Pairabi logo

असोज २२, २०८३, बिहीबार                    

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

डेक्स

डेक्स

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव
ADVERTISEMENT

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले गर्ने हरेक सकारात्मक र जनहितकारी काममा जसपा नेपालले समर्थन र सहयोग गर्ने बताउनुभएको छ।

अवधी पत्रकार सङ्घ नेपालले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकार गठन भएको केही महिना मात्र भएकाले अहिले नै सरकारका कामकारबाहीबारे कठोर टिप्पणी गर्ने समय नभएको बताउनुभयो।

उहाँले देशका पुराना राजनीतिक दलहरूले विगत ३४ वर्षसम्म शासन सञ्चालन गरे पनि अपेक्षा अनुसार देशलाई अघि बढाउन नसकेकाले ‘जेनजी आन्दोलन’ जन्मिएको उल्लेख गर्नुभयो। जेनजी आन्दोलनपछि जनमतको बलमा आएको वर्तमान सरकारलाई केही समय काम गर्ने अवसर दिनुपर्ने उहाँको भनाइ थियो।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयका अपुष्ट र गैरजिम्मेवार अभिव्यक्ति दिनु उचित नभएको टिप्पणी गर्नुभयो।

उहाँले भारतले समेत दाबी नगरेको विषयलाई प्रधानमन्त्रीले संसद्‌मा उठाउनु हतारमा गरिएको अभिव्यक्ति वा पर्याप्त जानकारीबिनाको टिप्पणीका रूपमा लिनुपर्ने बताउनुभयो।

सरकारले सुरुआती चरणमा केही सकारात्मक काम गरे पनि केही निर्णय हतारमा गरेको उल्लेख गर्दै उहाँले सरकार सही दिशामा अघि बढ्न नसके देशले फेरि ठुलो राजनीतिक र प्रशासनिक चुनौती सामना गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य सिपी सिंह, बाबु खान पठान, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले लगायतको उपस्थिति रहेको थियो। संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन कार्यक्रमको संचालन महासचिव गुरुमुरत यादवले गर्नुभएको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…