Pairabi logo

असोज १२, २०८३, सोमबार                    

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

डेक्स

डेक्स

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न
ADVERTISEMENT

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रारम्भिक तहका शिक्षकहरूका लागि आयोजित एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सकिएको छ । प्लान इन्टर नेशनलको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित गेरुवा गाउँपालिकाको सहकार्यमा सुरक्षित भविष्य परियोजनाको सहकार्यमा सम्पन्न भएको हो। 

तालिममा गेरुवा गाउँपालिकाका सबै सामुदायिक विद्यालयबाट प्रारम्भिक तहमा अध्यापनरत २६ जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य प्रारम्भिक तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको अवधारणा, बालकेन्द्रित तथा सहभागितामूलक शिक्षण विधि, विषयवस्तुलाई बालबालिकाको दैनिक जीवनसँग जोडेर सिकाउने तरिका तथा कक्षाकोठामा एकीकृत पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा आवश्यक ज्ञान, सीप र व्यावहारिक क्षमता प्रदान गर्नु रहेको थियो।

तालिमको सहजीकरण नन्दकला खत्रीले गर्नुभएको थियो। प्रशिक्षणका क्रममा शिक्षकहरूलाई सैद्धान्तिक ज्ञानका साथै समूहगत छलफल, अभ्यास, प्रस्तुतीकरण तथा कक्षा कोठामा प्रयोग गर्न सकिने विभिन्न व्यावहारिक विधिहरूमार्फत एकीकृत पाठ्यक्रम कार्यान्वयनका विषयमा सहजीकरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रबेजअली सिद्दिकीले जानकारी दिनुभयो । 

कार्यक्रममा गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज अधिकारी, राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठ, सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक मनोज पौडेल तथा शिक्षा प्राविधिक अधिकृत सीमा ओलीको सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा इकाइ प्रमुख नवराज अधिकारीले प्रारम्भिक तहका बालबालिकाको सिकाइलाई प्रभावकारी, व्यवहारिक र बालमैत्री बनाउन एकीकृत पाठ्यक्रमको सही कार्यान्वयन अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई शिक्षकहरूले नियमित कक्षाकोठाको अभ्यासमा रूपान्तरण गर्न सकेमा बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको निरन्तर क्षमता विकास आवश्यक रहेको बताउँदै स्थानीय सरकार, विद्यालय र विकास साझेदारबीचको सहकार्यले शिक्षा क्षेत्रमा प्रभावकारी तथा दिगो परिणाम ल्याउन सक्ने धारणा व्यक्त गर्नुभयो।

सुरक्षित भविष्य परियोजनाका संयोजक मनोज पौडेलले प्रारम्भिक तह बालबालिकाको सिकाइको आधार निर्माण हुने महत्वपूर्ण चरण भएकाले यस तहमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धिलाई परियोजनाले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो। उहाँले स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालन हुने यस्ता क्षमता विकासका कार्यक्रमले शिक्षकहरूको दक्षता अभिवृद्धि गर्नुका साथै अन्ततः बालबालिकाको सिकाइ अनुभव र शैक्षिक उपलब्धिमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

शिक्षा प्राविधिक अधिकृत सीमा ओलीले एकीकृत पाठ्यक्रमलाई केवल पाठ्यक्रमको नयाँ अवधारणाका रूपमा मात्र नहेरी त्यसलाई कक्षाकोठाको दैनिक शिक्षण अभ्याससँग जोडेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले तालिममा शिक्षकहरूको सक्रिय सहभागिता, सिकाइप्रतिको उत्साह र व्यावहारिक अभ्यासले तालिमलाई अझ प्रभावकारी बनाएको बताउनुभयो।

तालिममा सहभागी शिक्षकहरूले एकीकृत पाठ्यक्रमको अवधारणा तथा त्यसलाई कक्षाकोठामा प्रयोग गर्ने व्यावहारिक विधिबारे थप स्पष्टता प्राप्त भएको प्रतिक्रिया दिएका थिए। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो विद्यालयमा प्रयोग गर्दै बालबालिकालाई थप सहभागितामूलक, व्यवहारिक, सिर्जनात्मक र आनन्ददायी सिकाइ वातावरण प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुरक्षित भविष्य परियोजना बर्दिया जिल्लामा राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा कार्यान्वयन हुँदै आएको छ। परियोजनाले बालबालिका, किशोर–किशोरी तथा युवाहरूका लागि सुरक्षित भविष्य निर्माणका साथै शिक्षा लगायतका क्षेत्रमा स्थानीय सरकार तथा अन्य सरोकारवालासँगको सहकार्यमा विभिन्न क्षमता विकास तथा प्रणाली सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तीनदिने तालिमको समापनसँगै गेरुवा गाउँपालिकाका प्रारम्भिक तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमलाई प्रभावकारी रूपमा कक्षाकोठामा कार्यान्वयन गर्न थप ज्ञान, सीप र आत्मविश्वास प्राप्त भएको अपेक्षा गरिएको छ।

ताजा

सबै

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

लोकप्रिय

सबै

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

यो पनि

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…