Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

डेक्स

डेक्स

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल
ADVERTISEMENT

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि उपलब्ध गराइने एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा थप प्रभावकारी, पहुँचयोग्य र जवाफदेही बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत स्थानीय तहमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरण गर्ने उद्देश्यले सरोकारवाला सहभागिता कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा स्थानीय सरकार, स्वास्थ्य, प्रहरी, बाल संरक्षण तथा अन्य सम्बन्धित क्षेत्रका २० जना प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट प्रदान भइरहेका सेवामा देखिएका कमी, सरोकारवाला निकायबीचको समन्वय, पीडित तथा प्रभावित व्यक्तिलाई सेवा प्रदान गर्ने प्रक्रियासहित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

सहभागीहरूले पीडितको आवश्यकता र अवस्थाअनुसार सेवा उपलब्ध गराउने, घटनाको व्यवस्थापन, सम्बन्धित निकायमा सिफारिस तथा सेवा प्राप्त गरेपछिको अवस्थाबारे निरन्तर जानकारी लिने प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको उद्घाटन गर्दै गुलरिया नगरपालिकाकी उपप्रमुख सबित्रा गौतमले बालबालिकामाथि हुने हिंसा न्यूनीकरण तथा बाल संरक्षण सुदृढीकरणमा बाल अधिकार समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

उहाँले बाल अधिकार समिति र एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबीच नजिकको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरपालिका, बाल अधिकार समिति, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र बाँके युनेस्को क्लबबीच प्रभावकारी सहकार्य भएमा बाल संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी प्रमुख सपना बाठा मगरले केन्द्रमा दर्ता भएका घटनाको अवस्था, घटनासम्बन्धी व्यवस्थापन प्रक्रिया, केन्द्रसँग सम्बन्धित तथ्याङ्क तथा हाल प्रदान भइरहेको सेवाको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले सेवा प्रवाहमा देखिएका चुनौती तथा आगामी दिनमा थप सुधार गर्नुपर्ने क्षेत्रबारे समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पीडित तथा प्रभावित व्यक्तिले समयमै, गोप्य, सहज र सम्मानजनक ढंगबाट आवश्यक सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । विशेषगरी बालबालिका, किशोरकिशोरी, महिला तथा अन्य जोखिममा रहेका समूहलाई केन्द्रमा राखेर सेवा प्रणालीलाई थप संवेदनशील र प्रभावकारी बनाउनुपर्ने धारणा सहभागीहरूले राखेका थिए ।

कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन बाँके युनेस्को क्लबकी क्षेत्रीय पर्यवेक्षक नग्मा सिद्दिकीले गर्नुभएको थियो भने राधाकृष्ण थारु जनसेवा केन्द्रकी क्षेत्रीय पर्यवेक्षक रामकली थारुको सहयोग रहेको थियो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले स्थानीय तहमा थप समन्वय, सहकार्य र सामूहिक प्रतिबद्धताका साथ पीडित तथा जोखिममा रहेका बालबालिकाले आवश्यक सहयोग र सेवा सुरक्षित, सम्मानजनक तथा सहज रूपमा प्राप्त गर्न सक्ने संरक्षण तथा सहयोग प्रणाली विकास गर्ने प्रतिबद्धता जनाएका थिए ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…