Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

भाषा, संस्कृतिको अध्ययन र अनुसन्धानमा सरकार उदासीन – तीर्थ श्रेष्ठ

सम्वाददाता

सम्वाददाता

भाषा, संस्कृतिको अध्ययन र अनुसन्धानमा सरकार उदासीन – तीर्थ श्रेष्ठ
ADVERTISEMENT

 

२०७९ वैशाख २६, 

यदुनाथ बञ्जारा, पोखरा

लेखक तीर्थ श्रेष्ठ समाज सेवा, साहित्य लेखन र राजनीतिको त्रिपक्षीय यात्राका सफल यात्री मानिन्छन् । ३ बीस हिउँद–बर्खा काटिसकेका श्रेष्ठ अझै पनि ऊर्जाशील र अनुकरणीय पात्रको रूपमा परिचित छन् । खास गरी साहित्य र रचनात्मक लेखन यात्रामा दखल राख्ने तीर्थ श्रेष्ठ पोखरा मात्र हैन स्वदेश तथा विदेशमा समेत उत्तिकै परिचित पात्र हुन् ।
जीवन र जगतका कुरालाई सहज, सरस र सरल प्रस्तुति गर्नु नै साहित्य हो भन्ने तीर्थ श्रेष्ठ कविता र मुक्तक लेखनमा दिग्गज मानिन्छन् । तरलवादी आन्दोलनका एक हस्ती श्रेष्ठ शैक्षिक हित र सामाजिक विकासको उन्नयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेका उनी पञ्चायतकालको अन्त्यका ३ वर्ष उप–प्रधानपञ्च भई पोखरामा सक्रिय राजनीतिमा होमिएका थिए । नेपाली कांग्रेसका आस्थावान कार्यकर्ता भए पनि सबै विचारको सम्मान गर्नुपर्छ भन्ने धारणा राख्ने तीर्थ श्रेष्ठ साहित्यमा भने स्वच्छन्दतावादी धारको पक्षमा वकालत गर्छन् ।
७ वटा कविता, मुक्तक र गीत सङ्ग्रह प्रकाशन गरिसकेका श्रेष्ठ राष्ट्रिय तथा स्थानीय गरी बीस वटा भन्दा बढी संघ संस्थामा आवद्ध छन् । उनी राष्ट्रिय प्रतिभा पुरस्कार, मोती पुरस्कार, शिरोमणि पुरस्कार, वासुशशी पुरस्कार, भूपि स्मृति साहित्य पुरस्कार सहित दर्जन भन्दा बढी सम्मान तथा पुरस्कारबाट विभूषित भइसकेका छन् । साहित्य लेखनलाई नै जीवनको पर्याय बनाएका उनै कवि तथा साहित्यकार तीर्थ श्रेष्ठ लेखक संघको अध्यक्षमा निर्वाचित भएपछि स्वतन्त्र समाचार सेवा (आइएनएस) का लागि गरिएको समसामयिक भेटवार्ताको मुख्य अंश ।

 

