Pairabi logo

बैशाख १२, २०८१, बुधबार                    

बाँकेमा विकासका एजेण्डामा चुनावी प्रतिष्पर्धा

सम्वाददाता

सम्वाददाता

बाँकेमा विकासका एजेण्डामा चुनावी प्रतिष्पर्धा
ADVERTISEMENT

युवराज पाण्डे
नेपालगञ्ज २९ कार्तिक / बाँकेमा विभिन्न राजनीतिक दलले अघि सारेका विकासका एजेण्डामा चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । 
स्वतन्त्र सहित विभिन्न दलका उम्मेदवार आफ्ना विकासका योजना लिएर दुर्गम गाउँदेखि शहरसम्म मत माग्न घरदैलोमा व्यस्त भएका देखिन्छन । 
 नेकपा (एमाले), राप्रपा गठवन्धन, नेपाली काङ्ग्रेस र नेकपा (माओवादी) केन्द्र र नेकपा समाजवादी गठवन्धनका उम्मेदवारले सडक, पूर्वाधार, अस्पतालको स्तरोन्नती, शहरी विकास, कृषिमा यान्त्रीकरण तथा विकास, खेलकुदको विकास लगायतका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको पाइएको छ । 
लोकतान्त्रिक–बाम गठबन्धनकातर्फबाट बाँके क्षेत्र नम्बर–१ को उम्मेदवार हुनुभएका माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराज (अथक) दोस्रो कार्यकालका लागी प्रतिनिधी सभा सदस्य निर्वाचनको चुनावी मैदानमा हुनुहुन्छ । 


उहाँले हुलाकी सडकदेखि लिएर दर्गम मानिने नरैनापुरदेखि राजमार्ग जोडने सडक निर्माणमा योगदान गरेको उल्लेख गर्दै कोहलपुरमा क्रिकेट एकेडमी निर्माण गर्ने पहिलो निर्णय गरेको र कोहलपुर–११ मा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँगै क्रिकेट एकेडेमीको काम अगाडी बढेको बताउनुभयो । गहतराज युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । उहाँसँग नेकपा (एमाले) बाँकेका इन्जार्च सुर्य ढकाल चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । ढकाललाई राप्रपाले साथ दिएको छ । 
उम्मेदवार ढकाल भन्नुहुन्छ ‘कोहलपुर नगरपालिकालाई आधुनिक शहरका रुपमा विकास गरिने छ र नरैनापुरमा देखिएको खडेरीलाई सम्वोधन गर्न सिक्टा सिंचाई योजनामार्फत सिंचाईको प्रवन्ध गरिनेछ । 
उहाँले बाँके राष्टिय निकुञ्जबाट राहत दिलाउन पीडितलाई हुने झन्न्झटमाट मुक्त गर्न सहजीकरण गरिने उल्लेख गर्र्दै रु. २५ लाखको बीमा कार्यक्रम ल्याइने छ भन्नुभयो । मन्त्री गहतराज पुरानो अनुहारको उम्मेदवार हुनुहुन्छ र  ढकाल नयाँ अनुहारको उम्मेदवार हुनुहुन्छ । उहाँहरु दुवै प्रतिनिधिसभातर्फ सदस्य पदको प्रतिष्पर्धी हुनुहुन्छ । प्रदेशसभातर्फ लोकतान्त्रिक गठवन्धनबाट फुलाराम थारु, नेकपा (एमाले), राप्रपा गठवन्धबाट दुर्गा चौधरी चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । वि.स २०७४ मा मन्त्री गहतराजले बाम गठवन्धनकातर्फबाट ३१ हजार १७३ मत  ल्याएर निर्वाचित हुनुभएको थियो । काङ्ग्रेस राप्रपा गठवन्धनका माधवराज खत्रीले २८ हजार २१७ मत प्राप्त गर्नुभएको थियो । 
 निर्वाचन क्षेत्र नं २ बाँकेको सबैभन्दा चर्चित र रोमाञ्चक चुनावी प्रतिष्पर्धा हुने क्षेत्रका रुपमा हेरिएको छ  । जहाँ पूर्व मन्त्री इस्तियाक मोहम्मद राई र नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व प्रमुख डा. धवलशम्शेर राणा चुनावी मैदानमा हुनुहुन्छ । पूर्व मन्त्री राई तेस्रो पटक  र राणा पहिलो पटक प्रतिनिधिसभाको निर्वाचनमा होमिनुभएको छ । राणा राप्रपा—एमालेको संयुक्त गठवन्धनबाट चुनाव लडनुभएको छ । राई जनता समाजवादी पार्टीबाट एकल रुपमा चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । वाम—लोकतान्त्रिक  गठवन्धनबाट सुदीपनरसिंह राणा चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई नेकपा (माओवादी) केन्द्रले साथ दिएको छ । 
नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व प्रमुख डा. धवलशम्शेर राणाले रासायानिक मलको कारखाना स्थापना प्राथमिकताको विषय भएको उल्लेख गर्दै नगरप्रमुख हुँदा अधुरा रहेका योजनालाई अहिले पूरा गर्ने वाचा गर्नुभएको छ । 
वि.स २०७४ को निर्वाचनमा राई दुईवटा गठबन्धनलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिनुभएको थियो ।  त्यतिबेला वाम गठबन्धनका तर्फबाट एमालेका पशुपतिदयाल मिश्र र राप्रपाका उम्मेदवार ओमप्रकाश आजादलाई कांग्रेसले सघाएको थियो । राईले २१ हजार ५७५ मत ल्याउँदा एमालेका मिश्रले १५ हजार ९५१ र राप्रपाका आजादले ११ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको थियो । तर अहिले परिस्थीति बदलिएको छ । राप्रपाका सहायक महामन्त्री ऋषि देवकोटा विगतमा भन्दा अहिलेको अवस्था परिवर्तन भएकोले जीतको आधार बलियो भएको बताउनुहुन्छ । 
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डा. राणा प्रतिष्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईभन्दा करिव १० हजार मतले अगाडि रहनु भएको छ । दुई पार्टीको पार्टीगत मत बाहेक डा. राणाको व्यक्तिगत लोकप्रिय मत पनि धेरै रहेको बताइएको छ । 

