Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

डेक्स

डेक्स

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत
ADVERTISEMENT

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्पादन भएको धान प्रशोधन गरी गुणस्तरीय ‘सिल्की’ चामल तयार पार्न पाउने भएका छन् । 
स्थानीय साकार कृषि सहकारी संस्था लिमिटेडले अत्याधुनिक ‘सिल्की चामल मिल’ जडान गरी सञ्चालनमा ल्याएपछि स्थानीय किसानहरू उत्साहित बनेको साकार कृषि सहकारी संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताउनुभयो ।

अध्यक्ष वलीले संस्थाले किसानलाई लक्षित गरी आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार, संस्थाले चामल मिलका साथसाथै खाद्यान्न पिस्ने (पीठो बनाउने) र तोरी तथा अन्य तेलहन पेल्ने (तेल निकाल्ने) आधुनिक मेसिनहरू पनि छिट्टै थप गर्ने तयारी गरिरहेको छ ।

साकार कृषि सहकारी संस्थाले किसानको हितलाई मध्यनजर गर्दै कुल रु ५५ लाखको लागानीमा यो मिल जडान गरेको संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिनुभयो । मिल सञ्चालनका लागि राप्ती सोनारी गाउँपालिकाले रु २० लाख आर्थिक अनुदान उपलब्ध गराएको छ भने बाँकी रु ३५ लाख सहकारी संस्था स्वयंले लगानी गरेको छ ।

मुख्य व्यवस्थापक वलीका अनुसार यो मिल सञ्चालनमा आएसँगै राप्ती सोनारीका किसानहरूले उत्पादन गरेको धान सहकारीमार्फत सहजै बिक्री गर्न पाउनेछन् । आफूले खाने वा बिक्री गर्ने धानलाई सिल्की बनाउन कुटानी–पिसानीको सुविधा पनि गाउँमै उपलब्ध हुने भएको छ ।

स्थानीय तहमै कृषि उपजको प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि राप्ती सोनारीका किसानहरूमा व्यावसायिक कृषिप्रतिको आकर्षण थप बढ्ने विश्वास लिइएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी क्षेत्रमा हालसम्म यस्तो आधुनिक र गुणस्तरीय सेलर मिल नभएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तह र सहकारीको साझा प्रयासबाट बनेको यो पूर्वाधारले स्थानीय किसानको आर्थिक स्तर उकास्न ठूलो सहयोग पु¥याउने बताउनुभयो । “गाउँपालिकामै यति आधुनिक प्रविधिको चामल मिल सञ्चालन हुनु कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि हो,” अध्यक्ष पौडेलले भन्नुभयो ।
–––

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…