Pairabi logo

पुस २८, २०८२, सोमबार                    

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

डेक्स

डेक्स

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै
ADVERTISEMENT

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम अन्तर्गत आइतवार नेपालगञ्जमा प्रदर्शन तथा जनसभा गर्दैछ । 

नेपालगञ्जको एस.के पेट्रोल पम्पदेखि शुरु हुने विशाल जुलुस प्रदर्शनमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी तथा सदस्य तथा आमकिसानहरुको सहभागिता हुने नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार, नेपालगञ्जको एस. के. पेट्रोल पम्म नजिकवाट शुरु हुने जुलुस नेपालगञ्जको परिक्रमापछि धम्बोझी चोकमा पुगेर सभामा परिणत हुनेछ । उक्त सभालाई नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द तिमिल्सिना र अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष एवम् राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेस दंगालले सम्बोधन गर्नुहुनेछ । 

आन्दोलन कार्यक्रम अन्तर्गत आइतवार प्रदर्शन गरिने जुलुस र सभाको पूर्व सन्ध्यामा शनिवार नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आन्दोलनको आवश्यकता र औचित्यका बारेमा नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभएको थियो । 

पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले किसानहरुले भोग्नु परेका समस्याको निराकरणका लागि १० आन्दोलनको कार्यक्रम अन्तर्गत १० बुँदे माग अघि सारिएको बताउनुभयो ।

जसअन्तर्गत किसानका लागि हुने विमा सम्बन्धि व्यवस्थाको उचित सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजारको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, विउको सरल र सहज उप्लव्धता, दुध रकमको भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकृत व्यवस्थालगायतका माग समेटिएको छ ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…