Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवाको १२औं गाउँसभा शुरु

डेक्स

डेक्स

डुडुवाको १२औं गाउँसभा शुरु
ADVERTISEMENT

डुडुवा (बाँके) ४ पुस । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । 
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका १८ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 


    
आगामी आ. व. २०७९।०८० को यस गाउँपालिकाका महत्वपूर्ण नीति तथा कार्यक्रम ।
नीति तथा कार्यक्रम 

  • डुडुवा ४ शाहपूर्वामा गाउँपालिका स्तरीय १५ शैय्याको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्य चौकीमा चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल  सञ्चालन गरिनेछ ।
  • कन्या मुद्दती शिक्षा योजना,संस्कृत भाषा, अवधी भाषा र उर्दु भाषाको संरक्षण र संवर्द्धनको लागि मातृभाषाका गुरुरशिक्षकरसहजकर्ता मार्फत मातृभाषाको संरक्षण र विकासमा जोड दिईनेछ । साथै एस।ई।ई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति 
  • छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित गरिनेछ ।
  • बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण,पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा रयाफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च ,मस्जिद  एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत संभार  तथा पुर्ननिर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकासमा आवश्यक बजेटको व्यवस्था गरीनेछ ।
  • राप्ती नदी किनारमा  स्नानघर र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरीनेछ ।
  • आवधिक योजना,  क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन मार्फत गाउँपालिकाको समग्र विकासमा जोड दिईने छ ।
  • घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरीकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता दिईनेछ ।
  • ग र घ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा दिईदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिईनेछ ।
  • गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई नियमित गरि सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री बनाईनेछ  । 
  • भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमिऐन बमोजिम कार्य प्रक्रिया अगाडी बढाउने ।
  • बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था गरिनेछ ।
  • डुडुवा गाउँपालिक वडा नं –६ महाउत टोलमा ७०० मे ।ट। क्षमताको कोल्ड स्टोर निर्माण चालु आ।व। मै सम्पन्न गरि किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाईनेछ । साथै डुडुवा(२ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्रलाई संचालनमा ल्याईनेछ ।
  • पशुपती मावि‍ नौरीगौडीमा गाउपालिकास्तरीय क्याम्पस स्थापनाको लागी जग्गा प्राप्तीको आवश्यक प्रवन्ध गरिनेछ । साथै डुडुवामा रहेका सबै सामुदायिक बिद्यालयहरु र बालविकास केन्द्रहरुमा अग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिनेछ ।
  • प्रयोगशाला नभएका वडाहरु वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना गरिनेछ र न्यूनतम दरमा सवै डुडुवावासीहरुलाई वडास्तरमा स्वास्थ्य परिक्षणको पहुचमा वृद्दि गरिनेछ । 
  • कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण कार्यलाई निरन्तरता दिईनेछ ।
  • कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकायसमेतको सहकार्यमा सिंचित क्षेत्रमा विस्तार गरिनेछ । 
  • पशुरोग निदानका लागी  पशु उपचार सेवा, प्रयोगशाला सेवा, खोप तथा परिजिवी नियन्त्रण सेवालाई थप प्रभावकारी बनाईनेछ ।
  • उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रि गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरि कृषकको आम्दानीमा वृद्धि गरिनेछ । 
  • संस्थागत सक्षमता स्वमुल्यांकनमा यस गाउँपालिका विगत २ बर्षदेखि उत्कृष्ट अंकका साथ प्रथम स्थानमा रहन सफल भएकोमा सो स्थान कायमै राखि प्रदेश र राष्ट्रियस्तरमा समेत अग्रस्थान कायम गर्न गा।पा।ले पुरा गर्नुपर्ने निम्न लिखित थप योजना र कार्यक्रम बनाई लागु गरिनेछ । 
  1.   नयाँ एल।जी। प्रोफाईल
  2.   राजश्व प्रक्षेपण योजना
  3.    एकिकृत भुउपयोग योजना
  4.     बातावरण ब्यवस्थापन योजना
  5.     मध्यकालिन खर्च संरचना
  6.     दीगो विकास लक्ष्यको स्थानीयकरणको नीती तथा योजना
  7.     सार्वजनिक नीजि साझेदारी नीति
  8.     बालमैत्रि स्थानिय शासन सम्वन्धी नीति
  9.     फोहोरमैला ब्यवस्थापन नीति
  10.     जोखिम संवेदनशिल भुउपयोग नीति
  11.     डिजिटल प्रविधिमा आधारित सेवा प्रवाह

सभामा डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७९ प्रस्तुत गरिएको थियो । आज प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथी थप छलफल गर्न भोली मंगलबार दिउसो पुन बैठक बस्ने गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । 
गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा र मोहनराम मिश्र, सम्पूर्ण वडासदस्य, कार्यपालिका सदस्य लगायत सबैको सहभागिता रहेको थियो । 


आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि डुडुवा गाउँपालिकाले सोमबार आफ्नो १२ औं गाउँसभा गरेको छ । यसअघि समयमा गाउँसभा नहुँदा सबै सेवा ठप्प भएका थिए । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…