Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

डेक्स

डेक्स

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा
ADVERTISEMENT

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका साथ आइतबार पोखराबाट निस्केको ‘जाउँ है बेगनास पोखरा’को टोलीले सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिकाका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका विषयमा छलफल गरेको छ ।होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष(२०२५ को सहयोगमा त्रीदिवसीय कार्यक्रमका साथ निस्केको टोलीले बेगनास क्षेत्र र बर्दियाको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको हो ।
    
पर्या(पर्यटन विकास मञ्च ठाकुरद्वाराको सहजीकरणमा ठाकुरबाबा नगरपालिकामा गरिएको कार्यक्रमका सहभागीले पर्या(पर्यटनलगायत क्षेत्रमा एकरुपता रहेकाले बेगनास र बर्दियाबीच पर्यटकीय साझेदारीले दुवै लाभान्वित हुनेमा जोड दिइएको हो ।
    
ठाकुरबाबा नगरपालिकाका प्रमुख तीलकराम लम्सालले नेपाल आफैँमा प्रचुर पर्यटकीय सम्भावना भएको देश भएकाले राज्यका तीनवटै तहले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । पोखरासँगको पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको जनाउँदै उहाँले आपसी समन्वयबाट दुवै क्षेत्रको पर्यटकीय विकासलाई अघि बढाउन सकिने धारणा राख्नुभयो ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका सहसंयोजक एवं होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका बेगनासतालसहितका सात तालहरू, यहाँबाट देखिने हिमाली दृश्यसँगै पर्यटकीय सम्भावनालाई उजागर गर्नेतर्फ आफूहरू लागेको बताउनुभयो ।
    
बेगनासतालसहित यस आसपासका क्षेत्र जैविक विविधताले सम्पन्न हुनुका साथै चरा पर्यटनलगायतमा धेरै सम्भावना बोकेको जनाउँदै उहाँले बर्दियाका पर्यटकीय क्षेत्रसँग यस्ता विषय मिल्दोजुल्दो भएकाले सहकार्य गरेर अघि बढ्न सकिने धारणा राख्नुभयो । उहाँले बेगनाससहित यहाँका तलतलैया एवं पर्यटकीय गन्तव्य समेटिएको श्रव्यदृश्य सामग्री प्रस्तुत गर्नुभएको थियो ।
    
होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले लेखनाथ क्षेत्रमा तालतलैयासँगै हिमाल हेरेर फुटबल खेल्न सकिने, भण्डारढिकस्थिल खेलमैदानलगायत पर्यटकीय पूर्वाधार रहेका जानकारी दिनुभयो । बेगनास क्षेत्रमा आएका पर्यटकलाई बर्दिया पठाउँदा पर्यटकीय गतिविधिसँगै आम्दानी बढ्ने बताउँदै उहाँले बर्दिया आउने पर्यटकलाई बेगनाससहित पोखराका पर्यटकीय गन्तव्य पठाउन आग्रह गर्नुभयो ।

ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिनाकुमारी भट्टराईले विश्वमा बाघ हेर्ने महत्त्वपूर्ण गन्तव्यका रूपमा बर्दिया विकास भइरहेको उल्लेख गर्दै प्राकृतिक रूपमा सम्पन्न पोखरासँग पर्यटकीय साझेदारी गरेर अघि बढिने धारणा राख्नुभयो । 
    
पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले बर्दिया र कास्कीमा भएका पर्यटकीय सम्भावनालाई उजागर गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
    
पर्या(पर्यटन विकास मञ्च बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले राष्ट्रिय निकुञ्जका कारण बर्दिया परिचित बनेको बताउँदै संसारकै घुम्ने गन्तव्यका रूपमा बर्दियाले विश्वव्यापी चर्चा पाउन थालेको जानकारी दिनुभयो । पोखरा आफैँमा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएका कारण आफूहरू पोखरासँगको पर्यटकीय साझेदारीका लागि हातेमालो गर्न तयार रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा होटेल एशोसिएसन नेपाल (हान) बर्दियाका महासचिव रेशम थापा, बर्दिया संरक्षण क्षेत्रका अध्यक्ष राजन चौधरीलगायतले पर्यटकीय साझेदारीले दुवै गन्तव्य लाभान्वित हुने भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
    
प्रवर्द्धन टोली आज कर्णालीको सदरमुुकाम सुर्खेतका पर्यटकीय गन्तव्यको अवलोकनसँगै त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरी पोखरा फर्कने होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महसचिव सुरेश लामिछानेले जानकारी दिनुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…