Pairabi logo

भदौ २९, २०८३, सोमबार                    

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

डेक्स

डेक्स

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण
ADVERTISEMENT

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको संरक्षणमा गुरुकुलको भूमिका ऐतिहासिक र अपरिहार्य रहेको बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–२, नन्दनगरस्थित श्री मनकामना संस्कृत विद्यापीठ (गुरुकुलं मा नेपाल प्रहरीद्वारा आयोजित खाद्यान्न वितरण कार्यक्रममा उहाँले गुरुकुलहरूलाई सभ्यताका पाठशालाका रूपमा लिन सकिने उल्लेख गर्नुभयो । 
“अमन्त्रं अक्षरं नास्ति, नास्ति मूलं औषधम् । अयोग्यो पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।” भन्ने  संस्कृत श्लोक उच्चारण गर्दै महानिरीक्षक कार्कीले भन्नुभयो, “कुनै पनि अक्षर मन्त्ररहित हुँदैन, कुनै पनि जरा औषधिरहित हुँदैन । यस संसारमा अयोग्य मानिस हुँदैन, तर उसलाई सही ढङ्गले प्रयोग गर्न जान्ने व्यक्ति दुर्लभ हुन्छ ।” यो सन्देशले मानव क्षमताको सही पहिचान र मार्गदर्शनको महत्व उजागर गर्ने महानिरीक्षक कार्कीले बताउनुभयो । गुरुकुलमा अध्ययनरत बटुकहरूलाई  गरिएको खाद्यान्न वितरण कार्यक्रममा  महानिरीक्षक कार्कीले ‘जैविक भोजन र वैदिक ज्ञान’ मानव जीवनका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । “प्रकृतिसँग मेल खाने शुद्ध आहार—जैविक भोजनले शरीरलाई स्वस्थ बनाउँछ,” उहाँले भन्नुभयो, “वेदबाट प्राप्त वैदिक ज्ञानले मन, बुद्धि र जीवनलाई सन्तुलित बनाउँछ । यी दुवैको संयोजनले स्वस्थ शरीर र सुसंस्कृत जीवनशैली निर्माण हुन्छ ।”
समाजलाई सतमार्गमा अघि बढाउन गुरुकुलहरू मार्गदर्शक बनेको उल्लेख गर्दै उहाँले संस्कारयुक्त शिक्षाले अनुशासित, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । परम्परागत ज्ञान र आधुनिक समाजबीच सेतुको काम गुरुकुलहरूले गरिरहेको भन्दै उहाँले सवै मानव सकारात्मक मार्गमा हिड्नु पर्ने बताउनुभयो  ।
गुरुकुलका संरक्षक तत्वदर्शी सन्तसिरामणी १००८ स्वामी लोकानन्दजी महाराज ले देशको धर्म–संस्कृति संरक्षणमा गुरुकुलले खेलेको भूमिकाबारे चर्चा गर्दै उपस्थित सबैलाई आशीर्वचन प्रदान गर्नुभयो ।
गुरुकुलका अध्यक्ष रविराज ज्ञवाली ले आवासीय रूपमा संस्कृत शिक्षा प्रदान गरिँदै आएको यस विद्यापीठमा कक्षा १२ सम्म अध्ययन हुने जानकारी दिनुभयो । उहाँका अनुसार हाल गुरुकुलमा १२० जना बटुक तथा १७ जना शिक्षक–कर्मचारी बाट संचालन रहेको बताउनुभयो ।

नेपाल प्रहरीद्वारा गुरुकुलका लागि दाल, तेल, चिनी, सुजी, तरकारी र चिउरा लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको हो । 


 

ताजा

सबै

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

प्रदेश मन्त्रीद्धारा साइनिङ्ग अस्पतालको अनुगमन

पवन जायसवाल नेपालगन्ज, २५ भदौ । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको अनुग…

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

लोकप्रिय

सबै

लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट

डुडुवा (बाँके), २५ भदौ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…