Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

डेक्स

डेक्स

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
ADVERTISEMENT

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारलाई जनतामा आशा जगाउने काम गर्न आग्रह गर्नुभएको छ ।

नेपालगञ्जमा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले जनताको ठूलो अपेक्षाका बीच गठन भएको वर्तमान सरकारप्रति जनातको भरोसा रहेको उल्लेख गर्नुभयो । 

उहाँले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा स्वास्थ्य बीमा, रासायनिक मलको अभाव, सुकुम्बासी समस्या, संविधान संशोधन लगायतका विषयमा सरकारको धारणा माग्नुका साथै राप्रपाका तर्फबाट सुझाव पनि प्रस्तुत गरिएको जानकारी दिनुभयो । 

राप्रपाले राखेका विषयमा प्रधानमन्त्री शाहले सरकार गम्भीर रहेको जवाफ दिएको उहाँको भनाई छ । अध्यक्ष लिङ्देनले राप्रपाले भने जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गर्दै अहिलेको निर्वाचन प्रणालीबाट दुईतिहाई बहुमत प्राप्त गरेको सरकारले सुशासन दिन नसकेको आरोप लगाउनुभयो । उहाँले संसदबाट अहिलेको सरकारको विकल्प नभएकाले मुलुक खतरातर्फ धकेलिएको आशंका व्यक्त गर्नुभयो । 

पार्टीका महामन्त्री डा.धवल शमशेर राणाले पार्टी छोडेर अघि बढाएको राजसंस्था पुनःस्थापनाको अभियानबारे सोधिएको प्रश्नमा लिङ्देनले राप्रपाको धारणा फरक रहेको स्पष्ट पार्नुभयो। उहाँले आन्दोलन वा विद्रोहबाट होइन, राष्ट्रिय सहमतिको आधारमा मात्र राजसंस्था पुनःस्थापना हुनुपर्ने पार्टीको अडान रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेता प्रेमबहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…