Pairabi logo

असोज २५, २०८३, आइतबार                    

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

डेक्स

डेक्स

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन
ADVERTISEMENT

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा दिगो जीविकोपार्जनका अवसर विस्तार गर्ने उद्देश्यले बाँके युनेस्को क्लबले आफ्ना कर्मचारीका लागि तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  

साथै सो परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत गरिएको क्लबले जनाएको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना २ अन्तर्गत सो अभिमुखीकरण र स्थलगत अवलोकन  गरिएको हो । 

अभिमुखीकरणमा प्रभावकारी समन्वय, पारदर्शिता, जवाफदेहिता, उचित अभिलेखीकरण, नियमित अनुगमन, बालबालिका तथा अन्य सहभागीको सुरक्षा, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र वातावरणीय दिगोपनका विषयमा छलफल गरिएको थियो । स्वीकृत परियोजना दस्तावेज र संस्थागत मापदण्डअनुसार गुणस्तरीय कार्यक्रम सञ्चालन गर्न आवश्यक ज्ञान तथा सीप विकासमा समेत जोड दिइएको थियो ।

अभिमूखिकरण कार्यक्रमको सहजीकरण प्लान इन्टरनेसनल नेपालका प्राविधिक सल्लाहकार प्रतिमा कुँवर र कार्यक्रम विशेषज्ञ दुर्गाकुमारी क्षेत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक परामर्शदाता बिनय दिल लामा, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, वित्त, प्रशासन तथा सञ्चालन व्यवस्थापन प्रतिनिधि बेदप्रसाद पंगाली, सदस्य शंकरसिंह थारु, कार्यक्रम संयोजक राधे चौधरी, परियोजना अधिकृत होमप्रसाद चौधरी तथा कर्मचारीहरु सुनीता चौधरी र सिर्जना चौधरीलगायतको सहभागिता थियो ।

अभिमुखीकरणमा परियोजनाअन्तर्गत व्यावसायिक विकासका लागि सहयोग प्राप्त गरिरहेका युवा उद्यमीहरूले आफ्ना व्यवसायको प्रगति, उपलब्धि, सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती तथा भविष्यमा व्यवसाय विस्तार गर्ने योजनाबारे प्रस्तुति दिएका थिए । 

सोही क्रममा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत गरिएको थियो । अवलोकन टोलीले बंगुरपालन, स्थानीय कुखुरापालन, बाख्रापालन, किराना पसल तथा खाजा व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यवसायको अवस्था, उपलब्धि, चुनौती र विस्तारका सम्भावनाबारे जानकारी लिएको थियो ।

स्थलगत अवलोकनका क्रममा व्यवसायको प्रकृतिअनुसार पशुपालन व्यवस्थापन, पशुको स्वास्थ्य, दाना तथा आहार व्यवस्थापन, रोगको रोकथाम, मौज्दात व्यवस्थापन, ग्राहक सेवा, उत्पादनको गुणस्तर, सरसफाइ, बजार प्रवद्र्धन तथा आर्थिक कारोबारको अभिलेख राख्ने विषयमा छलफल गरिएको थियो ।

अभिमुखीकरण र अवलोकनले कर्मचारीहरूको ज्ञान र संस्थागत मापदण्डसम्बन्धी बुझाइ बढाउनुका साथै परियोजनाको योजना तथा रणनीतिलाई युवा उद्यमीहरूको वास्तविक अनुभव र आवश्यकतासँग जोड्ने अवसर प्रदान गरेको छ । 

यसले परियोजना कार्यान्वयनको गुणस्तर सुधार, संस्थागत जवाफदेहिता, साझेदारी र युवा उद्यमीलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गराउने प्रतिबद्धतालाई थप बलियो बनाएको आयोजकले जनाएको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सो परियोजनाले युवाको क्षमता विकास, उद्यमशीलता प्रवद्र्धन, जीविकोपार्जनका अवसर विस्तार तथा दिगो र समावेशी भविष्य निर्माणका लागि काम गर्दै आएको छ ।

ताजा

सबै

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …