Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दियाको बारबर्दियामा तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन

डेक्स

डेक्स

बर्दियाको बारबर्दियामा तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन
ADVERTISEMENT

बर्दिया, १३ भदौ। गुणस्तरीय शिक्षाको आधार सुदृढ गर्ने उद्देश्यले सुरक्षित भविष्य परियोजनाको सहकार्यमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले नगरपालिकाभित्र कार्यरत करिब ५०० शिक्षकलाई समेट्दै तहगत तथा विषयगत शिक्षक सञ्जाल गठन गरेको छ ।

शिक्षकहरूबीच ज्ञान, सीप, अनुभव तथा असल अभ्यासको आदान प्रदानलाई संस्थागत गर्दै सहकर्मीबाट सिक्ने संस्कृति विकास, शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले यो महत्वपूर्ण पहल अघि बढाइएको हो ।
बर्दियामा सुरक्षित भविष्य परियोजना राधाकृष्ण थारु जनसेवा केन्द्र र बाँके युनेस्को क्लबको संयुक्त पहलमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा कार्यान्वयन भइरहेको छ ।

नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूलाई उनीहरूले अध्यापन गर्ने तह तथा विषयका आधारमा समूहबद्ध गरी साझा पेशागत सिकाइ तथा विज्ञ मञ्चका रूपमा शिक्षक सञ्जाल गठन गरिएको हो । 

यस सञ्जालमार्फत शिक्षकहरूले नियमित रूपमा आफ्ना अनुभव, सिकाइ, नवीनतम अभ्यास तथा शिक्षणका क्रममा देखिएका चुनौतीहरू साझा गर्दै सामूहिक रूपमा समाधान खोज्ने अवसर प्राप्त गर्नेछन् ।

कार्यक्रम नगरपालिकाका चारवटा क्षेत्रमा एकैसाथ समानान्तर रूपमा सञ्चालन गरिएको थियो, जहाँ प्रत्येक क्षेत्रमा १०० भन्दा बढी शिक्षकको सहभागिता रहेको थियो । नवगठित सञ्जाललाई आगामी दिनमा नियमित बैठक, सहकर्मी सिकाइ, विषयगत छलफल, विद्यालय तथा कक्षा अनुगमन, अनुभव आदानप्रदान र पेशागत सहयोगका लागि निरन्तर परिचालन गर्ने योजना रहेको छ ।

शिक्षकहरूबीचको सहकार्य र पेशागत सिकाइलाई सुदृढ गर्दै प्रभावकारी शिक्षण विधि तथा नवीनतम अभ्यासहरूको आदानप्रदानमार्फत विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि र गुणस्तरीय शिक्षामा योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै, आवश्यकता अनुसार सो सञ्जालमा आबद्ध शिक्षकहरूलाई स्रोत तथा विज्ञ शिक्षकका रूपमा परिचालन गरी प्रभावकारी अभ्यासहरूलाई विद्यालयस्तरसम्म विस्तार गर्ने लक्ष्य लिइएको छ ।

यो पहल केवल शिक्षकहरूको समूह निर्माणमा सीमित नभई एक–अर्काबाट सिक्ने, असल अभ्यास साझा गर्ने र शिक्षाको गुणस्तर सुधारमा सामूहिक नेतृत्व गर्ने सशक्त पेशागत सिकाइ समुदाय निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम हो ।

स्थानीय सरकार, विद्यालय, शिक्षक, विकास साझेदार तथा समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढाइएको यस पहलले बारबर्दियाको शिक्षा क्षेत्रमा दीर्घकालीन, सकारात्मक र दिगो परिवर्तनका लागि महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…