Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

डेक्स

डेक्स

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय
ADVERTISEMENT

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीलाई समाधान गर्दै अगाडि बढेको छ ।  श्रमिकका हक, अधिकार, पारिश्रमिक, श्रमसम्बन्धी विवाद तथा श्रम कानुन कार्यान्वयनसँग सम्बन्धित विषयमा उजुरी पर्ने गरेको श्रम कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले जानकारी दिनुभयो । 

उहाँका अनुसार, गत आर्थिक वर्ष २०८२र०८३ मा कार्यालयमा परेका श्रमसम्बन्धी ४० उजुरीमा ३० वटा उजुरी फछ्र्यौट भएका छन् भने बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको छ । श्रमसम्बन्धी विवाद समाधान तथा कानुन कार्यान्वयनका लागि कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेर आवश्यक कारबाही गर्दै आएको छ ।

गत आर्थिक वर्षमा फछ्र्यौट हुन नसकेको हाल श्रम कार्यालय नेपालगञ्जमा २१ मुद्दा दर्ता रहेका छन् । तीमध्ये आधाजसो मुद्दा फछ्र्यौट भइसकेको र बाँकी उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढिरहेको कार्यालय प्रमुख रजकले जानकारी दिनुभयो ।

कार्यालयले श्रमसम्बन्धि विवाद समाधानका लागि गत आर्थिक वर्षमा बाँकेसहित आफ्नो कार्यक्षेत्रमा रहेका ३०० भन्दाबढी प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेको छ । विशेषगरी श्रमिकलाई कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइएको छ वा छैन, बालश्रमको अवस्था, श्रम कानुनको पालना तथा श्रमिकका आधारभूत अधिकारको अवस्थाबारे कार्यालयले नियमित अनुगमन गर्दै आएको कार्यालय प्रमुख रजकले बताउनुभयो ।

बाँके।, बर्दिया, दाङ र पूर्वीरुकुम गरी चार जिल्ला कार्यक्षेत्र रहेको श्रम कार्यालय नेपालगञ्जले श्रम कानुन कार्यान्वयन तथा श्रमिकका अधिकार संरक्षणका लागि काम गरिरहेको कार्यालय प्रमुख रजकको भनाइ छ । 

श्रम तथा रोजगार कार्यालय नेपालगञ्जले तोकिएको समयभित्र दर्ता नवीकरण नगर्ने विभिन्न १९ वटा प्रतिष्ठानस्तरका ट्रेड युनियनको दर्ता खारेजी गरेको छ । ट्रेड युनियन ऐन, २०४९ को दफा १७ तथा ट्रेड युनियन नियमावली, २०५० को नियम ९ बमोजिम म्यादभित्र र थप दस्तुरसहित नवीकरण गर्न नआएका १९ वटा प्रतिष्ठानस्तरका ट्रेड युनियनको दर्ता खारेजी भएको श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख रजकले जानकारी दिनुभयो । 

उहाँका अनुसार, शक्ति पोलिप्लेट प्रालि, जानकी गाउँपालिका–४ बाँके, लक्ष्मी प्लास्टिक प्रालि, नेपालगञ्ज, बिन्द्रावासिनी सेक्युरिटी प्रालि नेपालगञ्ज, राजलक्ष्मी ग्यास इण्डष्ट्रिज प्रालि नेपालगञ्ज, मनकामना ग्यास उद्योग नेपालगञ्ज, मनकामना फुटवेयर इण्डष्ट्रिज प्रालि नेपालगञ्ज, ज्ञान फूड प्रोडक्ट्स प्रालि पार्वतीपुर, बाँकेमा रहेका प्रतिष्ठानस्तरका ट्रेड युनियनहरु खारेजीमा परेका छन् । 

यसैगरी नेपाल रिपब्लिक मिडिया प्रालि नेपालगञ्ज, हलवल ग्रुप फाइभ सेक्युरिटी प्रालि कोहलपुर बाँके, केटिप ग्रुप प्रालि कोहलपुर बाँके, विदुषी विजी एण्ड सामाजिक प्रालि कोहलपुर बाँके, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ, घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि घोराही दाङ, तुल्सीपुर यातायात प्रालि दाङ, ह्याप्पी हावर प्रालि नेपालगञ्ज, होटल डायमण्ड प्यालेस प्रालि नेपालगञ्ज, भेरी ग्यास उद्योग प्रालि नेपालगञ्ज र कर्णाली डिष्टिलरी प्रालि खजुरा बाँकेमा रहेका प्रतिष्ठानस्तरका ट्रेड युनियन खारेजीमा परेको श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख रजकले जानकारी दिनुभयो । 
–––

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…