Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट

डेक्स

डेक्स

लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट
ADVERTISEMENT

डुडुवा (बाँके), २५ भदौ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा लगातार तीन वर्षदेखि जिल्ला कै उत्कृष्ट हुदै आएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल ७३.७ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो । 

स्वास्थ्य सेवामा प्रभावकारी कार्य सम्पादन गर्दै आएको डुडुवा लगातार उत्कृष्ट छानिदै गएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार डुडुवाले शुरुकै वर्षदेखि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकताका साथ सेवा प्रदान गर्दै आएपछि ९ वर्षमा दुई पटक दोस्रो र तेस्रो स्थानमा आएर पछि फेरी नियमित रुपमा पहिलो हुदै आएको छ । 

प्रथम भएको डुडुवा गाउँपालिकालाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गर्नुभयो । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘जिल्लस्तरिय बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम’ मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो ।


स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको आधारमा डुडुवाले सबै भन्दा बढी अंक ल्याएर सर्बोत्कृष्ट भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेल जानकारी दिनुभयो । उहाँका अनुसार मूल्यांङ्कनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत विभिन्न २८ वटा सूचक र स्वास्थ्य कार्यालयले गरेको मूल्याङ्कनको आधारमा उत्कृष्ट भएको हो । 

जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ । 

अहिले पालिकाका पाँच वटा स्थानमा निशुल्क प्रयोगशाला, पाँच शैय्या अधारभुत अस्पताल, ज्येष्ठ नागरिकलाई निशुल्क उपचार सेवा, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा थप स्वास्थ्य एकाइको स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले बताउनुभयो । 

यसैगरि ७० प्रतिशत अंकका साथ जानकी गाउँपालिका दोस्रो र ६९.८९ अंक ल्याएर नरैनापुर गाउँपालिका तेस्रो भएको छ । यसैगरि राप्तीसोनारी गाउँपालिका चौथो, खजुरा गाउँपलिका पाँचौ, कोहलपुर नगरपालिका छैठौ, बैजनाथ गाउँपालिका सातौ र नेपालगन्ज उपमहानगरपालिका आठौ स्थानमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

हिजोदेखि शुरु भएको कार्यक्रममा लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र पुन, प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायतको सहभागिता रहेको थियो । 


 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…