Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

डेक्स

डेक्स

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
ADVERTISEMENT

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारलाई जनतामा आशा जगाउने काम गर्न आग्रह गर्नुभएको छ ।

नेपालगञ्जमा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले जनताको ठूलो अपेक्षाका बीच गठन भएको वर्तमान सरकारप्रति जनातको भरोसा रहेको उल्लेख गर्नुभयो । 

उहाँले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा स्वास्थ्य बीमा, रासायनिक मलको अभाव, सुकुम्बासी समस्या, संविधान संशोधन लगायतका विषयमा सरकारको धारणा माग्नुका साथै राप्रपाका तर्फबाट सुझाव पनि प्रस्तुत गरिएको जानकारी दिनुभयो । 

राप्रपाले राखेका विषयमा प्रधानमन्त्री शाहले सरकार गम्भीर रहेको जवाफ दिएको उहाँको भनाई छ । अध्यक्ष लिङ्देनले राप्रपाले भने जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गर्दै अहिलेको निर्वाचन प्रणालीबाट दुईतिहाई बहुमत प्राप्त गरेको सरकारले सुशासन दिन नसकेको आरोप लगाउनुभयो । उहाँले संसदबाट अहिलेको सरकारको विकल्प नभएकाले मुलुक खतरातर्फ धकेलिएको आशंका व्यक्त गर्नुभयो । 

पार्टीका महामन्त्री डा.धवल शमशेर राणाले पार्टी छोडेर अघि बढाएको राजसंस्था पुनःस्थापनाको अभियानबारे सोधिएको प्रश्नमा लिङ्देनले राप्रपाको धारणा फरक रहेको स्पष्ट पार्नुभयो। उहाँले आन्दोलन वा विद्रोहबाट होइन, राष्ट्रिय सहमतिको आधारमा मात्र राजसंस्था पुनःस्थापना हुनुपर्ने पार्टीको अडान रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेता प्रेमबहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…