Pairabi logo

असोज २४, २०८३, शनिबार                    

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

डेक्स

डेक्स

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
४ असोज । गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो समयदेखि नियमित रक्तदान गर्दै आएका पाँच जना रक्त अभियन्ताहरुलाई सम्मान सहित रक्तदान कार्यक्रमको आयोजना गरिएकोछ ।  “जनमत रक्तदान अभियानको ७१ औं श्रृङ्खला”मा शनिवार सम्पन्न उक्त कार्यक्रममा ६३ जनाले रक्तदान गरेका हुन् ।

उक्त त्रैमासिक रक्तदान कार्यक्रमको गोपाल–नीना फाउण्डेशन, नेपालका सहनिर्देशक डा.तृप्ती पाल रमण, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।

“रक्तदान जीवन दान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६९ औं श्रृङ्खला” मा जनमत रक्तदान अभियानमा रक्तदान गर्ने पाँच जना स्वयम्सेवी नियमित रक्तदाताहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार सम्मानित हुने रक्तदाताहरु दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, मेरो खुशी डटकम अनलाइनका सम्पादक शंकर प्रसाद खनाल, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके राप्ती सोनारी उपशाखाका सल्लाहकार लवराज खरेल, महिला रक्तदाता नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके राप्ती सोनारी उपशाखाकी उपाध्यक्ष अमृता केसी र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष ७९ पटक रक्तदान गर्ने प्रेम प्रसाद लम्साललाई फाउण्डेशनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सहनिर्देशक डा.तृप्तीपाल रमण, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकका उपाध्यक्ष मन बहादुर केसीले सम्मान पत्र, शान्तिको प्रतीक भगवान गौतम वुद्धको मूर्ति प्रदान गर्नुभयो ।
कार्यक्रममा रक्तदान गर्नेहरुमा नियमित स्वयम्सेवी रक्तदाताहरुमा अन्नपूर्ण राष्ट्रिय दैनिकका सहसम्पादक शंकर प्रसाद खनाल, दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मन बहादुर केसी, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी उपशाखाका उपाध्यक्ष अमृता केसी, अवधी पत्रकार संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, प्रहरी अस्पताल नेपालगन्जका डा. राहुल कुर्मी, नियमित स्वयम्सेवी रक्तदाता लक्ष्मण प्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवन कुमार प्रसाद वैश्य, विनोद कुमार वैश्य, गौतम प्रसाद पौडेल, होमराज गिरीले रक्तदान गर्नु भएको थियो ।

यसैगरि अन्य रक्तदान गर्नेहरुमा दैनिक नेपालगन्ज अनलाईनकी सुश्री सजल गैरेले पहिलो पटक रक्तदान गर्नुभयो भने नियमित स्वयम्सेवी रक्तदाताहरु एसओएस नेपालगन्जकी सहनिर्देशक मीना तुलाधर, एसओएस नेपालगन्जकी सविना नेपाली, नेपाल रेडक्र सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रहलाद बिश्वकर्मा, प्राविधिक महेश राना क्षेत्री, सुनिल रत्गैया, सन्दिप आचार्य, सञ्जय बढही, आरम्भ वैश्य, वीरेन्द्र पुन, रेशम चौधरी, ओमप्रकाश न्यौपाने लगायत रहेको जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले बताउनु भएको छ ।

उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, कला कृति, सेभेल क्याफे लगायतले समन्वय र सहकार्य गर्दै आएको छ । 

कार्यक्रममा डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप) का परिकल्पनाकार ई. प्रज्वल चुके, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्री, सुर्खेतका नागरिक अगुवा खड्क रेग्मी लगायतको सहभागिता थियो ।

कार्यक्रमलाई सफल पार्न गोपाल–नीना फाउण्डेशनका जनसम्पर्क अधिकृत विजयन्द्र जि.सी., फाउण्डेशनका कार्यालय सहायक दक्षिणा क्षेत्री, एलिना बुढाथोकी, साछी सिंह, महिपत चौधरी, नागेन्द्र शाह, जगदीप चौधरी लगायतले सक्रिय सहयोग गर्नु भएको थियो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रसाद सापकोटा, होमराज गिरी, महेश राना क्षेत्री, मनिषा रेग्मी, रश्मी रेग्मी, दीपा थापा, ओम प्रकाश गोडिया र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।

उल्लेखनीय छ, गोपाल–नीना फाउण्डेसन, नेपालले स्थापना कालदेखि विभिन्न किसिमका शिक्षा, निःशल्क स्वास्थ्य शिविर, पर्यावरण दिवस, बाल चित्रकला प्रतियोगिता तथा विभिन्न मानवीय तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

यो पनि

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…