Pairabi logo

असोज १८, २०८३, आइतबार                    

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

डेक्स

डेक्स

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम
ADVERTISEMENT

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, प्रधानाध्यापक तथा फोकल शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरण तथा समावेशी कक्षा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरिएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बर्दियाको राजापुरमा सञ्चालित उक्त तालिममा राजापुर नगरपालिकाका पाँच वटा बिद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक–शिक्षक संघका प्रतिनिधि, प्रधानाध्यापक तथा फोकल शिक्षकहरू गरेर २० जनाको सहभागिता रहेको थियो । 

तालिमको मुख्य उद्देश्य विद्यालयका सरोकारवालाहरूको लैङ्गिक समानता, समावेशिता तथा बाल संरक्षणसम्बन्धी ज्ञान, सीप र समझदारी अभिवृद्धि गर्नुका साथै विद्यालयभित्र हुने लैङ्गिक विभेद तथा असमानतालाई न्यूनीकरण गर्दै सबै बालबालिकाका लागि समान, सुरक्षित र सम्मानजनक सिकाइ वातावरण निर्माण गर्नु रहेको थियो ।

तालिममा सहभागीहरूले विद्यालय तथा कक्षाकोठामा विद्यमान लैङ्गिक मान्यता, सोच, व्यवहार र अभ्यासहरूले बालबालिकाको सहभागिता, सिकाइ तथा अवसरमा पार्न सक्ने प्रभावका बारेमा छलफल गरेका थिए ।

तालिमका क्रममा विद्यालयमा छात्र र छात्रा तथा विभिन्न पृष्ठभूमिका बालबालिकालाई समान अवसर प्रदान गर्ने, विभेदरहित व्यवहार सुनिश्चित गर्ने र प्रत्येक बालबालिकाले सुरक्षित तथा सम्मानजनक वातावरणमा सिक्ने अवसर पाउनुपर्ने विषयमा जोड दिइएको थियो ।

सहभागीहरूले विद्यालय तथा समुदायमा देखिने लैङ्गिक विभेद र असमानतासँग सम्बन्धित विभिन्न वास्तविक तथा काल्पनिक परिस्थितिहरूको विश्लेषण गर्दै समस्या समाधानका सम्भावित उपायहरूमाथि छलफल गरेका थिए ।

तालिमको सहजीकरण मधुवन नगरपालिका, बर्दियाका शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनाल तथा बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर बी।के। ले गर्नुभएको थियो । तालिम सञ्चालन तथा व्यवस्थापनमा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर प्रमिशा थारूले सहयोग गर्नुभएको थियो ।

तालिमको महत्वपूर्ण उपलब्धिका रूपमा सहभागी विद्यालयहरूले आफ्नो विद्यालयको आवश्यकता र अवस्थालाई आधार बनाएर लैङ्गिकमैत्री तथा समावेशी विद्यालय वातावरण निर्माणका लागि कार्ययोजना समेत तयार गरेका छन् । तयार गरिएको कार्ययोजनामा विद्यालयमा छात्र र छात्राको समान तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, लैङ्गिक विभेद र हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने, समावेशी तथा बालमैत्री शिक्षण सिकाइ वातावरण निर्माण गर्ने, गुनासो तथा उजुरी सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने र विद्यालयका सबै सरोकारवालाको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्ने विषयहरू समेटिएका छन् ।

तालिमका सहभागीहरूले आगामी दिनमा तयार गरिएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्दै सबै बालबालिकाका लागि समान अवसर र सुरक्षित सिकाइ वातावरण सुनिश्चित गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

यो पनि

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…