Pairabi logo

असोज २६, २०८३, सोमबार                    

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

डेक्स

डेक्स

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत
ADVERTISEMENT

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्पादन भएको धान प्रशोधन गरी गुणस्तरीय ‘सिल्की’ चामल तयार पार्न पाउने भएका छन् । 
स्थानीय साकार कृषि सहकारी संस्था लिमिटेडले अत्याधुनिक ‘सिल्की चामल मिल’ जडान गरी सञ्चालनमा ल्याएपछि स्थानीय किसानहरू उत्साहित बनेको साकार कृषि सहकारी संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताउनुभयो ।

अध्यक्ष वलीले संस्थाले किसानलाई लक्षित गरी आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार, संस्थाले चामल मिलका साथसाथै खाद्यान्न पिस्ने (पीठो बनाउने) र तोरी तथा अन्य तेलहन पेल्ने (तेल निकाल्ने) आधुनिक मेसिनहरू पनि छिट्टै थप गर्ने तयारी गरिरहेको छ ।

साकार कृषि सहकारी संस्थाले किसानको हितलाई मध्यनजर गर्दै कुल रु ५५ लाखको लागानीमा यो मिल जडान गरेको संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिनुभयो । मिल सञ्चालनका लागि राप्ती सोनारी गाउँपालिकाले रु २० लाख आर्थिक अनुदान उपलब्ध गराएको छ भने बाँकी रु ३५ लाख सहकारी संस्था स्वयंले लगानी गरेको छ ।

मुख्य व्यवस्थापक वलीका अनुसार यो मिल सञ्चालनमा आएसँगै राप्ती सोनारीका किसानहरूले उत्पादन गरेको धान सहकारीमार्फत सहजै बिक्री गर्न पाउनेछन् । आफूले खाने वा बिक्री गर्ने धानलाई सिल्की बनाउन कुटानी–पिसानीको सुविधा पनि गाउँमै उपलब्ध हुने भएको छ ।

स्थानीय तहमै कृषि उपजको प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि राप्ती सोनारीका किसानहरूमा व्यावसायिक कृषिप्रतिको आकर्षण थप बढ्ने विश्वास लिइएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी क्षेत्रमा हालसम्म यस्तो आधुनिक र गुणस्तरीय सेलर मिल नभएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तह र सहकारीको साझा प्रयासबाट बनेको यो पूर्वाधारले स्थानीय किसानको आर्थिक स्तर उकास्न ठूलो सहयोग पु¥याउने बताउनुभयो । “गाउँपालिकामै यति आधुनिक प्रविधिको चामल मिल सञ्चालन हुनु कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि हो,” अध्यक्ष पौडेलले भन्नुभयो ।
–––

ताजा

सबै

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…