Pairabi logo

असोज २५, २०८३, आइतबार                    

सिक्टाद्धारा २० हजार बढी हेक्टर जमिनमा सिँचाई

डेक्स

डेक्स

सिक्टाद्धारा २० हजार बढी हेक्टर जमिनमा सिँचाई
ADVERTISEMENT

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँके जिल्लाको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिनुभयो । 

जिल्लाको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२÷०६३ देखि सिक्टा सिँचाई आयोजना निर्माण शुरु भएको थियो । आयोजना शुरु भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुगेको छ ।

आयोजनाका सूचना अधिकारी यादवका अनुसार ३९ किलोमिटर पूर्वी नहर र यस अन्तर्गतका ६ शाखा नहरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । अहिले पूर्वी नहरअन्तर्गत नरैनापुर गाउँपालिकाको क्षेत्रसम्म पानी पुगेको छ । 

राप्ती सोनारी गाउँपालिका–६ का वडा सदस्य नरबहादुर पुनले नहरमा नियमित पानी बगेपछि यस वर्ष बेलैमा धानको बीउ रोप्न पाएको बताए । फत्तेपुरमा सिक्टा सिँचाइको पानी बगेपछि आकाशे पानीको भरमा खेती गर्ने बाध्यता अब समाप्त भएको उनको भनाइ छ । 

राप्ती सोनारी गाउँपालिका वार्ड नं.–७ का वडाध्यक्ष रामलखन थारूले सिक्टा सिँचाइको पानी फत्तेपुर क्षेत्रका लागि बरदान भएको बताउनुभयो । उहाँले गत वर्षदेखि नै सिक्टा सिँचाइको पानी उपयोग गरी किसानले बेलैमा धानको बीउ रोप्नका साथै तरकारी खेती गर्न सफल भएको बताउनुभयो । 

राप्ती सोनारीको अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर ब्यारेज निर्माण गरी जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य लिई नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण शुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरबाट राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । 

पश्चिमी नहरको सिँचाइले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसानले समेत यस वर्ष समयमै धान रोपाइँ गर्न पाएको बैजनाथका किसान हरिप्रसाद थारू बताउनुहुन्छ । उहाँले नहरमा नियमित पानी बगेपछि किसानले मोटरको प्रयोग गरी पानी तानेर आफ्नो खेतबारी सिँचाइ गरेको बताउनुभयो । किसानलाई आवश्यकताअनुसार माग हुनासाथ नहरमा पानी छाडिदिने गरेको इन्जिनियर यादवको भनाइ छ । 

सिँचाइ सुविधा भएपछि किसानले तीन बाली लगाउन सक्ने भएका छन् । अहिले पश्चिमी मूल नहरअन्तर्गत शाखा नहर विस्तारको काम भइरहेको छ । पूर्वी नहरअन्तर्गत नरैनापुर क्षेत्रमा विस्तारका लागि आवश्यक तयारी गरिएको छ । 

आकाशे पानीको भरमा खेती गर्दै आएका नरैनापुरवासीले गत वर्ष वर्षात नभएका कारण धान रोप्न नपाएकाले अहिले नहर निर्माणप्रति चासो र चिन्ता देखाएको स्थानीय मनिराम चमारको भनाइ छ । सरकारले आर्थिक वर्ष २०८०÷०८१को बजेटमा सिक्टा सिँचाइ आयोजनाका लागि रु ८० करोड विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्षमा यो बजेटबाट सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको नियमित मर्मत गरी सञ्चालनलाई निरन्तरता दिइनाका साथै पूर्वी मूल नहरतर्फको ३९ किलोमिटर नहर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको निर्माण कार्यको सुरुआत गरिने आयोजनाले जनाएको छ ।
 

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …