Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन

डेक्स

डेक्स

कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन
ADVERTISEMENT

 

नेपालगन्ज ७ फागुन । नेपाली कांग्रेस बाँकेले ७३औं  प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरेको छ । विपी चोकमा आज साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन गरेका हुन् ।  पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्व तथा पूर्व मन्त्री एवम् पूर्व पार्टी सभापति गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै पूर्व मन्त्री हमालले  कांग्रेसकै नेतृत्वमा प्राप्त प्रजातन्त्रले मुलुकमा नागरिक अधिकार र उन्नत लोकतन्त्रको अभ्यास सम्भव भएको बताए । उनले संस्थापक नेता विपी कोइरालाको नेतृत्वमा भएको २००७ सालको आन्दोलनले मुलुकमा प्रजातन्त्रको उदय भएको स्मरण गराउँदै आजको दिनमा पार्टीलाई सुदृढ र सबल बनाउन सबै नेता कार्यकर्ताले प्रण गर्नुपर्ने बताए । हमालले प्रजातन्त्र दिवसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रेरणा दिने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस बाँकेका सभापति गौडेलले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्र आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताए । नेपाली कांग्रेसले प्रजातन्त्र र लोकतन्त्र स्थापना वा पुनःस्थापना गर्न गरेको संघर्षको जगमा अहिलेको शासन व्यवस्था सम्भव भएको बताउँदै उनले सहिदहरुको सम्झना र उनीहरुले देखाएको बाटोबाट दिग्भ्रमित हुन नहुने बताए । गौडेलले सहिदहरुलाई सम्झँदै भने-"प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।” 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादीले कांग्रेसको नेतृत्वमा आएको प्रजातन्त्रको जगमा अहिलेका परिवर्तनहरु सम्भव भएको भन्दै ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । दिप प्रज्वलन कार्यक्रममा निवर्तमान पार्टी सभापति किरण कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायत अन्य नेता कार्यकर्ता उपस्थित थिए ।

नेपाली कांग्रेस बाँकेले वडास्तरसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन निर्देशन दिएको थियो । त्यस अनुसार सबैतिर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको सचिव कोइरालाले बताए ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…