Pairabi logo

भदौ २४, २०८३, बुधबार                    

बाँके धार्मिक पर्यटनको गन्तब्य बन्दै

डेक्स

डेक्स

बाँके धार्मिक पर्यटनको गन्तब्य बन्दै
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको चुरे क्षेत्रमा अवस्थित बर्फानी बाबा मन्दिर र सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको गन्तब्यको रुपमा विकास हुन थालेको छ । 
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं ४ स्थित बर्फानी मन्दिर र नरैनापुर गाउँपालिका ५ वेदिहिवा चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटनका लागि प्रदेश सरकारले चासो दिएर पूर्वाधार निर्मााणको काम सुरु गरेको छ । पूर्वाधार निर्माणका लागि बनाइएको विकास योजना कार्यान्वयन गर्न त्यस ठाउँमा हेलिप्याड निर्माण कार्य शुभारम्भ भएको लुम्विनी प्रदेश सरकारका मन्त्री कृष्णा केसीले जानकारी दिनुभयो । 
‘त्यहाँ पुग्ने दर्शनार्थीका लागि आवश्यक पर्ने धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ,’ उहाँले भन्नुभयो । हिडेर त्यहाँसम्म पुग्न नसक्ने तिर्थालु तथा पर्यटकको सेवाका लागि हेलिकप्टर प्रयोगको सुबिधाका लागि हेलिप्याड बनाउन लागिएको हो । बाबा बर्फानीमा नरैनापुर क्षेत्रबाट बाटो पनि बनाइदैछ । अघिल्लो वर्षनै बाटोको योजना थालिएपनि यो वर्ष त्यसले पूर्णता पाउने जानकारी दिंदै मन्त्री केसीले आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले रु.३८ लाख बजेट विनियोजन गरिसकेको उल्लेख गर्नुभयो । 
बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा बिकास गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउन, आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफुले पहल गरेको उहाँले बताउनुभयो । राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको संगमस्थलमा पर्ने चुरे पहाडमा अबस्थित तपोभुमी बर्फानी बाबाको मन्दिरमा पर्यटनको बिकास गरी प्राकृतिक धार्मिक पर्यटकिय सर्कीट निर्माण गरिने योजना समेत भएको मन्त्री केसीले जानकारी दिनुभयो । 
त्यसका लागि नरैनापुरस्थित सन्तानेश्वर मन्दिरलाई पनि पूर्वाधारयुक्त बनाउन आवश्यक अध्ययन भ्रमण गरेको उल्लेख गर्दै मन्त्री केसीले सन्तानेश्वरमा खानेपानीका लागि तल रहेको खोलाबाट मोटरको सहायताले सोलार प्रबिधि मार्फत पानी लैजाने सम्भावना देखिएको बताउनुभयो ।  
मन्त्री केसीले त्यसक्षेत्रको स्थलगत अवलोकन गर्दैै स्थानीय जनप्रतिनिधि, स्थानीय वासिन्दा तथा मन्दिरका पुजारी श्री १००८ केशव गिरी (बर्फानी बाबा) लगायतसंग छलफल पनि गरेको जानकारी दिनुभयो । 
‘ढिलैभएपनि काम सुरु भएकोले खुशी लागेको छ,’ नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भन्नुभयो ।  डीपीआर निर्माण गरेर मात्रै दीर्घकालिन महत्वका पूर्वाधार बनाउन आवश्यक रहेको सुझाव दिंदै उहाँले भन्नुभयो ‘सरकारले पर्यटनलाई बुझेर मात्रै लगानी गर्दा त्यसबाट समुदायले लाभ लिन सक्छ ।’

सन्तानेश्वरमा पनि हेलिकप्टरबाट आउन चाहने तिर्थालु भक्तजन तथा पर्यटकहरुका सुबिधाका लागि हेलिप्याड निर्माणको काम सुरु भएको छ । 


मानसरोवर माउन्टेन फ्लाइट हुँदै 
‘वेष्टर्न ट्राभल मार्ट’ को दोस्रो संस्करणमा  मानसरोवर ‘माउन्टेन फ्लाइट’ हुने भएको छ । मानसरोवर माउन्टेन फ्लाइट लागि बुद्ध एयरसँग सम्झौता भएको मार्ट आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले बताउनुभयो । 
माघ १५ गतेदेखि नेपालगञ्जमा ट्राभल मार्टको दोस्रो संस्करण आयोजना हुँदैछ वेष्टर्न ट्राभल मार्टमा माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको जानकारी दिंदै सिग्देलले भन्नुभयो ‘पर्यटन पर्वद्धनका लागि हामीले पहिलो रेखा कोरेका छौं,  ‘यो माउन्टेन फ्लाइटले भारतीय पर्यटकलाई मानसरोवर दर्शन गर्न ठूलो सहयोग गर्ने र पश्चिममा पर्यटक भित्राउन ठूलो भूमिका खेल्नेमा विश्वस्त छौं,’ उहाँले भन्नुभयो । 
९० मिनट हुने माउन्टेन फ्लाइटका क्रममा कैलाश मानसरोवरसँगै रारा ताल र शे–फोक्सुन्डो ताल पनि हेर्न सकिने सिग्देलको भनाई छ । 

ताजा

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…

लोकप्रिय

सबै

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रध…

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको प्रारम्भ बैठक

बर्दिया, १९ भदौ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित …

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

यो पनि

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…