Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

डेक्स

डेक्स

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण
ADVERTISEMENT

डुडुवा (बाँके) ३१ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि कार्यक्रम गरेको छ । 

रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिइएको छ । नेपालबाट रोजगारीका लागि जाने अधिकाँस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइएको छ । 

डुडुवा गाउँपालिका रोजगार शाखाले आज वार्ड नंं. २ को बेतहनी, नौरीगौढी र बाणीमा सामुदायिक अभिमुखीकरण गरेको छ ।

कार्यक्रममा सहभागी अभिभावक, युवा, तथा विदेशबाट फर्किएका युवाहरुको सहभागिता रहेको थियो । सुरक्षित आप्रवान (सामी) कार्यक्रम अन्र्तगत सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो । 

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने युवायुवती तथा तिनका परिवारलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

सहभागीहरूलाई वैदेशिक रोजगारमा जानुअघि पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, रोजगारदातासँगको सम्झौता, बीमा, सीप तथा अभिमुखीकरण तालिम, वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने सेवासुविधा, विदेशमा श्रमिकको अधिकार तथा कर्तव्य लगायतका विषयमा जानकारी प्रदान गरिएको गाउँपालिकाका रोजगार संयोजक अल्का मिश्रले जानकारी दिनुभयो । 

संयोजक मिश्रका अनुसार विदेश जाने युवाले देशको बारे जानकारी लिने, रोजगारीका लागि सिप अनिवार्य हुनुपर्नेछ । कार्यक्रमका सहभागीले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…