Pairabi logo

असोज १५, २०८३, बिहीबार                    

जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह

सम्वाददाता

सम्वाददाता

जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउन आग्रह
ADVERTISEMENT

धनगढी, २८ असार । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनपर्नेमा जोड दिइएको छ ।  जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायका बारेमा धनगढीमा भएको अन्तक्र्रियामा सहभागीले जनचेतना अभिवृद्धि गर्न र युवामैत्री नीति बन्नुपर्नेमा जोड दिएका हुन् ।

युनिसेफको आर्थिक सहयोगमा छाया नेपालद्धारा धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा जलवायुसम्बन्धी जानकार बालकृष्ण जम्कट्टेलले विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनले जलवायु परिवर्तनका कारण हुने विपद्लगायतका घटनामा मृत्यु हुनेमध्ये ५० प्रतिशत बालबालिका नै हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 

उहाँले जलवायु परिवर्तनको असरकै कारण बालबालिकाको बालअधिकारमा चुनौती थपिएको बताउनुभयो । “युवा तथा बालबालिका बढ्दो उमेरमा रहने गरेकाले उनीहरुलाई जलवायुको परिवर्तनको बढी असर पुग्ने गरेको अध्ययनबाट देखिन्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा उनीहरुको स्वास्थ्य, शिक्षा, खानेपानी, पोषण, खानेकुरा जस्तामा पनि असर पु¥याइरहेको हुन्छ ।”

अध्ययनका क्रममा ८२ प्रतिशत युवा तथा बालबालिकाले जलवायु परिवर्तनका कारण आफूहरु कम्तीमा पनि एक वा एकभन्दा बढी विपद्को जोखिम रहेको जवाफ दिएको बताइएको छ । यस्तै ३५ प्रतिशत युवा तथा बालबालिकाले आफूहरु कुनै पनि प्रकोपबाट एकदमै जोखिममा रहेको जवाफ दिएको थिए ।  

कार्यक्रममा सहभागी युवा तथा बालबालिकाले जलवायु परिवर्तनसँगै हुने विपद्जन्य घटनाका कारण भत्किएका वा छाना उडाइएको विद्यालयको कक्षाकोठामा बसेर अध्ययन गनुपर्ने अवस्था सिर्जना हुँदा पठनपाठन प्रभाव पर्न गई विद्यार्थीमा मानसिक तनाव हुने गरेको अनुभव सुनाएका थिए  ।

बालबालिकाले जलवायु परिवर्तनले हुने विपद्लगायतका घटनाकै कारण विद्यालयमा अनुपस्थिति बढ्ने, सिकाइको उपलब्धि अपेक्षाकृत नहुने, गर्मी र बर्सातका कारण विद्यालय जान नसक्ने, गर्मी मौसममा सबैभन्दा बढी गर्मी हुने मध्याह्नको समयमा विद्यार्थीले पठनपाठन सकाएर विद्यालयबाट घर आउँदा थप गर्मीको सामना गरिरहेका भए पनि सञ्चालकले यस्ता समस्याको अनुकूलन एवं न्यूनीकरण गर्नमा ध्यान नदिइएको जस्ता अनुभव पनि सुनाएका थिए ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका झण्डै ५० युवा तथा बालबालिका सहभागी रहेको कार्यक्रममा  जलवायु परिवर्तनको असर अनुकूलन एवं न्यूनीकरण गर्न सकिने उपायका बारेमा अभिमुखीकरण गरिएको थियो । 

ताजा

सबै

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…