Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डेक्स

डेक्स

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल
ADVERTISEMENT

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको ‘डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीति २०८३’ बारे कार्यपालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरुसंग  छलफल गरिएको छ । 

कार्यक्रममा मिडिया नीतिको मस्यौदामा समेटिएका विभिन्न व्यवस्था, स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन, सूचना प्रवाह प्रणालीको सुदृढीकरण, पत्रकारिता क्षेत्रको विकास तथा सञ्चारमैत्री स्थानीय शासनको अवधारणाका विषयमा विस्तृत छलफल गरिएको थियो । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकार र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन मिडिया नीति महत्वपूर्ण आधार बन्ने बताउनुभयो । उहाँले सूचना तथा सञ्चारको अधिकारलाई सुनिश्चित गर्दै गाउँपालिकाका गतिविधिलाई नागरिकसम्म पारदर्शी र उत्तरदायी ढंगले सत्य तथ्य रुपमा पु¥याउन नीति निर्माण गरिएको उल्लेख गर्नुभयो । 

अध्यक्ष चौधरीले स्थानीय तहका गतिबिधी तथा कार्यलाई जस्ताको त्यस्तै सत्य तथ्य रुपमा पत्रकारिताको मर्यादामा रही सूचना सम्पे्रषण गर्नुपर्नेमा जोड दिदै मिडिया नीतिले संचारको विकासमा महत्वपुर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मिडिया नीति निमार्ण समितिका विज्ञ सदस्य राकेशकुमार मिश्रले मस्यौदा नीतिका विभिन्न विषयबस्तुहरु प्रस्तुत गर्नुभएको थियो । त्यस क्रममा कार्यपालिका सदस्यहरूले नीतिमा समावेश गरिएका प्रावधान, स्थानीय सञ्चारमाध्यमको सूचीकृत व्यवस्था, लोककल्याणकारी विज्ञापन वितरण, पत्रकार क्षमता विकास, सूचना प्रविधिको प्रयोग तथा मिडिया विकास कोष सञ्चालन लगायतका विभिन्न विषयमा सुझाव प्रस्तुत गरेका थिए । 

कार्यक्रममा वडा अध्यक्षहरु पटेश्वर कुर्मी, आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले स्थानीय तहमा सञ्चार क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउन स्पष्ट मिडिया नीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । प्राप्त सुझावहरूलाई समेटेर नीतिको मस्यौदालाई थप परिमार्जन गरी गाउँसभामा पेश गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । 

मिडिया नीति निमार्ण समितिका संयोजक रहनुभएका नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा गाउँपालिकाका कार्यपालिका, विधायन समिति, शाखा प्रमुखहरू तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नीति निमार्ण समितिका सदस्य प्रिया स्मृति ढकालले गर्नुभएको थियो । मिडिया नीति कार्यान्वयनमा आएपछि गाउँपालिकाको सूचना सम्प्रेषण प्रणाली थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ । 


 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…