Pairabi logo

असोज १४, २०८३, बुधबार                    

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

डेक्स

डेक्स

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक
ADVERTISEMENT

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड लाग्न थालेको पर्यटन व्यवसायीले जनाएका छन् ।  

बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको बाबा बर्फानी मन्दिर, गाईलेक, सन्तानेश्वर महादेवको मन्दिर, नरैनापुर गाउँपालिकमा रहेको गोवद्र्धन धाम र डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह मन्दिर पदयात्राका लागि सबैभन्दा उत्तम मानिएको छ । यसमध्ये पनि प्रकृतिसँगै रमाउदै पदयात्रा गर्न राप्तीसोनारीको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिर र नरैनापुरको गोवद्र्धन धाम अझ बढी आर्कषक रहेको नेपाल एसोसिएसन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०, बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । 

उहाँले यस बाहेक बाँके राष्ट्रिय निकुञ्जमा साइकिलिङ, हाइकिङ, जङ्गल वाक र जङ्गल सफारी गरेर यात्रालाई रोमाञ्चक बनाउन सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “जिल्लामा यस्ता धेरै स्थान छन् जसको व्यवस्थापनबाट मात्रै पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।” 

तराईको पहाड मानिएको महाभारत चुरे पहाडमा रहेको बाबा बर्फानीको मन्दिर पुगेर आउनुभएकी पुष्पा ज्ञवाली खनालले प्राकृतिक सुन्दरताले आफूलाई लोभ्याएको उल्लेख गर्दै आन्नद महसुस भएको बताउनुभयो । 

उहाँले बाबा बर्फानी जाने बाटो आवतजावत गर्नका लागि भौतिक पूर्वाधारको विकास आवश्यक भएको भन्दै पदयात्रा रोमाञ्चक भएको अनुभव सुनाउनुभयो । गुल्मेली समाज, बाँकेका अध्यक्ष हरिलाल न्यौपानेले प्रकृतिसँगको सामिप्यताले मनमा फरक प्रकारको शान्ति मिल्ने उल्लेख गर्दै बाबा बर्फानी पदयात्राको उकालो ओरालो यात्राले शरीरमा थेरापीको कामसमेत गरेको बताउनुभयो । 

पत्रकार विनय दीक्षितले सन्तानेश्वर महादेवको मन्दिर नरैनापुर गाउँपालिका–५ को मटेहिया चोकदेखि करिब १५ किलोमिटर उत्तरमा रहेको जानकारी दिँदै मन्दिर पुगेपछि शान्तिको अनुभूति हुने बताउनुभयो । उहाँले प्रकृतिको दृश्यावलोकनले रोमाञ्चक बनाउने उल्लेख गर्दै पदयात्राका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सन्तानेश्वर महादेवको दर्शन गर्न आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो नै लाग्छ र पर्यटक पदयात्रा गरेर पहाडमा रहेको मन्दिरमा पुग्छन् ।” अति रमणीय, सुन्दर अनि मनमोहक दृश्यले भरिपूर्ण गोवद्र्धनधाम क्षेत्रलाई पनि धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षिकत गर्न सकिन्छ । यस क्षेत्रलाई पनि पदयात्राका लागि चयन गर्न सकिने र यसबाट भरपुर आनन्द प्राप्त हुने पत्रकार दीक्षितको भनाइ छ । 

नेपालगञ्जदेखि करिब ३८ किलोमिटर पूर्व नरैनापुर पुगेर नरैनापुरको वडा ४ जयारामपुरुवाबाट उत्तर ५ किलोमिटर अगाडि जङ्गलको बीचमा गोवद्र्धनधामको मन्दिर छ । नरैनापुरसम्म चारपाङ्ग्रे सवारीसाधन र नरैनापुरबाट मोटरसाइकलको प्रयोग गरी सो स्थलमा पुग्न सकिने बताइएको छ । 

गोवद्र्धनधाम क्षेत्रको पूर्वमा धार्मिक पर्यटकीयस्थल बर्फानी बाबाको आश्रम र पश्चिममा प्रसिद्ध सन्तानेश्वर मन्दिर छ । नरैनापुर क्षेत्रको पहाडी भूभाग र राप्ती नदी किनारक्षेत्रमा विभिन्न मठमन्दिर छन् । यस बाहेक पनि बाँकेमा धेरै पर्यटकीय क्षेत्र छन् जहाँ छोटो समय बिताएर पनि पर्यटकले सन्तुष्टी प्राप्त गर्न सक्छन् । 

ताजा

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…