Pairabi logo

असोज १७, २०८३, शनिबार                    

बाँकेमा दादुरा महामारी नियन्त्रण हुँदै

डेक्स

डेक्स

बाँकेमा दादुरा महामारी नियन्त्रण हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदैगएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरको वडा नम्बर ७ मा सबैभन्दा पहिले देखिएको सङ्क्रमण जिल्लाको कोहलपुर नगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा समेत फैलिँदै गएपछि नियन्त्रण गर्न खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गरिएको छ ।

नेपालगञ्ज ५ का ३१ महिने एक बालकको दादुराबाट मृत्यु भएपछि नियन्त्रण अभियान तीव्र पारेर जिल्लाका पाँच वटै प्रभावित पालिकाका ६ महिनादेखि १५ वर्ष भित्रको उमेरका ८१ प्रतिशत बालबालिकालाई खोप लगाइएपछि सङ्क्रमण नियन्त्रणमा आएको खोप सुपरभाइजर श्रेष्ठले बताए ।

उनका अनुसार दादुरा सङ्क्रमण प्रभावित पाँचवटा पालिकाका एक लाख १५ हजार ५९९ बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ अभियान सुरु गरिएकोमा हालसम्म ९३ हजार १६१ जनालाई खोप लगाइसकिएको छ ।

प्रभावित पालिकाका अधिकांश बालबालिकाले खोप पाएपछि सङ्क्रमण नियन्त्रणमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार २८ हजार ४५६ जना बालबालिका मात्र खोप लगाउन बाँकी रहेकाले उनीहरूलाई खोप लगाउने काम भइरहेको छ ।

खोप अभियान अन्तर्गत सबैभन्दा बढी नेपालगञ्जका विभिन्न वडामा ४७ हजार ९२५, खजुरा गाउँपालिकामा १८ हजार ४१२, नरैनापुरमा १३ हजार १४० र डुडुवा गाउँपालिकामा ११ हजार २९६ र कोहलपुर नगरपालिकामा दुई हजार ३८८ जना ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सो कार्यालयका खोप फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेमा २९२ जना दादुराका बिरामी फेला परेकोमा २४० जना निको भैसकेका छन् । ५१ जनाको घरमै राखेर उपचार भइरहेको छ । एक जना बालकको मृत्यु भएको थियो ।

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…