Pairabi logo

पुस २५, २०८२, शुक्रबार                    

उम्मेदवार जिताउन काँग्रेसका महिला नेतृ सक्रिय

डेक्स

डेक्स

उम्मेदवार जिताउन काँग्रेसका महिला नेतृ सक्रिय
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक ३० / नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन काँग्रेसका महिला नेतृहरु सक्रिय भएका छन् । आफ्ना उम्मेदवारसहित उनीहरु बिहानदेखी बेलुकासम्म घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त भएका हुन् । काँग्रेससहित गठबन्धनका उम्मेदवारलाई महिलाले खुलेरै साथ दिइरहेका छन् । बाँकेको क्षेत्र नम्बर १, २ र ३ मा महिला नेतृहरु सक्रियता पुर्वक चुनावी अभियानमा जुटेका हुन् । 
नेपाल महिला संघ बाँकेका सभापति नारायणी रुपाखेतीले काँग्रेस लगायत पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन महिलाहरु सक्रियता पुर्वक लागेको बताइन् । ‘महिला संघले तीन वटै क्षेत्रमा महिलाहरुलाई खटाएको छ, महिलालाई घरबाट निस्कन आब्हान गरेर अभियान चलाएका छौं,’ उनले भनिन् ।  
सबै महिलाहरु आ, आफ्नो निर्वाचन क्षेत्रमा परिचालित भएर उम्मेदवारसँग हिडिरहेको बताइन् । ‘घरको काम पनि हामी महिलाले गर्नुपर्छ, तर घर परिवारलाई ब्यवस्थापन गरेर पार्टीका लागि चुनावमा लागेका छौं,’ सभापति रुपाखेतीले भनिन् । 
स्थानीय तहको निर्वाचनमा जस्तै अहिले पनि चुनावी प्रचारमा महिलाको सहभागिता सक्रिय रुपले हुने गरेको बताइन् । नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार योग्य, सक्षम र निस्कलंकित भएकाले मतदान गर्न आग्रह गरिरहेको उनको भनाई छ ।
ब्यवस्था परिवर्तन गर्ने आन्दोलनदेखी हरेक निर्वाचनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको महिला नेतृ रमा उपाध्याय बताउँछिन् । ‘महिलाहरु २०४६ सालको आन्दोलन देखी नै सक्रिय भएर लागेका छन्, २०४८ सालको चुनाव, २०५१ र २०५४ सालको चुनावमा पनि महिलाहरु होमिएका थिए, महिलाको सक्रियता कति हुन्छ भन्ने कुराको प्रमाणित सहिद सेतु बिकले गरिसक्नु भएको छ,’ उनले भनिन् ‘हामी महिलाहरु आफ्नो घर, परिवारलाई ब्यवस्थापन गरेर पनि पार्टीको राजनीतिमा सक्रिय छौं ।’ काँग्रेसले यो निर्वाचनमा पनि योग्य र सक्षम उम्मेदवार उठाएको नेतृ उपाध्याय बताउँछिन् । 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…