Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

डेक्स

डेक्स

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।
ADVERTISEMENT

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्टिफिकेट हुन्छ  तर सीप र अनुभव हुँदैन् । सर्टिफिकेट भए पनि सीप र अनुभव नहुँदा  जागिर पाउने सम्भावना निक्कै कम हुन्छ ।

जागिर पाउनका लागि ठुलै लडाइ जित्नु पर्ने हुन्छ । आफ्नै व्यवसाय सुरु गर्छु भन्ने आट पनि कमै हुन्छ । त्यसै होला  नेपालका आधिकांश कलेजहरूलाई बेरोजगार उत्पादन गर्ने शैक्षिक संस्था भन्ने गरिन्छ ।

यस्तै परिवेशमा पर्यटन र हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने र कलेज पास आउट हुँदा साथ रोजगारी दिने प्रतिबद्धताका साथ  सिद्धार्थ एकेडेमी अफ टुरिजममा, हस्पिटालिटी, म्यानेजमेन्ट साथम कलेज संचालन गर्दै आएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गरी  साथम कलेजले गत बर्ष  देखि  नेपालगन्जमा चार वर्षे ब्याचलर इन हस्पिटालिटी , टुरिजम  म्यानेजमेन्ट बिएचटिएममा पढाई सुरु गरेको छ ।  जुन सुकै विषयमा  प्लस टु उर्तीण भएका विद्यार्थीले चार वर्षे बिएचटिएमको पढ्न सक्नेछन् ।

साथम कलेजको एकेडेमिक र प्राक्टिकल  कक्षाहरू सिद्धार्थ ग्रुप नेपालगन्जको स्थित चार तारे होटेल सिद्धार्थ  भित्रै सञ्चालन भई रहेको छ । कलेजले गत बर्ष देखि नेपालगन्जमा  बिएचटिएम कोर्षमा पढाइ सुरु गरेको हो ।  ग्रुपको भैरहवा स्थित सिद्धार्थ भिलासामा यो कोर्षमा  दुई बर्ष देखि पढाइ भइ रहेको   छ ।

चालु शैक्षिक सत्रका लागि  साथम कलेजले नेपालगन्ज र  भैरहवाका लागि  भर्ना  सुरु गरेको छ  । साथम कलेज लुम्बिनी  बौद्ध विश्वविद्यालयको लर्निङ सेन्टर हो । बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ, टुरिजम , फ्रन्ट अफिस, मार्केटिङ जस्ता विषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुन्छ ।  यो कोर्ष पुरा गर्न १२४ ९ १ क्रेडिट बराबर १६ घन्टा  क्रेडिट आवर पढ्नु पर्छ ।

 तीन वर्ष नेपालमा पढी सके पछि बाकी एक वर्ष विदेश गएर पढ्न चाहने विद्यार्थीका लागि इन्टरनेसल स्टुडेन्ट एक्स चेन्ज कार्यक्रम मार्फत  लुम्बिनी बौद्ध विश्वविद्यालयले नै चीन र दक्षिण कोरियाका केही विश्वविद्यालयसँग सहकार्य गरेर छात्रवृत्तिमा पढ्ने र काम गर्ने अवसर  पाउने छन । त्यसका लागि विद्यार्थीले भाषा लगायत विश्वविद्यालयले तोकेका शैक्षिक मापदण्ड पुरा गर्नु पर्ने छ । 

चार वर्षे कोर्ष बिएचटिएम कोर्षमा  पढ्नका लागि ७ लाख ५० हजार लाग्छ ।  यो कोर्षमा ८ वटा सेमेस्टर हुन्छ ।  पहिलो सेमेस्टरमै शत प्रतिशत पढाइ हुन्छ ।  दोस्रो सेमेस्टरबाट  सिक्ने र कमाउने क्रम सुरु हुन्छ । हरेक हप्ता कम्तीमा ३० घन्टा अनिवार्य रुपमा काम गर्नु पर्छ । कोर्ष पुरा हुने समय सम्म विद्यार्थीले करिब ५ लाख रुपैयाँ पढ्दा पढ्दै सिद्धार्थ होटेल मै काम गरेर  कमाउने सुनिश्चता गरिएको छ ।  

पढाई पुरा गरे पछि सिद्धार्थ ग्रुप देशैभर रहेका होटेल , रिर्सोट , रेष्टुरेन्ट , क्याफे ९ सिद्धार्थ ग्रुप अन्तर्गत  पाच तारे, चार तारे र तीन तारे होटेल , रिर्सोट , रेष्टुरेन्ट र क्याफे गरेर ३३ वटा आउटलेट मा काम गर्ने अवसर पाउने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनु भयो ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…