Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

डेक्स

डेक्स

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण
ADVERTISEMENT

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा “समुदायमा आधारित बाल संरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण” विषयक  तिनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबद्वारा सञ्चालित प्रशिक्षणमा स्थानीय सरकार, पालिका स्तरीय बाल अधिकार समिति, वडा बाल अधिकार समिति, नेपाल प्रहरी, बाल क्लब, एलुम्नी क्लब, धार्मिक तथा सामुदायिक अगुवा, युवा समूह, आमा समूह, बडघर सञ्जाल र धार्मिक सञ्जाल लगायत विभिन्न समुदायमा आधारित संरचनाका ठाकुरबाबा, मधुबन र बारबर्दिया नगरपालिका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा बाल अधिकार तथा संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान, बालविवाह, हिंसा, दुव्र्यवहार, शोषण, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, अभिलेखीकरण, रिपोर्टिङ, रेफरल तथा फलोअपलगायत विषयमा छलफल गरिएको थियो । गम्भीर बाल संरक्षणका घटनालाई समुदायमै अनौपचारिक रूपमा मिलाउने प्रवृत्तिको अन्त्य गर्दै बालमैत्री, गोपनीय, सुरक्षित र कानुनी प्रक्रियामार्फत प्रभावकारी संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रशिक्षणको सहजीकरण केशव कोइरालाले गर्नुभएको थियो । साथै, सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले परियोजना तथा प्रशिक्षणका उद्देश्य, सहभागीमूलक अभ्यास तथा समुदायमा आधारित बाल संरक्षण संयन्त्रको भूमिका तथा जिम्मेवारी सम्बन्धी सत्र सहजीकरण गर्नुभएको थियो । 

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सकारात्मक सोच, सहकार्य र समन्वय सम्बन्धी सत्र सहजीकरण गर्दै बालविवाह, लागूऔषध दुरुपयोग तथा अन्य हानिकारक अभ्यासविरुद्धको अभियान सफल बनाउन समुदायका सबै पक्षको निरन्तर सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक रामलाल चौधरी र रोशनबहादुर पुन, ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष राजा चौधरी र बार बर्दिया नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष रामफेरन थारुले बालबालिकाको संरक्षणका लागि सर्वपक्षीय साझा अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा प्रष्ट पार्नुभयो ।

समापन समारोहका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बाल संरक्षणका सवालमा स्थानीय सरकार तथा समुदायमा आधारित संयन्त्र अझ सक्रिय र जिम्मेवार बन्नुपर्ने बताउँदै बालबालिकासम्बन्धी कार्यक्रम तथा बजेटलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमबाट सहभागीहरूले बाल संरक्षणका घटनाको पहिचान, रिपोर्टिङ, रेफरल तथा फलोअपलाई प्रभावकारी बनाउँदै बालविवाह, हिंसा, लागूऔषध दुरुपयोग र अन्य हानिकारक अभ्यासविरुद्ध समुदायस्तरमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…