Pairabi logo

असोज १८, २०८३, आइतबार                    

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।

डेक्स

डेक्स

साथम कलेज , जहाँ उपलब्ध छ, पढाई संगै जागिरकाे अबसर ।
ADVERTISEMENT

नेपालगन्ज २ असार । नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीसँग हातमा सर्टिफिकेट हुन्छ  तर सीप र अनुभव हुँदैन् । सर्टिफिकेट भए पनि सीप र अनुभव नहुँदा  जागिर पाउने सम्भावना निक्कै कम हुन्छ ।

जागिर पाउनका लागि ठुलै लडाइ जित्नु पर्ने हुन्छ । आफ्नै व्यवसाय सुरु गर्छु भन्ने आट पनि कमै हुन्छ । त्यसै होला  नेपालका आधिकांश कलेजहरूलाई बेरोजगार उत्पादन गर्ने शैक्षिक संस्था भन्ने गरिन्छ ।

यस्तै परिवेशमा पर्यटन र हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने र कलेज पास आउट हुँदा साथ रोजगारी दिने प्रतिबद्धताका साथ  सिद्धार्थ एकेडेमी अफ टुरिजममा, हस्पिटालिटी, म्यानेजमेन्ट साथम कलेज संचालन गर्दै आएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गरी  साथम कलेजले गत बर्ष  देखि  नेपालगन्जमा चार वर्षे ब्याचलर इन हस्पिटालिटी , टुरिजम  म्यानेजमेन्ट बिएचटिएममा पढाई सुरु गरेको छ ।  जुन सुकै विषयमा  प्लस टु उर्तीण भएका विद्यार्थीले चार वर्षे बिएचटिएमको पढ्न सक्नेछन् ।

साथम कलेजको एकेडेमिक र प्राक्टिकल  कक्षाहरू सिद्धार्थ ग्रुप नेपालगन्जको स्थित चार तारे होटेल सिद्धार्थ  भित्रै सञ्चालन भई रहेको छ । कलेजले गत बर्ष देखि नेपालगन्जमा  बिएचटिएम कोर्षमा पढाइ सुरु गरेको हो ।  ग्रुपको भैरहवा स्थित सिद्धार्थ भिलासामा यो कोर्षमा  दुई बर्ष देखि पढाइ भइ रहेको   छ ।

चालु शैक्षिक सत्रका लागि  साथम कलेजले नेपालगन्ज र  भैरहवाका लागि  भर्ना  सुरु गरेको छ  । साथम कलेज लुम्बिनी  बौद्ध विश्वविद्यालयको लर्निङ सेन्टर हो । बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ, टुरिजम , फ्रन्ट अफिस, मार्केटिङ जस्ता विषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुन्छ ।  यो कोर्ष पुरा गर्न १२४ ९ १ क्रेडिट बराबर १६ घन्टा  क्रेडिट आवर पढ्नु पर्छ ।

 तीन वर्ष नेपालमा पढी सके पछि बाकी एक वर्ष विदेश गएर पढ्न चाहने विद्यार्थीका लागि इन्टरनेसल स्टुडेन्ट एक्स चेन्ज कार्यक्रम मार्फत  लुम्बिनी बौद्ध विश्वविद्यालयले नै चीन र दक्षिण कोरियाका केही विश्वविद्यालयसँग सहकार्य गरेर छात्रवृत्तिमा पढ्ने र काम गर्ने अवसर  पाउने छन । त्यसका लागि विद्यार्थीले भाषा लगायत विश्वविद्यालयले तोकेका शैक्षिक मापदण्ड पुरा गर्नु पर्ने छ । 

चार वर्षे कोर्ष बिएचटिएम कोर्षमा  पढ्नका लागि ७ लाख ५० हजार लाग्छ ।  यो कोर्षमा ८ वटा सेमेस्टर हुन्छ ।  पहिलो सेमेस्टरमै शत प्रतिशत पढाइ हुन्छ ।  दोस्रो सेमेस्टरबाट  सिक्ने र कमाउने क्रम सुरु हुन्छ । हरेक हप्ता कम्तीमा ३० घन्टा अनिवार्य रुपमा काम गर्नु पर्छ । कोर्ष पुरा हुने समय सम्म विद्यार्थीले करिब ५ लाख रुपैयाँ पढ्दा पढ्दै सिद्धार्थ होटेल मै काम गरेर  कमाउने सुनिश्चता गरिएको छ ।  

पढाई पुरा गरे पछि सिद्धार्थ ग्रुप देशैभर रहेका होटेल , रिर्सोट , रेष्टुरेन्ट , क्याफे ९ सिद्धार्थ ग्रुप अन्तर्गत  पाच तारे, चार तारे र तीन तारे होटेल , रिर्सोट , रेष्टुरेन्ट र क्याफे गरेर ३३ वटा आउटलेट मा काम गर्ने अवसर पाउने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनु भयो ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…