Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

लाभदायक बालीका रुपमा स्थापित हुँदै मकै

डेक्स

डेक्स

लाभदायक बालीका रुपमा स्थापित हुँदै मकै
ADVERTISEMENT

शिवा शर्मा 
बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले लाभदायक बालिको रुपमा मकैलाई स्थापित गर्न खोजेको छ । 
गुलरिया नगरपालिका ८ थपुवा गाँउमा सञ्चालित मिलिजुली कृषि सहकारी संस्थाको समन्वयमा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले आयोजना गरेको ब्यवसायिक बसन्ते मकै उत्पादन सम्बन्धी सरोकारवालाबीच भएको छलफलमा कृषकहरुलाई विभिन्न जानकारी दिइएको छ । 
प्रमुख सागर ढकालले बसन्ते र हिउँदे मकै खेतीबाट अन्य खेती भन्दा धेरै उत्पादन लिन सक्ने हुदाँ कृषकको प्रमुख रोजाईमा मकै खेती परेको बताउनुभयो । उहाँका अनुसार –उत्पादन देखि बजारिकरणसम्मको सबै  जानकारी कृषकहरुलाई आफुहरुले दिईरहेको हुनाले मकै खेती गर्न  किसानहरुलाई आग्रह गर्नुभयो ।
 कृषक रामभरोसे थारुले गाँउमा धेरै जसो कृषकहरुले यस वर्ष हिउँदे मकै लगाएको बताउनुभयो । उहाँले बसन्ते मकै भन्दा हिउँदे  मकै धेरै फल्ने , दाना ओजनदार हुने र जेठ महिनाभित्र भित्राई सकिने हुदाँ धान लगाउन समेत सहज हुने  हुनाले यो वर्ष थपुवागाँउमा धेरै जसो कृषकहरुले बसन्ते मकै भन्दा हिउँदे मकै खेती गरेको जानकारी दिनुभयो ।
थपुवागाँउको  सबै १ सय ७३ घरधुरी कृषकहरुले ६० विघाहा क्षेत्रफल जमिनमा मकै खेती गरेको  र आफुहरुले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको टिमलाई मकै बारी  अवलोकन गराएर हाल मकैमा देखिएको किराको बारेमा जानकारी गराउदै  गाँउमा मकै भण्डारको समस्या रहेकोले  मकै भण्डारनका लागि भवन निमार्णको लागि एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयसंग सहयोग माग गरेको मिलिजुली कृषि सहकारी संस्थाका अध्यक्ष्य रामसिंह थारुले जानकारी दिनु भयो ।
बर्दिया जिल्ला भित्र कुल ८ हजार ३५० हेक्टर क्षेत्रफल जमिनमा मकै खेती हुने र ३५ हजार ९२८ मेट्रिक टन मकै उत्पादन हुने गरेको कुरा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया, बर्दियाले जनाएको छ । 


 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…