Pairabi logo

कात्तिक ०९, २०८३, आइतबार                    

लाभदायक बालीका रुपमा स्थापित हुँदै मकै

डेक्स

डेक्स

लाभदायक बालीका रुपमा स्थापित हुँदै मकै
ADVERTISEMENT

शिवा शर्मा 
बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले लाभदायक बालिको रुपमा मकैलाई स्थापित गर्न खोजेको छ । 
गुलरिया नगरपालिका ८ थपुवा गाँउमा सञ्चालित मिलिजुली कृषि सहकारी संस्थाको समन्वयमा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले आयोजना गरेको ब्यवसायिक बसन्ते मकै उत्पादन सम्बन्धी सरोकारवालाबीच भएको छलफलमा कृषकहरुलाई विभिन्न जानकारी दिइएको छ । 
प्रमुख सागर ढकालले बसन्ते र हिउँदे मकै खेतीबाट अन्य खेती भन्दा धेरै उत्पादन लिन सक्ने हुदाँ कृषकको प्रमुख रोजाईमा मकै खेती परेको बताउनुभयो । उहाँका अनुसार –उत्पादन देखि बजारिकरणसम्मको सबै  जानकारी कृषकहरुलाई आफुहरुले दिईरहेको हुनाले मकै खेती गर्न  किसानहरुलाई आग्रह गर्नुभयो ।
 कृषक रामभरोसे थारुले गाँउमा धेरै जसो कृषकहरुले यस वर्ष हिउँदे मकै लगाएको बताउनुभयो । उहाँले बसन्ते मकै भन्दा हिउँदे  मकै धेरै फल्ने , दाना ओजनदार हुने र जेठ महिनाभित्र भित्राई सकिने हुदाँ धान लगाउन समेत सहज हुने  हुनाले यो वर्ष थपुवागाँउमा धेरै जसो कृषकहरुले बसन्ते मकै भन्दा हिउँदे मकै खेती गरेको जानकारी दिनुभयो ।
थपुवागाँउको  सबै १ सय ७३ घरधुरी कृषकहरुले ६० विघाहा क्षेत्रफल जमिनमा मकै खेती गरेको  र आफुहरुले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको टिमलाई मकै बारी  अवलोकन गराएर हाल मकैमा देखिएको किराको बारेमा जानकारी गराउदै  गाँउमा मकै भण्डारको समस्या रहेकोले  मकै भण्डारनका लागि भवन निमार्णको लागि एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयसंग सहयोग माग गरेको मिलिजुली कृषि सहकारी संस्थाका अध्यक्ष्य रामसिंह थारुले जानकारी दिनु भयो ।
बर्दिया जिल्ला भित्र कुल ८ हजार ३५० हेक्टर क्षेत्रफल जमिनमा मकै खेती हुने र ३५ हजार ९२८ मेट्रिक टन मकै उत्पादन हुने गरेको कुरा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया, बर्दियाले जनाएको छ । 


 

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…