Pairabi logo

असार २९, २०८३, सोमबार                    

खाना पकाउन अझै गुइँठाकै भर

डेक्स

डेक्स

खाना पकाउन अझै गुइँठाकै भर
ADVERTISEMENT

“ग्यास किन्न सक्ने अवस्था छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो”

राकेशकुमार मिश्र

नेपालगन्ज, ७ पुस । ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–कण्डा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउनुहुन्छ ।

“ग्यास किन्न सक्ने अवस्था छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो”, उहाँले भन्नुभयो, “घरमा गाई भैँसी पालेकी छु, त्यसैको गोबरले गुइँठा बनाउन सजिलो भएको छ, अनि खाना पनि त्यसैबाट बनाउँछु, अर्को विकल्प छैन ।” डुडुवा–१ कि निर्मला कोरीको अवस्था पनि उस्तै छ । “आफूसँग भएको जमिनमा रुख बिरुवा छैन, नजिकै जङ्गल पनि छैन, हामी त बाढी प्रभावित क्षेत्रमा बसेका छौँ, अहिले नदीमा बाढीले बगाएर ल्याएको काठ दाउरा सङ्कलन गर्न सक्दैनौँे, त्यसैले हाम्रा लागि गुइँठा नै खाना पकाउने विकल्प हो ।” गाउँमा प्रायः पशुपालन गर्ने भएकाले घरपिच्छे महिला गुइँठा बनाउने गर्दछन् ।

परापूर्वकालदेखि चलिआएको परम्पराका कारणले पनि गुइँठा बनाउने चलन अझै कायम छ । गुइँठाले स्वास्थ्यमा असर गर्नेबारे अलि सचेत हुन थालेको परिवारले ग्यासको व्यवस्था गरे पनि गुइँठाको प्रयोग फिट्टिकै नछोडेको डुडुवा–४ का शिक्षक चन्दा मिश्र बताउनुहुन्छ । उहाँका अनुसार गुइँठाको प्रयोगले चुलोको खाना अलि स्वादिलो भएको सोचका कारण पनि गाउँघरमा यसको प्रयोग गरिन्छ, । चिसोको समयमा आगो ताप्नलाई पनि यसको प्रयोग बढी गरिन्छ । अहिले पछिल्लो समय यसबारे मानिस सचेत बन्न थालेको उहाँको भनाइ छ ।

गुइँठा गाई, गोरु तथा भैँसीको गोबरमा भुस, पराल मिलाएर बनाइन्छ । यसरी बनाइएको गुइँठालाई घाममा सुकाएर बाल्नयोग्य बनाइन्छ । स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो मानिन्न । आगो छिटो नसल्कने, आगो सल्के पनि धुवाँ बढी फाल्नेलगायतका कारणले यसले स्वास्थ्यमा गम्भीर असर पार्छ । जसकारण श्वासप्रश्वास, क्षयरोग र मोतियाबिन्दुजस्ता दीर्घकालीन रोग लाग्ने जोखिम बढ्ने नेपालगन्ज मेडिकल कलेजका विशेषज्ञ डा विनोद कर्ण बताउनुहुन्छ । दाउराका रूपमा गोबरको अत्यधिक प्रयोग भएकाले कृषि उत्पादनमा ह्रास हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

गोबरको प्रयोग इन्धनका रूपमा हुन थालेपछि किसानले रासायनिक मल प्रयोग गर्न थालेका छन् जसका कारण तत्काल उब्जनी बढ्ने भए पनि माटोको उर्बराशक्ति ह्रास हुँदै गएको छ । बाँकेको नरैनापुर गाउँपलिकाले परम्परागत चुलोको अन्त्य गर्नका लागि गत वर्ष प्रत्येक घरमा ग्यास चुलो र सिलिण्डर अनुदानमा वितरण गरेको थियो ।

