Pairabi logo

भदौ २४, २०८३, बुधबार                    

बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन

डेक्स

डेक्स

बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन
ADVERTISEMENT

बर्दिया, असार १ । बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बनाउँदै आर्थिक रुपमा सक्षम बनाउने अभियान अन्तर्गतको कार्यक्रमको घरधुरीस्तरीय स्थलगत अनुगमन गरिएको छ ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा ती दुई पालिकामा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा परियोजनाबाट प्राप्त सहयोगको प्रभाव, उद्यमहरूको प्रगति तथा आत्मनिर्भरता र दिगो जीविकोपार्जनतर्फ अघि बढिरहेका युवा उद्यमीहरूको प्रेरणादायी यात्राको मूल्यांकन गरिएको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले सो परियोजनाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका ती दुई पालिकाका १०० जना युवालाई स्वरोजगार र दिगो जीविकोपार्जन प्रवद्र्धनकालागि वस्तुगत स्टार्टअप सहयोग प्रदान गरिएकोले त्यसको संयुक्त अनुगमन गरिएको बताउनुभयो ।

यस कार्यक्रमबाट प्रत्यक्ष लाभग्राहीहरूका अतिरिक्त करिब ३०० जना अप्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको क्लबले जनाएको छ ।

बाँके युनेस्को क्लबका अनुसार ठाकुरबाबा नगरपालिका वडा नं. ३, ४ र ५ मा ४० घरधुरीलाई १८४ वटा बङ्गुरका पाठापाठी, ६ घरधुरीलाई ३६ वटा उन्नत जातका बाख्रा, ३ घरधुरीलाई ३०० वटा स्थानीय कुखुरा तथा १ घरधुरीलाई फास्टफुड व्यवसाय सञ्चालनका लागि फ्रिजर र काठको काउन्टर लगायतका सामग्री प्रदान गरिएको थियो ।

त्यसैगरी मधुवन नगरपालिका वडा नं. १ र २ मा २२ घरधुरीलाई ९४ वटा बङ्गुरका पाठापाठी, २३ घरधुरीलाई ११८ वटा उन्नत जातका बाख्रा, ३ घरधुरीलाई किराना पसल सञ्चालनका सामग्री तथा २ घरधुरीलाई फास्टफुड व्यवसायका लागि फ्रिजर र काठको काउन्टर उपलब्ध गराइएको थियो ।

बङ्गुर, बाख्रा तथा कुखुरापालनमा संलग्न उद्यमीहरूलाई सुरक्षा सामग्री, औषधि, दाना खाने भाँडा, पानी खुवाउने उपकरण लगायत आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको थियो । साथै सहलगानी मोडालिटीमार्फत बङ्गुर, बाख्रा र कुखुराको खोर निर्माणमा समेत सहयोग गरिएको परियोजनाले जनाएको छ ।

स्थलगत घरधुरी अनुगमन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना कुमारी भट्टराई तथा महिला तथा बालबालिका विकास शाखा प्रमुख गोगनसरा आचार्यको सहभागिता रहेको थियो भने मधुवन नगरपालिकाबाट नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर सल्लाहकार विजय ओली तथा प्रवक्ता मेघबहादुर गुरुङ सहभागी हुनुभएको थियो ।

त्यसैगरी बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पञ्चम गुरुङ, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, बोर्ड सदस्य भावुकजंग थापा र मीना थारु लगायतको पनि सो अनुगमनमा सहभागिता रहेको थियो ।

मधुवन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष आशाराम चौधरी तथा ठाकुरबाबा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद थारुले पनि अनुगमनमा सहभागिता जनाउनुभएको थियो । सो क्रममा बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले सहयोग प्याकेज तथा समग्र लगानी सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो भने फिल्ड अफिसर सुनिता चौधरी र सृजना थारुले सहजीकरण गर्नुभयो ।

परियोजनाअन्तर्गत गरिएको यस अनुगमनले युवाहरूलाई उद्यमशीलता विकासका अवसर प्रदान गर्दै निरन्तर प्राविधिक तथा अनुगमन सहयोग उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाएको परियोजना संयोजक खड्काले बताउनुभयो ।

उहाँका अनुसार युवा उद्यमीहरूले देखाएको प्रगतिले आवश्यक स्रोत, मार्गदर्शन र प्रोत्साहन प्राप्त हुँदा युवाहरूले चुनौतीलाई अवसरमा र सपना तथा आकांक्षालाई उपलब्धिमा रूपान्तरण गर्न सक्ने सन्देश दिएको छ ।

युवामा गरिएको लगानी केवल व्यक्तिगत सफलतामा सीमित नभई समावेशी आर्थिक विकास, समुदायको उत्थान तथा समृद्ध समाज निर्माणको आधारसमेत तयार भएको अनुगमनमा सहभागि सरोकारवालाहरूले बताएका छन् ।

ताजा

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…

लोकप्रिय

सबै

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

यो पनि

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…