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार ९८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार १०९ मत रहेको देखिन्छ । यसले उहाँले चुनावमा जीत हालि गर्ने अनुमान गर्न सकिन्छ । राप्रपा एमाले गठवन्धनबाट प्रदेशसभातर्फ विजय कुमार यादव र निरक गुरुङ चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । तर यस क्षेत्रमा नेपाली काङ्ग्रेसबाट सुरेन्द्र हमाल, राजकुमार बर्मा र माओवादीबाट अक्कल बहादुर बम चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । प्रदेशसभामा बाम लोकतान्त्रिक गठवन्धन भएको छैन । 
राईले पनि आफूले गरेका विकासका काम नै जितको आधार भएको बताउनुहुन्छ । जनताको शासक बन्ने होइन, जनताको चौकीदारी गर्न भोट मागिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘मैले जनतालाई कहिल्यै ढाँटेको छैन ,नसक्ने काम गर्छु भनेर कहिल्यै सपना बाँडेको छैन ।’ 
वि.स ०५४ को स्थानीय चुनावमा नगर प्रमुखमा थोरै मतले पराजित दिवाकर खनाल पनि सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । 
काङ्गेस उम्मेदवार सुदीपनरसिंह राणालाई नेकपा (माओवादी) केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले साथ दिएको छ । तरुण दलबाट राजनीतिमा आउनुभएका सुदीपको बलियो पक्ष भनेको उहाँको व्यक्तिगत पृष्ठभूमिभन्दा पनि गत वैशाखको स्थानीय निर्वाचनमा वडाले पाएको मत हो । गत स्थानीय तह चुनावमा कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४ सय ७८, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४, माओवादीले ६ हजार ८ सय ५९, एकीकृत समाजवादीले ८ सय २१ र लोसपाले ५ सय ६४ मत पाएका थिए । 
जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा बाम लोकतान्त्रिक गठवन्धनबाठ नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर र एमाले—राप्रपा गठवन्धनबाट किश्मत कुमार कक्षपति चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । प्रतिनिधिसभामा दुवै उम्मेदवार नयाँ अनुहार हुनुहुन्छ । 
उम्मेदवार राठौरले बाँकेको पूरानो बजार खजुराको विरासत फर्काउने उल्लेख गर्दै नेपालगञ्ज–गुलरिया सडक चारलेनको बनाइने, मुख्य बजार क्षेत्रलाई अत्याधुनिक बजारीकरण गरिने, भित्री सडकहरु चौडा र स्तरीय बनाउने तथा मुख्य बजार भित्रका क्षेत्रलाई कृषिमा आधारित उद्यम क्षेत्रका रुपमा विकास गरिने बताउनुभयो । 
एमाले—राप्रपा गठवन्धनबाट उम्मेदवार हुनुभएका कक्षपतिले शिक्षा र स्वास्थ्यको विकासमा जोड दिदै प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि आफूले गरेको पहललाई मुर्त रुप दिने बताउनुभयो । वि.स २०७४ को निर्वाचनमा बाम गठवन्धनबाट नन्दलाल रोका क्षेत्रीले ३१ हजार ६०१ मत ल्याएर निर्वाचित हुनुभएको थियो । काङ्ग्रेस राप्रपा गठवन्धनबाट बादशाह कुर्मीले २६ हजार ६१७ मत प्राप्त गर्नुभएको थियो । 
जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन । ती निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा १ लाख २१ हजार १०० मतदाता रहका छन । सबैभन्दा कम क्षेत्र नं २ मा ९७ हजार ८०३ मतदाता रहेका छन । जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा १ लाख १३ हजार ३२२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । 
३८० मतदान केन्द्र र १३८ मतदानस्थल भएको बाँकेमा कुल मतदाताको सङ्ख्या ३ लाख ३२ हजार २३१ रहेको छ । यसअघि ३ लाख २९ हजार ४७३ मतदाता रहेका थिए । तीमध्ये जिल्लामा नयाँ मतदाताको सङ्ख्या २ हजार ७५८ थप भएको छ ।  
आठ स्थानीय तह भएको जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । 
निर्वाचन क्षेत्र नं २ मा नेपालगञ्ज नगरपालिकाको २१ वडा, डुडुवा गाउँपालिका पर्छ । निर्वाचन क्षेत्र नं ३ मा नेपालगञ्ज उपमहानगरको वडा नं १६ र १७ , बैजानाथ गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिका पर्छ ।  
तीन  निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधि सभा र प्रदेशमा गरी ९ जना निर्वाचन हुनेछन त्यसका लागि ८९ जनाले उम्मेदवारी दिनुभएको छ । 
निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एक स्वतन्त्र सहित ११, प्रदेशसभाको (क) मा दुई स्वतन्त्र सहित आठ र (ख) मा एक स्वतन्त्र सहित सात जनाले उम्मेदवारी दिनुभएको छ । 
निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ स्तन्त्र सहित १६, प्रदेशसभाको –क) मा ११ र (ख) मा ११ जना चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । 
निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ नौं, प्रदेशसभाको (क) मा स्वतन्त्र सहित सात र (ख) मा तीन स्वतन्त्र सहित नौं ले उम्मेदवारी दिनुभएको छ ।
 


