Pairabi logo

कात्तिक २०, २०८३, बिहीबार                    

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

डेक्स

डेक्स

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम
ADVERTISEMENT

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, अभियान सञ्चालन तथा पैरवीसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले गुलरिया नगरपालिकामा दुईदिने नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत आयोजित उक्त तालिममा गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका गरी जम्मा २५ जना बालबालिका, किशोरकिशोरी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिमको प्रारम्भमा सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य, विषयवस्तु तथा बालबालिका र युवाहरूको नेतृत्व विकासमा यस्ता तालिमको महत्त्वबारे प्रकाश पार्दै सहभागीहरूलाई अभिमुखीकरण गर्नुभएको थियो।

तालिमका क्रममा प्रभावकारी अभियान सञ्चालन तथा जनवकालत, नेतृत्व विकास र नेतृत्वदायी क्षमता, पैरवी तथा वकालत, बालबालिका तथा युवाहरूको अर्थपूर्ण सहभागिता, बालअधिकारका सवालहरू तथा नीतिगत तहमा आफ्ना आवाज र सरोकारहरू प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा व्यावहारिक छलफल तथा सहजीकरण गरिएको थियो। तालिमको सहजीकरण विनय दिल लामाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नग्मा सिद्दिकीले गर्नुभएको थियो।

तालिमले सहभागीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, प्रभावकारी सञ्चार तथा अभियान सञ्चालन र पैरवीसम्बन्धी सीप अभिवृद्धि गर्नुका साथै आफ्ना अधिकार, सवाल र सरोकारका विषयमा निर्भीकतापूर्वक आवाज उठाउन थप प्रेरित गर्ने विश्वास लिइएको छ। साथै, बालबालिका तथा युवाहरूलाई आफ्नो समुदायमा विद्यमान सामाजिक चुनौतीहरूको पहिचान, समाधानका लागि सामूहिक पहल तथा सकारात्मक परिवर्तनको नेतृत्व गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

बालबालिका तथा युवाहरू केवल भविष्यका कर्णधार मात्र होइनन्, उनीहरू वर्तमानका सक्रिय परिवर्तनका संवाहक र समाज रूपान्तरणका महत्वपूर्ण साझेदार पनि हुन्। उनीहरूको विचार, आवाज, क्षमता र नेतृत्वलाई उचित स्थान तथा अवसर प्रदान गर्न सकेमा मात्रै समावेशी, सुरक्षित, न्यायपूर्ण र बालमैत्री समाज निर्माण सम्भव हुन्छ।

आजको सशक्त आवाज नै भोलिको सक्षम नेतृत्व हो। अवसर पाए युवा नेतृत्व गर्छन्, विश्वास पाए परिवर्तन सम्भव बनाउँछन्। त्यसैले बालबालिका तथा युवाहरूको क्षमता विकास, अर्थपूर्ण सहभागिता र नेतृत्वलाई प्रवर्द्धन गर्नु भनेको समुन्नत, समावेशी र न्यायपूर्ण भविष्यको आधार निर्माण गर्नु हो।

ताजा

सबै

विद्यालयको शिक्षण सिकाइलाई प्रविधीसंग जोडिदै

ठाकुरबाबा, बर्दिया । विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक …

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

सीपलाई डिजिटल माध्यमसँग जोड्ने प्रयासमा पुरैनाका महिला

नेपालगन्ज । बाँकेका मधेसी तथा मुस्लिम समुदायका महिलाको नेतृत्व तहमा सहभागिता अझै अ…

मधेसी मुस्लिम महिलालाई डिजिटल स्टोरी टेलिङ तालिम

नेपालगन्ज, १९ कार्तिक । नेपालगञ्जमा डिजिटल कथावाचन तथा श्रव्य सामग्री उत्पादनसम्बन्धी ता…

लोकप्रिय

सबै

युवा नेतृत्व र जवाफदेहिताको सुदृढीकरणमा जोड

बर्दिया, १६ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके यु…

बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो

बर्दिया १७ कार्तिक । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत…

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरणमार्फत युवा सशक्तीकरण

बर्दिया, १६ कार्तिक । बर्दिया जिल्लाको मधुवन र ठाकुरबाबा नगरपालिकामा एकदिने करियर प…

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम म…

यो पनि

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी दुईदिने तालिम

गुलरिया, बर्दिया। बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, …

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…