Pairabi logo

असोज १४, २०८३, बुधबार                    

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

डेक्स

डेक्स

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण
ADVERTISEMENT

नेपालगञ्ज भदौ २५ ।  नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको अनुगमन टोलीले कटेजको  किचेनको स्थलगत अनुगमन गरेर कटेजको खानालाई क वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।

बिगत २५ बर्ष देखि संचालन हुदै आएको सिद्धार्थ कटेज नेपालगन्ज सिद्धार्थ गु्रपकै पहिलो कटेज हो ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान रामहरी लामिछाने सहित ३ सदस्यीय खाद्य प्राविधिक टोलीले सिद्धार्थ कटेजमा खाना तयार पार्दा अपनाएका स्वच्छताका मापडन्डहरुको अनुगमन गरेर कटेजको खानालाई खाद्य स्वच्छतामा अतिउत्तम स्तर निर्धारण गरेको हो ।

करिब १० करोड लगानी रहेको सिद्धार्थ कटेज ३० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । कटेजमा  ३ सय जनालाई एक साथ खाना र खाजा खुवाउन सक्ने क्षमताको रेष्टुरेन्ट रहेको छ । त्यसै गरी पार्टी तथा बिशेष समारोहका अबसरमा एक सािथ ५ हजार जनालाई आथित्यता सेवा प्रदान गर्ने क्षमता रहेको छ । कटेजमा १ हजार क्षमताको एउटा, ३ सय क्षमताको ३ वटा हल रहेको छ । त्यसैगरी साना ठुला गरी ८ वटा रेष्टुरेन्ट हलहरु रहेका छन । 

कटेजले गत वर्ष करिब १ लाख ५० हजार गेष्टलाई आथित्यता लगायत सेवाहरु उपलब्ध गराएको थियो । नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खाद्य स्वच्छताका आधारमा होटेल, रेष्टुरेन्ट स्तरिकण गर्नका लागि २०७४ मा जारी भएको निर्देशिका अनुसार अनुगमन टोलीले भदौको तेस्रो साता होटेलको अनुगमन गरेको थियो । 

खाद्य स्वच्छतामा स्तरिकणका लागि किचेनको सरसफाई र फोहर व्यस्थापन, किचेनमा खाद्य सामाग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको, खाद्य सामाग्रीहरु ताजा र विषादी रहित भए नभएको खानाका परिकारहरु तयार भए पछि ती खानाहरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको, फ्रिज चिलेरहरुको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सुचकहरु राखिएको छ ।

अनुगमन टोलीले तिनै सुचांक अनुसार भए नभएको हेरेर होटेल तथा रेष्टुरेन्टहरुलाई सामान्य सन्तोषजनक, उत्तम र अति उत्तम गरेर चार तहमा बर्गिकरण गर्दै आएको छ । सिद्धार्थ कटेज ९० अंकसहित  तीन तारा (क) सहित अति उत्तम स्तरिकरणको बर्गिकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत एब सुचना अधिकारी रामहरी लामिछानेले बताउनुभयो ।

तीन तारा (क) सहित अति उत्तम स्तरिकरणको बर्गिकरणमा  पर्ने सिद्धार्थ कटेज  नेपालगन्जको पहिलो रेष्टुरेन्ट भएको कटेजका प्रबन्धक सिताराम पोखरेलले बताउनुभयो । सिद्धार्थ गु्रपले देशैभर रहेका ३३ वटा आउटलेटको किचेनको स्वच्छतालाई उच्च प्राथमिकता दिएर पूर्वाधार निर्माण गर्ने देखि किचेनमा काम गर्ने हेल्पर तथा सेफहरुलाई फ्ड सेफ्टी म्यानेजमेन्टको बिभिन्न चरणको तालिमहरु सञ्चालन गर्दै आएको छ ।

सिद्धार्थ गु्रपको नेपालगञ्जमै सिद्धार्थ कटेज, सुर्खेतमा चार तारे स्तरको सिद्धार्थ शनि रिसोर्ट, भैरहवामा पाँच तारे सिद्धार्थ भिलासा, चितवनको चुम्लिङटारमा सिद्धार्थ रिभर साइट रिर्सोट लगायत धनगढी, बुटबल, काठमाण्डौ उपत्यका लगायत विभिन्न सहरमा रिसोर्ट, कटेज, आउटलेट सञ्चालनमा छन् ।

ताजा

सबै

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…