Pairabi logo

असोज २४, २०८३, शनिबार                    

डुडुवामा संयुक्त जग्गाको रुख कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डेक्स

डेक्स

डुडुवामा संयुक्त जग्गाको रुख कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग
ADVERTISEMENT

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका–४ स्थित संयुक्त नाममा दर्ता रहेको जग्गामा रहेका रुखहरू सम्बन्धित जग्गाधनीको मञ्जुरीबिना कटान गरिएको छ । गैरकानूनी रुपमा रुख कटान गर्ने कार्यमा संलग्न भएका व्यक्तीहरुको छानबिन गरी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र डिभिजन वन कार्यालय बाँकेमा निवेदन दिइएको छ । 

स्थानीय करिम खाँका अनुसार डुडुवा – ४ अलहिरा ईदगाह तथा कब्रस्तानको कित्ता नं. १८ को करिब १४ कठ्ठा क्षेत्रफलको जग्गामा रहेका रुखहरू कटान गरिएको हो । 

मुनिर खाँसहित ११ जनाको संयुक्त नाममा दर्ता रहेको उक्त जग्गामा सिमलका १२, चन्दनका ११, जामुनको १, सिरसाका ९, सिसमका ४, अमलाको १ र कटगुलरियाका ४ गरी जम्मा ४२ वटा रुख रहेको छ ।

अलहिरा ईदगाह तथा कब्रस्तान सञ्चालक समितिका अध्यक्ष सईद खाँलगायत पदाधिकारीहरूले संयुक्त जग्गाधनीहरूको सहमति बिना रुख कटान गरी लैजान खोजेको जनाइएको छ । यसरी रुख कटान तथा ओसारपसार गर्दा संयुक्त जग्गाधनीहरूको सम्पत्तिमा क्षति पुग्ने भन्दै निवेदकहरूले आपत्ति जनाएका छन । 

रुख कटान र ओसारपसार रोक्न माग

निवेदकहरूले जग्गामा रहेका रुखहरू लैजाने कार्य तत्काल रोक्न, घटनाको स्थलगत निरीक्षण तथा निष्पक्ष छानबिन गर्न र कानुनविपरीत कार्य गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका छन् । 

त्यसैगरी, अलहिरा ईदगाह तथा कब्रस्तान सञ्चालक समितिको सञ्चालन प्रक्रिया, आर्थिक कारोबार, हिसाबकिताब तथा सम्पत्तिको छानबिन गर्न पनि माग गरिएको छ । 

संयुक्त नाममा दर्ता रहेको जग्गामा रहेका रुखहरू सम्बन्धित जग्गाधनीहरूको सहमति बिना कटान तथा ओसारपसार गरिएको विषय गम्भीर रूपमा लिनुपर्ने स्थानीय दयाराम यादवले बताउनुभयो । उहाँले रुख कटान तथा लैजाने कार्य रोक्न, घटनाको निष्पक्ष छानबिन गर्न र दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन कडा माग गर्नुभएको छ । 

घटनाका सम्बन्धमा सम्बन्धित सरकारी निकायबाट छानविन गरी कारवाही गर्ने जनाइएको छ । संयुक्त जग्गाको स्वामित्व, रुख कटान सम्बन्धी कानुनी प्रक्रिया र सम्पत्तिको संरक्षणका विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको छ । 
 
ताजा

सबै

डुडुवामा संयुक्त जग्गाको रुख कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

डुडुवामा संयुक्त जग्गाको रुख कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

यो पनि

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …