Pairabi logo

असोज १७, २०८३, शनिबार                    

लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट

डेक्स

डेक्स

लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट
ADVERTISEMENT

डुडुवा (बाँके), २५ भदौ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा लगातार तीन वर्षदेखि जिल्ला कै उत्कृष्ट हुदै आएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल ७३.७ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो । 

स्वास्थ्य सेवामा प्रभावकारी कार्य सम्पादन गर्दै आएको डुडुवा लगातार उत्कृष्ट छानिदै गएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार डुडुवाले शुरुकै वर्षदेखि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकताका साथ सेवा प्रदान गर्दै आएपछि ९ वर्षमा दुई पटक दोस्रो र तेस्रो स्थानमा आएर पछि फेरी नियमित रुपमा पहिलो हुदै आएको छ । 

प्रथम भएको डुडुवा गाउँपालिकालाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गर्नुभयो । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘जिल्लस्तरिय बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम’ मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो ।

स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको आधारमा डुडुवाले सबै भन्दा बढी अंक ल्याएर सर्बोत्कृष्ट भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेल जानकारी दिनुभयो । उहाँका अनुसार मूल्यांङ्कनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत विभिन्न २८ वटा सूचक र स्वास्थ्य कार्यालयले गरेको मूल्याङ्कनको आधारमा उत्कृष्ट भएको हो । 

जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ । 

अहिले पालिकाका पाँच वटा स्थानमा निशुल्क प्रयोगशाला, पाँच शैय्या अधारभुत अस्पताल, ज्येष्ठ नागरिकलाई निशुल्क उपचार सेवा, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा थप स्वास्थ्य एकाइको स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले बताउनुभयो । 

यसैगरि ७० प्रतिशत अंकका साथ जानकी गाउँपालिका दोस्रो र ६९.८९ अंक ल्याएर नरैनापुर गाउँपालिका तेस्रो भएको छ । यसैगरि राप्तीसोनारी गाउँपालिका चौथो, खजुरा गाउँपलिका पाँचौ, कोहलपुर नगरपालिका छैठौ, बैजनाथ गाउँपालिका सातौ र नेपालगन्ज उपमहानगरपालिका आठौ स्थानमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

हिजोदेखि शुरु भएको कार्यक्रममा लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र पुन, प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…