Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण

डेक्स

डेक्स

बर्दिया गेरुवाका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण
ADVERTISEMENT

बर्दिया, १९ भदौ । बर्दियाको गेरुवा गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनाको कार्यान्वयन र प्रभावकारी सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गेरुवा गाउँपालिका र बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय नेतृत्वको ज्ञान, बुझाइ तथा क्षमता अभिवृद्धि गरी सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याउने, सिकाइस्तर कमजोर भएका विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने, शिक्षण तथा सिकाइको गुणस्तर सुधार गर्ने तथा बालबालिकाको नियमित विद्यालय उपस्थिति र विद्यालयमा निरन्तरता सुनिश्चित गर्ने रहेको थियो ।

कार्यक्रमको सहजीकरण गेरुवा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद इकाइका प्रमुख नवराज अधिकारीले गर्नुभएको थियो । उहाँले सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनाको प्रभावकारी कार्यान्वयनका लागि उचित योजना निर्माण, विद्यालयस्तरमा बलियो स्वामित्व, नियमित अनुगमन तथा प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।

प्रत्येक बालबालिकाले आफूलाई आवश्यक पर्ने सिकाइ सहयोग प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न विद्यालय नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक मनोज पौडेलले सिकाइ पुनःस्थापना तथा तीव्र सिकाइ योजनाको प्रभावकारी कार्यान्वयनले बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

उहाँले सिकाइमा कठिनाइ भोगिरहेका बालबालिकाको समयमै पहिचान गरी उनीहरूलाई आवश्यकताअनुसार लक्षित सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । कुनै पनि बालबालिका सिकाइको अवसरबाट पछाडि नपरोस् भन्नका लागि गुणस्तरीय शिक्षा, प्रभावकारी विद्यालय नेतृत्व र सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उहाँले बताउनुभयो ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजना बर्दिया जिल्लाका सातवटा स्थानीय तहमा राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा सञ्चालन भइरहेको छ ।

गेरुवा गाउँपालिकामा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रमले स्थानीय तह, विद्यालय, शिक्षक, समुदाय तथा विकास साझेदारबीचको सहकार्यलाई थप मजबुत बनाउँदै बालबालिकाका लागि सुरक्षित, समावेशी तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने प्रयासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…