Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

डेक्स

डेक्स

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव
ADVERTISEMENT

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले गर्ने हरेक सकारात्मक र जनहितकारी काममा जसपा नेपालले समर्थन र सहयोग गर्ने बताउनुभएको छ।

अवधी पत्रकार सङ्घ नेपालले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकार गठन भएको केही महिना मात्र भएकाले अहिले नै सरकारका कामकारबाहीबारे कठोर टिप्पणी गर्ने समय नभएको बताउनुभयो।

उहाँले देशका पुराना राजनीतिक दलहरूले विगत ३४ वर्षसम्म शासन सञ्चालन गरे पनि अपेक्षा अनुसार देशलाई अघि बढाउन नसकेकाले ‘जेनजी आन्दोलन’ जन्मिएको उल्लेख गर्नुभयो। जेनजी आन्दोलनपछि जनमतको बलमा आएको वर्तमान सरकारलाई केही समय काम गर्ने अवसर दिनुपर्ने उहाँको भनाइ थियो।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयका अपुष्ट र गैरजिम्मेवार अभिव्यक्ति दिनु उचित नभएको टिप्पणी गर्नुभयो।

उहाँले भारतले समेत दाबी नगरेको विषयलाई प्रधानमन्त्रीले संसद्‌मा उठाउनु हतारमा गरिएको अभिव्यक्ति वा पर्याप्त जानकारीबिनाको टिप्पणीका रूपमा लिनुपर्ने बताउनुभयो।

सरकारले सुरुआती चरणमा केही सकारात्मक काम गरे पनि केही निर्णय हतारमा गरेको उल्लेख गर्दै उहाँले सरकार सही दिशामा अघि बढ्न नसके देशले फेरि ठुलो राजनीतिक र प्रशासनिक चुनौती सामना गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दीन राई, केन्द्रीय सदस्य सिपी सिंह, बाबु खान पठान, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले लगायतको उपस्थिति रहेको थियो। संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन कार्यक्रमको संचालन महासचिव गुरुमुरत यादवले गर्नुभएको थियो । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…