पहिलो चरणअन्तर्गत एक हजार परिवारलाई ग्यास सिलिण्डर र चुलो अनुदानमा वितरण गरिएको गाउँपलिकाका अध्यक्ष इश्त्यिाक अहमद शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा परम्परागत चुलोको प्रयोग बढी छ, यसले आगलागीका घटना बढेका छन्, त्यसैले ग्यासको प्रयोग गरिएपछि आगलागीका घटनामा कमी आउँछ र स्वास्थ्यलाई पनि असर गर्दैन ।” भेरी ग्याससँग सहकार्य गरी घरघरमा ग्यास सिलिण्डर वितरण गरिएको थियो ।

नरैनापुर क्षेत्रमा वर्षेनी रुपमा आगलागीका घटना हुने गरेको नेपाल रेडक्रस सोसाइटीका अधिकृत प्रह्लाद विश्वकर्मा बताउनुहुन्छ । उहाँका अनुसार नरैनापुरमा अधिकांश घर फुसको भएकाले र परम्परागत चुलोमा खाना पकाउनले आगो लाग्ने जोखिम बढेको छ । नरैनापुरवासीलाई ग्यासतर्फ आकर्षण गर्न पालिकाले निःशुल्क ग्यास वितरण गरे पनि सिलिण्डरमा रहेको ग्यासलाई प्रयोग गरी पछि त्यसमा आर्थिक समस्याका कारण पैसाको अभावमा ग्यास भर्न नसकिएर सयाँै ग्यास सिलिण्डर थन्किएको अवस्था छ ।

त्यस क्षेत्रका परिवारमा आर्थिक अभावमा विकल्पको रुपमा अझै पनि गुइँठा र दाउराको प्रयोगको विकल्प नभएको नरैनापुरका स्वास्थ्यकर्मी तारा शर्मा बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ यस्तो परिवार छन्, जसलाई दैनिक मजदुरी गरेपछि साँझ बिहानको छाक टर्छ, त्यस्ता परिवारले ग्यास कसरी व्यवस्थापन गर्न सक्छन्, तिनीहरुलाई परिवारको खाना लाउनै समस्या छ ।” सो क्षेत्रमा यस्ता परिवारको सङ्ख्या बढी रहेको छ ।

“अनुदानमा ग्यास सिलिन्डर प्राप्त गर्ने नरैनापुरका स्थानीय केहीले बेचिसके त केहीले आफ्ना छोरी तथा नातागोतलाई दिए”, उहाँले भन्नुभयो, “सिलिन्डर पाए पनि महँगाइले गरिब र किसानका लागि ग्यासको मूल्य छोइनसक्नुभएको छ ।” नरैनापुर मात्र होइन, नेपालगन्ज नगरसँग जोडिएका थुप्रै गाउँहरुमा गरिबीका कारणले उनीहरु अझै पनि गुइँठा र दाउरा नै प्रयोग गर्ने गरेको पाइन्छ ।

परम्परागत चुलोको अन्त्य गर्न स्थानीय सरकारले त्यसको विकल्पमा ठोस कार्यक्रम बनाउनुपर्ने गैरसकारी संस्था महासङ्घ बाँकेका सदस्य सूर्यलाल यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “परम्परागत चुलोको अन्त्य गर्नका लागि बिना खचिलो दीर्घकालीन कार्यक्रम लागू गर्नुपर्दछ, अलि वैज्ञानिक विधिको प्रयोगले यसको विकल्प तयार गर्नुपर्दछ, यो समस्या जिल्लाभरि नै छ, शिक्षित तथा अशिक्षित दुवै परिवारले यसको प्रयोग गरिरहेका छन्, त्यसैले सचेतनाका कार्यक्रम र यसको विकल्पमा ठोस योजना स्थानीय सरकारले बनाउनुपर्ने देखिन्छ ।”

ताजा

सबै

स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिको १३औं बैठक

पवन जायसवाल बर्दिया, २८ असार । बर्दियाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज के…

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

लोकप्रिय

सबै

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…

डुडुवामा सुशासन र सकारात्मक सोचसम्बन्धी क्षमता अभिवृद्धि

डुडुवा (बाँके), २८ असार । बाँके डुडुवामा स्थानीय सरकार सञ्चालन, सुशासन, सार्वजनिक …

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…