Pairabi logo

असोज १७, २०८३, शनिबार                    

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

डेक्स

डेक्स

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय
ADVERTISEMENT

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीलाई समाधान गर्दै अगाडि बढेको छ ।  श्रमिकका हक, अधिकार, पारिश्रमिक, श्रमसम्बन्धी विवाद तथा श्रम कानुन कार्यान्वयनसँग सम्बन्धित विषयमा उजुरी पर्ने गरेको श्रम कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले जानकारी दिनुभयो । 

उहाँका अनुसार, गत आर्थिक वर्ष २०८२र०८३ मा कार्यालयमा परेका श्रमसम्बन्धी ४० उजुरीमा ३० वटा उजुरी फछ्र्यौट भएका छन् भने बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको छ । श्रमसम्बन्धी विवाद समाधान तथा कानुन कार्यान्वयनका लागि कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेर आवश्यक कारबाही गर्दै आएको छ ।

गत आर्थिक वर्षमा फछ्र्यौट हुन नसकेको हाल श्रम कार्यालय नेपालगञ्जमा २१ मुद्दा दर्ता रहेका छन् । तीमध्ये आधाजसो मुद्दा फछ्र्यौट भइसकेको र बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको कार्यालय प्रमुख रजकले जानकारी दिनुभयो ।

कार्यालयले श्रमसम्बन्धि विवाद समाधानका लागि गत आर्थिक वर्षमा बाँकेसहित आफ्नो कार्यक्षेत्रमा रहेका ३०० भन्दाबढी प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेको छ । विशेषगरी श्रमिकलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइएको छ वा छैन, बालश्रमको अवस्था, श्रम कानुनको पालना तथा श्रमिकका आधारभूत अधिकारको अवस्थाबारे कार्यालयले नियमित अनुगमन गर्दै आएको कार्यालय प्रमुख रजकले बताउनुभयो ।

बाँके।, बर्दिया, दाङ र पूर्वीरुकुम गरी चार जिल्ला कार्यक्षेत्र रहेको श्रम कार्यालय नेपालगञ्जले श्रम कानुन कार्यान्वयन तथा श्रमिकका अधिकार संरक्षणका लागि काम गरिरहेको कार्यालय प्रमुख रजकको भनाइ छ । 

श्रम तथा रोजगार कार्यालय नेपालगञ्जले तोकिएको समयभित्र दर्ता नवीकरण नगर्ने विभिन्न १९ वटा प्रतिष्ठानस्तरका ट्रेड युनियनको दर्ता खारेजी गरेको छ । ट्रेड युनियन ऐन, २०४९ को दफा १७ तथा ट्रेड युनियन नियमावली, २०५० को नियम ९ बमोजिम म्यादभित्र र थप दस्तुरसहित नवीकरण गर्न नआएका १९ वटा प्रतिष्ठानस्तरका ट्रेड युनियनको दर्ता खारेजी भएको श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख रजकले जानकारी दिनुभयो । 

उहाँका अनुसार, शक्ति पोलिप्लेट प्रालि, जानकी गाउँपालिका–४ बाँके, लक्ष्मी प्लास्टिक प्रालि, नेपालगञ्ज, बिन्द्रावासिनी सेक्युरिटी प्रालि नेपालगञ्ज, राजलक्ष्मी ग्यास इण्डष्ट्रिज प्रालि नेपालगञ्ज, मनकामना ग्यास उद्योग नेपालगञ्ज, मनकामना फुटवेयर इण्डष्ट्रिज प्रालि नेपालगञ्ज, ज्ञान फूड प्रोडक्ट्स प्रालि पार्वतीपुर, बाँकेमा रहेका प्रतिष्ठानस्तरका ट्रेड युनियनहरु खारेजीमा परेका छन् । 

यसैगरी नेपाल रिपब्लिक मिडिया प्रालि नेपालगञ्ज, हलवल ग्रुप फाइभ सेक्युरिटी प्रालि कोहलपुर बाँके, केटिप ग्रुप प्रालि कोहलपुर बाँके, विदुषी विजी एण्ड सामाजिक प्रालि कोहलपुर बाँके, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ, घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि घोराही दाङ, तुल्सीपुर यातायात प्रालि दाङ, ह्याप्पी हावर प्रालि नेपालगञ्ज, होटल डायमण्ड प्यालेस प्रालि नेपालगञ्ज, भेरी ग्यास उद्योग प्रालि नेपालगञ्ज र कर्णाली डिष्टिलरी प्रालि खजुरा बाँकेमा रहेका प्रतिष्ठानस्तरका ट्रेड युनियन खारेजीमा परेको श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख रजकले जानकारी दिनुभयो । 
–––

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…