 


 

ताजा

सबै

नेपालगञ्जका संस्थागत विद्यालयमा शुल्कु अनुगमन

नेपालगन्ज १० बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले शुल्क कार्यान्वयनको अवस्थाबारे संस्थाग…

मंगलबार सार्वजनिक बिदा

काठमाडौँ, १० वैशाखः सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राज…

नेपालगन्जको बालमन्दिर मुहार फेर्दै

नेपालगन्ज ८ वैशाख :संरक्षणको अभावमा जीर्ण बन्दै गएको नेपालगञ्ज उपमहानगरपालिका९ बाँके…

हनुमान ज्यन्ती महोत्सव सुरु हुदै

नेपालगन्ज, ८ बैशाख : हनुमान जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा न…

लोकप्रिय

सबै

हनुमान ज्यन्ती महोत्सव सुरु हुदै

नेपालगन्ज, ८ बैशाख : हनुमान जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा न…

बाँकेकी सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ, ७ वैशाख :सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाल…

मंगलबार सार्वजनिक बिदा

काठमाडौँ, १० वैशाखः सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राज…

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी, ७ वैशाख :नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनत…

यो पनि

अवधी समुदायमा खाना पकाउन परम्परागत चुलोको प्रचलन

अवधी समुदायमा खाना पकाउन परम्परागत चुलोको प्रचलन

कुसुम कोरी नेपालगन्ज, । ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको…

अझैं घटेन,  बाँकेमा मातृ/बाल मृत्युदर

अझैं घटेन,  बाँकेमा मातृ/बाल मृत्युदर

कुसुम कोरी नेपालगञ्ज, १८ फागुन । नेपालगञ्ज १६ निवासी सावित्री साहुले १८ वर्षकै उमेर…

नागरिकता नहुदाको पीडा ......

नागरिकता नहुदाको पीडा ......

बितिशा चौधरी बासगढी (बर्दिया)फागुन १७ । बर्दियाको बढैयाताल नगरपालिका ९ मुनाल बस्ती…

एसइइ तहको पढाइ पुरा नगर्दै बिद्यालय छाड्न बिबश छन् : राजी समुदायका बालबालिका

एसइइ तहको पढाइ पुरा नगर्दै बिद्यालय छाड्न बिबश छन् : राजी समुदायका बालबालिका

बितिशा चौधरी । बर्दिया, ७फागुन :राजी समुदायका बालबालिकाहरुको अझै पनि शिक्षामा पहु…