Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

उम्मेदवार जिताउन काँग्रेसका महिला नेतृ सक्रिय

डेक्स

डेक्स

उम्मेदवार जिताउन काँग्रेसका महिला नेतृ सक्रिय
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक ३० / नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन काँग्रेसका महिला नेतृहरु सक्रिय भएका छन् । आफ्ना उम्मेदवारसहित उनीहरु बिहानदेखी बेलुकासम्म घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त भएका हुन् । काँग्रेससहित गठबन्धनका उम्मेदवारलाई महिलाले खुलेरै साथ दिइरहेका छन् । बाँकेको क्षेत्र नम्बर १, २ र ३ मा महिला नेतृहरु सक्रियता पुर्वक चुनावी अभियानमा जुटेका हुन् । 
नेपाल महिला संघ बाँकेका सभापति नारायणी रुपाखेतीले काँग्रेस लगायत पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन महिलाहरु सक्रियता पुर्वक लागेको बताइन् । ‘महिला संघले तीन वटै क्षेत्रमा महिलाहरुलाई खटाएको छ, महिलालाई घरबाट निस्कन आब्हान गरेर अभियान चलाएका छौं,’ उनले भनिन् ।  
सबै महिलाहरु आ, आफ्नो निर्वाचन क्षेत्रमा परिचालित भएर उम्मेदवारसँग हिडिरहेको बताइन् । ‘घरको काम पनि हामी महिलाले गर्नुपर्छ, तर घर परिवारलाई ब्यवस्थापन गरेर पार्टीका लागि चुनावमा लागेका छौं,’ सभापति रुपाखेतीले भनिन् । 
स्थानीय तहको निर्वाचनमा जस्तै अहिले पनि चुनावी प्रचारमा महिलाको सहभागिता सक्रिय रुपले हुने गरेको बताइन् । नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार योग्य, सक्षम र निस्कलंकित भएकाले मतदान गर्न आग्रह गरिरहेको उनको भनाई छ ।
ब्यवस्था परिवर्तन गर्ने आन्दोलनदेखी हरेक निर्वाचनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको महिला नेतृ रमा उपाध्याय बताउँछिन् । ‘महिलाहरु २०४६ सालको आन्दोलन देखी नै सक्रिय भएर लागेका छन्, २०४८ सालको चुनाव, २०५१ र २०५४ सालको चुनावमा पनि महिलाहरु होमिएका थिए, महिलाको सक्रियता कति हुन्छ भन्ने कुराको प्रमाणित सहिद सेतु बिकले गरिसक्नु भएको छ,’ उनले भनिन् ‘हामी महिलाहरु आफ्नो घर, परिवारलाई ब्यवस्थापन गरेर पनि पार्टीको राजनीतिमा सक्रिय छौं ।’ काँग्रेसले यो निर्वाचनमा पनि योग्य र सक्षम उम्मेदवार उठाएको नेतृ उपाध्याय बताउँछिन् । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…