Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी प्राविधिक सीप प्रदान

डेक्स

डेक्स

बर्दियाका युवालाई बाख्रा तथा बंगुर पालन सम्बन्धी प्राविधिक सीप प्रदान
ADVERTISEMENT

बर्दिया, ३ असार। युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा बाख्रा तथा बंगुर पालन सम्बन्धी तीनदिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ।

तालिममार्फत स्थानीय युवायुवतीहरूलाई व्यावसायिक तथा बजारमुखी पशुपालन सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो। कार्यक्रममा कुल ९१ जना युवा सहभागी भएका थिए, जसमा ६२ जना बंगुर पालन तथा २९ जना बाख्रा पालन सम्बन्धी तालिममा सहभागी भएका थिए। तीन समूहमा सञ्चालन गरिएको तालिममा ठाकुरबाबा नगरपालिकाका ४६ जना र मधुवन नगरपालिकाका ४५ जना युवाको सहभागिता रहेको थियो।

प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बाँके युनेस्को क्लबको कार्यान्वयनमा सञ्चालित तालिममा उन्नत जातका पशु छनोट, उपयुक्त खोर निर्माण, जैविक सुरक्षा ९बायोसेक्युरिटी०, पोषण तथा आहार व्यवस्थापन, प्रजनन स्वास्थ्य, गर्भवती पशु तथा नवजात शिशुको स्याहार, रोग पहिचान तथा रोकथाम, प्राथमिक उपचार तथा सुई लगाउने विधि, स्थानीय स्रोतसाधनको प्रयोग गरी दाना तयार गर्ने तरिका तथा बाख्रा र बंगुर पालन व्यवसायको आर्थिक विश्लेषण लगायतका विषय समेटिएका थिए ।

तालिममा मधुवन नगरपालिकाको पशु सेवा शाखाका गणेशबहादुर बोहरा तथा ठाकुरबाबा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख चन्द्रबहादुर महताराले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको समन्वय बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले गर्नुभएको थियो भने फिल्ड अफिसर सुनिता चौधरी र सृजना थारुले सहजीकरणमा सहयोग गर्नुभएको थियो।

युवाहरूमा प्राविधिक ज्ञान अभिवृद्धि गर्दै उद्यमशील आत्मविश्वास विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले पशुपालनलाई दिगो जीविकोपार्जन, आत्मनिर्भरता तथा सम्मानजनक रोजगारीको माध्यमका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीय तहमा युवाको सीप र क्षमता विकासमा गरिएको लगानीले भविष्यमा समृद्ध, आत्मनिर्भर तथा उत्थानशील समुदाय निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…