Pairabi logo

असोज १५, २०८३, बिहीबार                    

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

डेक्स

डेक्स

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड
ADVERTISEMENT

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका सरोकारवालाले जोड दिएका छन । राजापुर नगरपालिका, राधाकृष्ण थारू जनसेवा केन्द्र, बाँके युनेस्को क्लब  तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य परियोजना, साथै सोनाहा विकास समाज र गुड नेबर्स इन्टरनेशनलको संयुक्त साझेदारीमा बृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो।

राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, बडघर, विकास साझेदार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, गुड नेबर्स इन्टरनेशनलकी संयोजक विष्णुकुमारी बराल तथा सोनाहा विकास समाजकी कार्यक्रम संयोजक रत्न केसीलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, सुरक्षित भविष्य परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेल तथा फिल्ड सुपरभाइजरहरू रेणुका चन्द, दीक्षा बिष्ट, प्रमिशा चौधरी र सञ्जिता रिजाललगायत परियोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण टीकानाथ गोसाईले गर्नुभएको थियो।

अन्तरक्रियाका क्रममा राजापुर नगरपालिकाको विगतदेखि वर्तमानसम्मको शैक्षिक अवस्थाको समीक्षा तथा विश्लेषण गर्दै शैक्षिक सुधारका लागि भएका प्रयास, प्राप्त उपलब्धि, विद्यमान चुनौती तथा आगामी सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत छलफल गरिएको थियो।

विशेषगरी बालबालिकाको सिकाइ उपलब्धिमा अपेक्षित सुधार ल्याउन आवश्यक पहल, विद्यालयको शैक्षिक वातावरण, शिक्षक तथा विद्यालय प्रशासनको प्रभावकारिता, अभिभावकको सहभागिता तथा समुदायको भूमिकालाई थप सुदृढ बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

छलफलका क्रममा बालविवाह, प्रविधिको अस्वस्थ प्रयोग, कुलत तथा दुर्व्यसन, विद्यालय तथा समुदायस्तरमा देखिने विभिन्न चुनौतीहरूले बालबालिकाको शिक्षा, संरक्षण र समग्र विकासमा पार्न सक्ने प्रभावबारे समेत गम्भीर छलफल भएको थियो। यस्ता चुनौतीहरूको न्यूनीकरणका लागि विद्यालयमा बालमैत्री र सुरक्षित सिकाइ वातावरण निर्माण, शिक्षक तथा विद्यालय प्रशासनको जवाफदेहिता अभिवृद्धि, अभिभावकको सक्रिय सहभागिता, समुदायको स्वामित्व तथा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै सामूहिक रूपमा अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा नगर उपप्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा तथा राधाकृष्ण थारू जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले शैक्षिक गुणस्तर सुधारका लागि आफ्ना विचार, अनुभव, राय तथा सुझाव प्रस्तुत गर्नुभएको थियो।

उहाँहरूले राजापुर नगरपालिकाको समग्र शैक्षिक विकासका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय, संघसंस्था तथा विकास साझेदारहरूबीच प्रभावकारी समन्वय, सहकार्य र साझा जवाफदेहिता आवश्यक रहेको उल्लेख गर्दै शैक्षिक सुधारका प्रयासहरूलाई योजनाबद्ध, सहभागितामूलक तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

अन्तरक्रियाका क्रममा सहभागीहरूबाट राजापुर नगरपालिकाको शैक्षिक अवस्था सुधारका लागि विभिन्न व्यावहारिक सुझाव तथा राय संकलन गरिएको थियो। नियमित पठनपाठन, सिकाइ उपलब्धि अभिवृद्धि, विद्यालय व्यवस्थापनको प्रभावकारिता, शिक्षकको उत्तरदायित्व, बालमैत्री शैक्षिक वातावरण निर्माण तथा विद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सहभागीहरूले महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए। संकलित सुझावहरूलाई आगामी दिनमा शैक्षिक सुधारसम्बन्धी योजना निर्माण तथा कार्यान्वयनमा उपयोग गर्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रमले राजापुर नगरपालिकाको शैक्षिक अवस्थाको समीक्षा गर्दै विद्यमान चुनौतीहरूको पहिचान, सुधारका सम्भावित उपायहरूको खोजी तथा आगामी कार्यदिशा निर्माणका लागि सरोकारवालाहरूबीच साझा समझदारी र प्रतिबद्धता विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

साथै, शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्धि सुधारका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय तथा विकास साझेदारहरूबीचको समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई थप सुदृढ बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने वातावरण निर्माण भएको छ।

गुणस्तरीय शिक्षा केवल विद्यालयको मात्र जिम्मेवारी होइनस यो स्थानीय सरकार, शिक्षक, अभिभावक, समुदाय र विकास साझेदार सबैको साझा दायित्व हो। सामूहिक प्रतिबद्धता, निरन्तर सहकार्य र सकारात्मक पहलमार्फत राजापुरका प्रत्येक बालबालिकाले गुणस्तरीय, सुरक्षित, समावेशी र अवसरयुक्त शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्न सकिने विश्वास व्यक्त गरिएको छ।

सुरक्षित भविष्य परियोजना बालबालिका, किशोरकिशोरी तथा युवाहरूको शिक्षा, संरक्षण र समग्र विकासका लागि स्थानीय सरकार तथा विभिन्न सरोकारवालासँगको साझेदारीमा शैक्षिक गुणस्तर सुधार, बालअधिकार प्रवर्द्धन तथा सुरक्षित र समावेशी वातावरण निर्माणका लागि निरन्तर क्रियाशील रहँदै आएको छ।

ताजा

सबै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

यो पनि

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…