Pairabi logo

माघ १३, २०८२, सोमबार                    

निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउन अनुगमन गरिने

सम्वाददाता

सम्वाददाता

निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउन अनुगमन गरिने
ADVERTISEMENT

नेपालगन्ज २३ बैशाख । स्थानीय निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनका लागि बाँकेका नागरिक समाजले प्रभावकारी रुपमा अनुगमन गर्ने भएका छन । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्टिय मानव अधिकार आयोग र मानव अधिकार संजाल नेपालगन्जको संयुक्त आयोजनामा निर्वाचन आचार संिहताका बारेमा गरिएको छलफलमा नागरिक समाजले अनुगमनको कार्य गर्ने भएका हुन । 


छलफलमा स्थानीय निर्वाचनलाई भयरहित, निश्पक्ष र स्वतन्त्र बातावरणमा सम्पन्न गर्न र मतदानका क्रममा अपांगता भएका, असहाय, विरामी, जेष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरिने भएको छ । 


कार्यक्रमका सहभागीहरुले चुनाव हुन अब केही दिन मात्र बाकी रहदा अहिले पनि निर्वाचन आचार संहिता उलंघन भईरहेको पाइएकोले सरोकारवाला निकायको ध्यानाकषर्ण गराउने भन्दै निर्वाचन आचारसंहितासंग सम्वन्धित क्रियाकलापको बारेमा अनुगमनमा देखिएका कुरालाई मानव अधिकार आयोगको कार्यालयमा हेल्प डेक्समार्फत सूचना प्रवाह गर्ने बताएका थिए । मानवअधिकार आयोग नेपालगन्ज कार्यक्रममा हेल्प डेक्स स्थापना गरि निर्वाचनसंग सम्वन्धित विभिन्न गतिबिधीहरुको अनुगमन गर्ने र बेला बेलामा बैठक बसेर छलफल गरि सरोकारवालाको ध्यानाकर्षण गराइने आयोगका नेपालगन्ज प्रमुख झंकर रावलले बताउनुभयो ।  


छलफलमा मानव अधिकार आयोगका पुर्व आयुक्त सुदिप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनितिक दल, मिडिया, उम्मेदवार लगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिदै भयरहित बातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । 


कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले निर्वाचन आचारसंहिताका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने डिजिटल राइटस नेपालका अध्यक्ष सन्तोष सिग्देलले सामाजिक संजालको प्रयोग र कानूनीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 
छलफलमा राष्टिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख झंकर रावल, नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेकका भोला महत, अधिकारकर्मी आलम खान, नियोगका प्रदेश संयोजक शुरेस गौतम, भावुक जंग थापा, मैमुना सिद्दिकी, कमल पन्त, कृष्णमुरारी प्रसाद भट, लगायतले निर्वाचन आचारसंहिताको उलघंनका घटनाहरु बढी भइरहेकाले त्यसलाई न्युनीकरणमा जोड दिनुभयो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज–दिल्ली उडानका लागि प्रम ओलीको ध्यानाकर्षण गराइने

नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्ट…

महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

नेपालगन्ज २४ जेठ । राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्य…

मुस्लिम महिलालाई नेतृत्व बिकास

मुस्लिम महिलालाई नेतृत्व बिकास

नेपालगन्ज/ मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एबँ नेतृत्व बिकास सम्बन्धी तीन दिने तालि…