तपाई किन लेखक संघको नेतृत्वमा जानु भएको ?
नेपाली लेखक संघमा म केन्द्रीय सदस्य र उपाध्यक्ष पदमा बसिसकेको र यसका माध्यमले नेपाली लेखकहरूको हक हितको संरक्षणमा केही योगदान गर्न सकिन्छ भन्ने विश्वास राखेर नेतृत्वमा आएको हुँ । यसका अतिरिक्त साथीहरूले नेतृत्व लिन आग्रह गर्नु भएकाले पनि म नेपाली लेखक संघको नेतृत्वमा आएको हुँ ।
लेखक त स्वतन्त्र प्राणी हो, उसलाई संगठन किन चाहिन्छ र ?
लेखकहरूका केही साझा समस्या र उत्तरदायित्वहरू पनि छन् । तिनलाई वैयक्तिक स्तरमा सम्बोधन गर्न सकिन्न । त्यसका लागि संगठन आवश्यक पर्दछ ।
लेखक संघले लेखकीय स्वतन्त्रताको रक्षा र प्रवद्र्धन कसरी गर्छ ? के के योजना छन् ?
अहिलेको अवस्थामा संविधानले नै विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ । तथापि बेलामौकामा स्रष्टाहरूको अभिव्यक्तिप्रति असहिष्णु स्वरहरू देखा पर्ने गरेका छन् । यस्तो बेला संगठित रूपमा प्रतिवाद र लेखकीय स्वतन्त्रताको रक्षा गर्नका लागि आवश्यक कदम उठाउन सकिन्छ । अहिले नै लेखकीय स्वतन्त्रता अपहरण गर्ने दुस्साहस भने कसैले गर्न सक्ने अवस्था छैन।
संघलाई दलीय संलग्नताको साँघुरो घेरामा किन राख्नु परेको ?
संघ कुनै पनि दलको भातृ संगठन होइन । लोकतान्त्रिक मूल्य मान्यताभित्र हुने यही विश्वासको धरातलमा आधारित भएको राजनीतिक दलसँग निकटता स्वभाविक नै होइन र ?
नेपाली भाषा साहित्य र संस्कृतिको विकासका लागि आज राज्य र समाज दुबैले लिनुपर्ने सोच, नीति र योजना के हुनसक्छ ?
नेपाली भाषा संकटमा छ । अंग्रेजी माध्यमका विद्यालयहरू र आवश्यकताभन्दा बढी अंग्रेजी मोहले हामीलाई गाँजेको छ । आज हामी अंग्रेजीमा सोच्ने पुस्ताको उत्पादन गरिरहेका छौं । हामी हाम्रो परम्परा, संस्कृति र संस्कारबाट टाढा हुँदैछौं । यसबाट जोगिनु आवश्यक छ । मुलुकको शिक्षा पद्धतिमा पर्याप्त सुधारको आवश्यकता छ । मुलुकको इतिहास, संस्कृति, भूगोल र भाषाहरूको अध्ययन र अनुसन्धानमा सरकारले उदासीनता देखाएको छ । प्रज्ञा प्रतिष्ठानहरू गहना मात्र भएका छन् । यस्तो उदासीनताका दुष्परिणाम देखिंदै छन् ।
देशमा काठमाडौं केन्द्रित प्राज्ञिक चिन्तनधारा प्रवल रहेको देखिन्छ, यस्ता परिवेशमा पोखराले सिर्जनात्मक आन्दोलनलाई कसरी हाँक्न सक्ला ?
अझै पनि राजधानी र मोफसलको भेद बाँकी रहनु दुर्भाग्य हो । सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकासले संसारलाई सबैतिर सहज पहुँचको सुविधा दिइसकेको छ । पोखराले नेपाली साहित्यमा विविध ढङ्गका गतिविधि र आन्दोलन मार्फत आफ्नो शक्ति र सामथ्र्य देखाइसकेको छ । त्यसका विषयमा म थप चर्चा गर्न चाहन्न ।
नेपाल लेखक संघमा आवद्ध नभएका तर नेपाली भाषा साहित्यको साधनामा लागेकाहरूलाई कसरी जोड्नु हुन्छ ?
नेपाली लेखक संघमा आबद्धताका लागि हामी आग्रह गर्ने छौं । उहाँहरूको आबद्धताका लागि उपयुक्त परिस्थिति निर्माण गर्ने छौं।
संसारको सिर्जनात्मक दुनियामा हामी कहाँ छौं ?
सिर्जनात्मक क्षमताका दृष्टिले नेपाली लेखकहरू धेरै पछि छन् जस्तो लाग्दैन । लेखेर बाँच्ने परिस्थिति र राज्यबाट उचित प्रोत्साहनको अभावका कारणले नेपाली साहित्यले अपेक्षित प्रगति गर्न नसकेको हो ।
लेखक संघका आदर्श लेखक साहित्यकारहरू को को हुन् ?
नेपाली लेखक संघको स्थापनामा संलग्न वीपी कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’ लगायतका लेखकहरू प्रति संघ श्रद्धा राख्दछ ।
साहित्य लेखन विधामा प्रदान गरिने पुरस्कारको प्रतिभा छनोट कार्य निष्पक्ष र पारदर्शी हुँदैन भन्ने गुनासो छ नि !
सबै ठाउँमा खराब भएको छ भन्नु पनि गलत हुन्छ । कमजोरीहरू छन् । त्यस्ता कमजोरीबाट मुक्त हुन आवश्यक छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …