Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजना ल्याउनेछु : राई

डेक्स

डेक्स

हाम्रा पुस्ताले गर्व गर्ने विकास आयोजना ल्याउनेछु : राई
ADVERTISEMENT


३० कात्तिक बाँके। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले एउटा ऐतिहासिक क्षण अब नजिकिइसकेको भन्दै मंसिर ४ गते एकदमै विकेक पुर्यानएर मतदान गर्न अपिल गर्नुभएको छ । 
डुडुवामा बुधवार भएको पार्टीको एउटा चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले यो चुनाव लामो संघर्षपछि प्राप्त अधिकारहरू जोगाउने र त्यो अधिकार खोस्न चाहनेहरूबीचको लडाईं भएको भन्दै त्यसमा विवेक पुर्या्उन आग्रह गर्नुभयो । 


‘राज्यका हरेक संचरनामा आज हाम्रो पनि सहभागिता स्विकार्यता भएको छ। संविधानले हामीलाई स्विकार गरेको छ। हाम्रा धाती अनि कुर्ताहरूलाई राज्यले पहिचान दिएको छ। हाम्रो भाषालाई राज्यले सम्मान गरेको छ’ गाउँगाउँबाट जुटेका सयौं मतदाताहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो हामीले आफ्नो पहिचान र अधिकारका लागि हज्जारौंले रगत पसिना बगाएका छन्। यो कसले जित्ने भन्नेमात्रै चुनाव होइन। यो त ती अधिकार जोगाउने कि फेरि त्यसलाई कसैको मुठ्ठीमा सुम्पिनेरु त्यसको फैसला पनि हो।’


उहाँले फेरि पुरानै शासन व्यवस्थाको वकालत गर्नेहरू फेरि पनि नागरिकलाई रैति बनाउनका लागि भोट माग्न आइरहेको भन्दै त्यसको गतिलो जवाफ मंसिर ४ गते मतपत्रबाट दिन पनि मतदातालाई आग्रह गर्नुभयो । 
यो क्षेत्रको विकास नचाहनेहरूले आफूविरूद्ध भ्रामक कुराहरू फैलाइरहेको भन्दै उम्मेदवार राईले कसैको झुटा र जनता ढाँट्ने कुराहरूको पछाडि नलाग्न पनि मतदाताहरूलाई सचेत बनाउनुभयो । 
‘उनिहरू चाँहदैनन् यो क्षेत्रको विकास हो। यो क्षेत्रका नागरिक समृद्ध होउन्। उनिहरू त चाहन्छन् जनता सधैं उही गरिबीमा रहिरहून्। ‘उनिहरू पनि यो क्षेत्रको उच्चस्थानमा बसेका छन्। दश(दश वर्ष महानगर चलाएका छन्। उनिहरूले किन विकास गरेनन्रु आज काम गरिरहेको मान्छे देखेर उनिहरूलाई औडाह भइरहेको छ। र उनिहरू छटपटाइरहेका छन्। जनता सचेत भएको देखेर उनिहरू डराइरहेका छन्’ उहाँले भने ‘त्यसैले उनिहरू पछि लागिरहेका छन्। मैले कसरी पैसा कमाए भनेर प्रमाणहरू खोज्न हिँडेका छन्। दुस्ख गरिरहेका छन्। तर त्यत्रो दुस्ख किन गर्नुपर्योनरु त्यो सबै त मैले सार्वजनिक गरिसकेको छु। नभए कसैले मलाई सोधे पनि म भनिदिन्छु नि१’
आफ्नो पुस्ताले समेत गर्व गर्नेगरि विकास ल्याउनका लागि नागरिकले जसपाप्रति अगाध स्नेह र उत्साह देखाइरहेको भन्दै विरोधीहरू अत्तालिएको बताउँदै राईले मतदाताहरूलाई मंसिर ४ गते विवेकपूर्ण मतदान गर्न आग्रह गर्नुभयो ।  
जसले जति विरोध गरे पनि वा अवरोध गरे पनि आफू यो क्षेत्रको विकासका लागि सधैं लडिरहने प्रतिवद्धता पनि उहाँले गर्नुभयो ।
‘तत्कालका लागि कसैलाई यो विकासका संरचनाहरू, विकासका आयोजनाहरू आएको देखेर, ल्याउँछ किभनेर ठूलै डर छ। उनिहरू छटपटाइरहेका छन्’ उनले भने ‘तर ढुक्क हुनुहोस् यो विकास भनेको कसैको व्यक्तिगत होइन। कुनै समुदाय विशेषका लागि मात्रै होइन। विकास भनेको कुनै धर्म वा सम्प्रदायका लागि मात्रै होइन। यो त यहाँको समग्र समृद्धिका लागि हो। तपाईं हाम्रा पुस्ताले गर्व गर्ने कुरा हो।’
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…