरिएकोले महिलालाई सक्षम र सबल बनाउनुपर्नेमा जोड दिइका थिए । 

आर्थिक अवस्था कमजोरले महिलाहरु बढी हिंसामा पर्ने भएकाले उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइएको थियो । सहभागीहले उपमहानगरपालिका कार्यालयमा लैङ्गिक हिंसाका घटना सम्बोधन गर्न जेसी फोकल पर्सनमार्फत हेल्प डेक्सको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए । 

कार्यक्रममा कार्यपालिका सदस्य बसन्त कुमार कनोजिया, संगिता रेग्मी, कोशलकुमार धोबी, वरिष्ठ महिला विकास अधिकृत पवित्रा पुरी, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, संस्थाका अध्यक्ष विश्वजित तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, रविन्द्रकुमार ज्ञवाली लगायतले महिलाका विभिन्न सवाल समस्या र समाधानको उपायबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा उक्त कार्यक्रम गरिएको हो । 

संस्थाले नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने लैङ्गिक तथा यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता निमार्ण गर्न लागेको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो । उहाका अनुसार यो नीति निमार्णका लागि विभिन्न लक्षित समुह तथा अन्य सरोकारवालासंग समेत छलफल गरिएको छ । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…