Pairabi logo

असोज १४, २०८३, बुधबार                    

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

डेक्स

डेक्स

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल
ADVERTISEMENT

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि उपलब्ध गराइने एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा थप प्रभावकारी, पहुँचयोग्य र जवाफदेही बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत स्थानीय तहमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरण गर्ने उद्देश्यले सरोकारवाला सहभागिता कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा स्थानीय सरकार, स्वास्थ्य, प्रहरी, बाल संरक्षण तथा अन्य सम्बन्धित क्षेत्रका २० जना प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट प्रदान भइरहेका सेवामा देखिएका कमी, सरोकारवाला निकायबीचको समन्वय, पीडित तथा प्रभावित व्यक्तिलाई सेवा प्रदान गर्ने प्रक्रियासहित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

सहभागीहरूले पीडितको आवश्यकता र अवस्थाअनुसार सेवा उपलब्ध गराउने, घटनाको व्यवस्थापन, सम्बन्धित निकायमा सिफारिस तथा सेवा प्राप्त गरेपछिको अवस्थाबारे निरन्तर जानकारी लिने प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सबित्रा गौतमले बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा बाल संरक्षण सुदृढीकरणमा बाल अधिकार समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

उहाँले बाल अधिकार समिति र एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबीच नजिकको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरपालिका, बाल अधिकार समिति, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र बाँके युनेस्को क्लबबीच प्रभावकारी सहकार्य भएमा बाल संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी प्रमुख सपना बाठा मगरले केन्द्रमा दर्ता भएका घटनाको अवस्था, घटनासम्बन्धी व्यवस्थापन प्रक्रिया, केन्द्रसँग सम्बन्धित तथ्याङ्क तथा हाल प्रदान भइरहेको सेवाको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले सेवा प्रवाहमा देखिएका चुनौती तथा आगामी दिनमा थप सुधार गर्नुपर्ने क्षेत्रबारे समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पीडित तथा प्रभावित व्यक्तिले समयमै, गोप्य, सहज र सम्मानजनक ढंगबाट आवश्यक सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । विशेषगरी बालबालिका, किशोरकिशोरी, महिला तथा अन्य जोखिममा रहेका समूहलाई केन्द्रमा राखेर सेवा प्रणालीलाई थप संवेदनशील र प्रभावकारी बनाउनुपर्ने धारणा सहभागीहरूले राखेका थिए ।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन बाँके युनेस्को क्लबकी क्षेत्रीय पर्यवेक्षक नग्मा सिद्दिकीले गर्नुभएको थियो भने राधाकृष्ण थारु जनसेवा केन्द्रकी क्षेत्रीय पर्यवेक्षक रामकली थारुको सहयोग रहेको थियो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्थानीय तहमा थप समन्वय, सहकार्य र सामूहिक प्रतिबद्धताका साथ पीडित तथा जोखिममा रहेका बालबालिकाले आवश्यक सहयोग र सेवा सुरक्षित, सम्मानजनक तथा सहज रूपमा प्राप्त गर्न सक्ने संरक्षण तथा सहयोग प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएका थिए ।

ताजा

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

लोकप्रिय

यो पनि

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…