Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

डेक्स

डेक्स

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण
ADVERTISEMENT

नेपालगञ्ज भदौ २५ ।  नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको अनुगमन टोलीले कटेजको  किचेनको स्थलगत अनुगमन गरेर कटेजको खानालाई क वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।

बिगत २५ बर्ष देखि संचालन हुदै आएको सिद्धार्थ कटेज नेपालगन्ज सिद्धार्थ गु्रपकै पहिलो कटेज हो ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान रामहरी लामिछाने सहित ३ सदस्यीय खाद्य प्राविधिक टोलीले सिद्धार्थ कटेजमा खाना तयार पार्दा अपनाएका स्वच्छताका मापडन्डहरुको अनुगमन गरेर कटेजको खानालाई खाद्य स्वच्छतामा अतिउत्तम स्तर निर्धारण गरेको हो ।

करिब १० करोड लगानी रहेको सिद्धार्थ कटेज ३० कठ्ठा क्षेत्रफलमा फैलिएको छ । कटेजमा  ३ सय जनालाई एक साथ खाना र खाजा खुवाउन सक्ने क्षमताको रेष्टुरेन्ट रहेको छ । त्यसै गरी पार्टी तथा बिशेष समारोहका अबसरमा एक सािथ ५ हजार जनालाई आथित्यता सेवा प्रदान गर्ने क्षमता रहेको छ । कटेजमा १ हजार क्षमताको एउटा, ३ सय क्षमताको ३ वटा हल रहेको छ । त्यसैगरी साना ठुला गरी ८ वटा रेष्टुरेन्ट हलहरु रहेका छन । 

कटेजले गत वर्ष करिब १ लाख ५० हजार गेष्टलाई आथित्यता लगायत सेवाहरु उपलब्ध गराएको थियो । नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको खाद्य स्वच्छताका आधारमा होटेल, रेष्टुरेन्ट स्तरिकण गर्नका लागि २०७४ मा जारी भएको निर्देशिका अनुसार अनुगमन टोलीले भदौको तेस्रो साता होटेलको अनुगमन गरेको थियो । 

खाद्य स्वच्छतामा स्तरिकणका लागि किचेनको सरसफाई र फोहर व्यस्थापन, किचेनमा खाद्य सामाग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको, खाद्य सामाग्रीहरु ताजा र विषादी रहित भए नभएको खानाका परिकारहरु तयार भए पछि ती खानाहरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको, फ्रिज चिलेरहरुको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सुचकहरु राखिएको छ ।

अनुगमन टोलीले तिनै सुचांक अनुसार भए नभएको हेरेर होटेल तथा रेष्टुरेन्टहरुलाई सामान्य सन्तोषजनक, उत्तम र अति उत्तम गरेर चार तहमा बर्गिकरण गर्दै आएको छ । सिद्धार्थ कटेज ९० अंकसहित  तीन तारा (क) सहित अति उत्तम स्तरिकरणको बर्गिकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत एब सुचना अधिकारी रामहरी लामिछानेले बताउनुभयो ।

तीन तारा (क) सहित अति उत्तम स्तरिकरणको बर्गिकरणमा  पर्ने सिद्धार्थ कटेज  नेपालगन्जको पहिलो रेष्टुरेन्ट भएको कटेजका प्रबन्धक सिताराम पोखरेलले बताउनुभयो । सिद्धार्थ गु्रपले देशैभर रहेका ३३ वटा आउटलेटको किचेनको स्वच्छतालाई उच्च प्राथमिकता दिएर पूर्वाधार निर्माण गर्ने देखि किचेनमा काम गर्ने हेल्पर तथा सेफहरुलाई फ्ड सेफ्टी म्यानेजमेन्टको बिभिन्न चरणको तालिमहरु सञ्चालन गर्दै आएको छ ।

सिद्धार्थ गु्रपको नेपालगञ्जमै सिद्धार्थ कटेज, सुर्खेतमा चार तारे स्तरको सिद्धार्थ शनि रिसोर्ट, भैरहवामा पाँच तारे सिद्धार्थ भिलासा, चितवनको चुम्लिङटारमा सिद्धार्थ रिभर साइट रिर्सोट लगायत धनगढी, बुटबल, काठमाण्डौ उपत्यका लगायत विभिन्न सहरमा रिसोर्ट, कटेज, आउटलेट सञ्चालनमा छन् ।

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…