Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक

डेक्स

डेक्स

बर्दियाको मधुवनमा मानव बेचबिखन नियन्त्रण र बाल अधिकारसम्बन्धी संयुक्त बैठक
ADVERTISEMENT

बर्दिया ३ असार । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बाल अधिकार समितिको संयुक्त बैठक सम्पन्न भएको छ । 

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक आयोजना गरिएको थियो । 

मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बाल अधिकार समितिका सदस्यहरू, वडा प्रतिनिधिहरू तथा बाल संरक्षण र मानव बेचबिखन विरुद्ध कार्यरत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बैठकको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिक तथा महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले गर्नु भएको थियो । कार्यक्रममा मानव बेचबिखन तथा हिंसाको जोखिममा रहेका व्यक्ति र बालबालिकाको संरक्षण, उद्धार तथा पुनःस्थापनाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सो संयुक्त बैठकले जोखिममा रहेका बालबालिका तथा व्यक्तिहरूको समयमै पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने, पीडित तथा संवेदनशील अवस्थाका बालबालिकालाई तत्काल मनोसामाजिक परामर्श तथा आवश्यक सेवामा पहुँच सुनिश्चित गर्ने निर्णय गरेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

साथै, घटनाको पहिचान भएको एक साताभित्र आवश्यकता मूल्याङ्कनका आधारमा शैक्षिक सामग्री, खाद्यान्न, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यसैगरी, प्रभावकारी केस व्यवस्थापनका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बाल अधिकार समिति, विद्यालय, वडा कार्यालय, प्रहरी तथा सेवा प्रदायक संस्थाबीच समन्वय सुदृढ गर्ने, गोपनीयता, बाल संरक्षण तथा पीडितमैत्री दृष्टिकोणलाई सबै हस्तक्षेपमा अनिवार्य रूपमा अवलम्बन गर्ने निर्णय समेत गरिएको छ ।

बैठकको अन्त्यमा सहभागी सबै सरोकारवालाहरूले बालबालिका तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित र संरक्षणयुक्त वातावरण निर्माण गर्न सामूहिक रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनीहरूले कुनै पनि पीडितलाई पछाडि नपार्ने तथा प्रत्येक बालबालिकाले हिंसा, शोषण र भयमुक्त वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्न सहकार्य, समयमै पहल र मानवीय सहयोगलाई अझ प्रभावकारी बनाउने अठोट व्यक्त गरेका छन् ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…