Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

डेक्स

डेक्स

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल
ADVERTISEMENT

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा विद्यालय व्यवस्थापन समिति तथा प्रमुख विद्यालय सरोकारवालाहरूसँग विभिन्न बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । 

उक्त परियोजना राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन भइरहेको छ । सोही क्रममा बढैयाताल गाउँपालिकामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको संयुक्त बैठक सम्पन्न भयो । 

बैठकमा विद्यालयको समग्र सुधार, बाल संरक्षण, सुरक्षित तथा समावेशी विद्यालय वातावरण निर्माण र विद्यालय व्यवस्थापन समितिको प्रभावकारी भूमिका तथा नेतृत्व सुदृढीकरणका विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी, गुलरिया नगरपालिकामा सुरक्षित भविष्य परियोजनाको कार्यक्षेत्रभित्र रहेका चार विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, प्रधानाध्यापक तथा बाल क्लबका प्रतिनिधिहरूसँग संयुक्त बैठक तथा अन्तरक्रिया गरिएको थियो । 

कार्यक्रममा बाल संरक्षण तथा सुरक्षा, नियमित विद्यालय उपस्थिति, सिकाइको निरन्तरता, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा विद्यालय, परिवार र समुदायबीचको समन्वय सुदृढीकरणका विषयमा छलफल भयो ।

कार्यक्रमले बालबालिकाका लागि सुरक्षित, समावेशी तथा बालमैत्री सिकाइ वातावरण निर्माण गर्न विद्यालय, परिवार, समुदाय तथा अन्य सरोकारवालाबीचको सक्रिय सहकार्य र साझा जिम्मेवारी अपरिहार्य रहेको कुरामा जोड दिएको थियो । 

कार्यक्रमको सहजीकरण सो परियोजनाका संयोजक मनोज पौडेलले गर्नुभएको थियो भने राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम अधिकृत राजेन्द्र चौधरीले सहजीकरणमा सहकार्य गर्नुभएको थियो ।

यी अन्तरक्रियात्मक कार्यक्रमहरूले विद्यालय तथा सरोकारवालाबीचको समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई थप सुदृढ गर्दै बाल संरक्षण, गुणस्तरीय शिक्षा, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा सुरक्षित र उज्ज्वल भविष्य निर्माणका लागि सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउने बिश्वास गरिएको सम्बद्धहरुले जनाएका छन् ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…