Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

राष्ट्रपतिको चुनावसँगै शक्ति केन्द्रको धौडधुप

डेक्स

डेक्स

राष्ट्रपतिको चुनावसँगै शक्ति केन्द्रको धौडधुप
ADVERTISEMENT

११ फागुन, काठमाडौ । मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सुरु भएको शक्तिराष्ट्रहरूको दौडधुप सरकार गठन हुँदै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा थप तीव्र बनेको छ ।

विशेष गरी अमेरिका र युरोपियन युनियनका विभिन्न मुलुकबाट एकपछि अर्को उच्चस्तरीय भ्रमणहरू भए भने छिमेकी मुलुक भारतबाट नेपालका लागि पूर्वराजदूत समेत रहिसकेका विदेश सचिव विनयमोहन क्वात्राले दुईदिने म्याराथुन भ्रमण गर्नुभयो । 


अर्को छिमेकी मुलुक चीनबाट प्रत्यक्ष रूपमा उच्चस्तरीय भ्रमण नभए पनि नेपालका लागि नवनियुक्त राजदूत छेन् सोङ्ग एकपछि अर्को दौडमा उसै गरी सहभागी भइरहेका छन् । यसअघिकी राजदूत होउ यान्छीले २०७४ सालको आमनिर्वाचनपछि कम्युनिस्ट पार्टीहरूको एकता र सरकार निर्माणका लागि दौडधुप गर्नुभएको थियो । 

त्यस्तै सरकार गठन भएको केही दिनमा नै चीनले रेलमार्ग अध्ययनका लागि भनेर विज्ञहरूको टोली काठमाडौंमा उतार्‍यो, जुन पूर्वनिर्धारित भनिएको छ । अहिले काठमाडौंमा भारतीय र चिनियाँ राजदूतको नेताहरुसँग भेटघाट उस्तै बाक्लो बनिरहेको छ ।


विभिन्न राजनीतिक र कूटनीतिक स्रोतहरूका अनुसार पछिल्लो समय भएका अधिकांश भ्रमण र भेटको अन्तर्यमा २५ फागुनका लागि तय भएको राष्ट्रपति निर्वाचन केन्द्रमा छ । ‘औपचारिक भ्रमणमा के भएको छ भन्ने भेट्नेहरूलाई नै थाहा हुन्छ । यस्ता भेटघाटमा कसको के चासो हुन्छ भन्ने सबैलाई थाहा भएको कुरा हो नि’ एक शीर्ष नेताले भने, ‘यहाँको राजनीतिक माहोल जे हुन्छ, त्यसमा उनीहरूको चासो हुन्छ । अहिले पनि छ ।’

सम्पन्न भएका भ्रमणहरू कतिपय पूर्वनिर्धारित छन् भने कतिपय तत्कालीन राजनीतिक घटनाक्रमले निर्धारण भएका देखिन्छन् । त्यस्तै, काठमाडौंमा रहेका कूटनीतिज्ञका भेटघाट पनि कतिपय अनौपचारिक थिए भने, कतिपय औपचारिक शिष्टाचारका लागि समेत भएका थिए । तर ती भेट र भ्रमणका क्रममा भएका छलफल र सार्वजनिक सूचनाहरूका आधारमा उनीहरूको चासो के विषयमा थियो र छ भन्ने स्पष्ट हुन्छ ।

नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराई औपचारिक भेटवार्ताहरूमा भन्दा पनि अनौपचारिक हिसाबले विकसित राजनीतिक घटनाक्रमका विषयमा उनीहरूले चासो राख्ने बताउँनुहुन्छ। ‘यो वा त्यो व्यक्तिलाई बनाउनुपर्छ भनेर सीधै औपचारिक प्रस्ताव गरेको वा कुराकानी भएको मलाई जानकारी छैन । तर अनौपचारिक संवादमा सबैले विकसित राजनीतिक घटनाक्रममाथि चासो राखि नै रहेका हुन्छन्’, एमाले नेता भट्टराई भन्नुहुन्छ । स्रोत: अनलाइनखबर । 


 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…