Pairabi logo

असोज १७, २०८३, शनिबार                    

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डेक्स

डेक्स

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी
ADVERTISEMENT

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पादन गरिएका एकीकृत स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज शुक्रबार सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट वर्षभरि सञ्चालन गरिएका स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको प्रगति, उपलब्धि, समस्या, चुनौती र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको हो । 

कार्यक्रममा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा प्रदान गरेका स्वास्थ्य सेवाको अवस्था, सेवा प्रवाहको गुणस्तर, लक्षित स्वास्थ्य कार्यक्रमको प्रगति, स्वास्थ्य सूचकहरूको अवस्था तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र सुधार गर्नुपर्ने पक्षबारे समीक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । 

समीक्षाका क्रममा मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा खोप, परिवार नियोजन, पोषण, क्षयरोग, नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, महिला स्वास्थ्य, किशोर किशोरी स्वास्थ्य, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धन लगायतका कार्यक्रमको प्रगतिको अवस्था प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा पालिकाका ६ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो संस्थाबाट वर्षभरि सम्पादन भएका गतिविधि, सेवा लिने सेवाग्राहीको अवस्था, प्राप्त उपलब्धि तथा कार्यक्रम सञ्चालनका क्रममा देखिएका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।

साथै स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार, अभिलेख तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउने र लक्षित वर्गसम्म स्वास्थ्य सेवा प्रभावकारी रूपमा पु¥याउने विषयमा विशेष रणनीति बनाइएको शाखा प्रमुख चौधरीले बताउनुभयो । 

समीक्षा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले डुडुवाले स्वास्थ्य क्षेत्रमा विशेष रणनीतिक रुपमा कार्य गर्दै आएको भन्दै पालिकाका कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने किसिमको प्रभावकारी सेवा प्रवाह गर्दै आएको बताउनुभयो । 

उहाँले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले स्थानीय सरकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा वर्षभरी राम्रो सेवा प्रवाह गरेको आधारमा भएको कार्यसम्पादनमा होलिया स्वास्थ्य चौकी प्रथम, बनकट्टी स्वास्थ्य चौकी दोस्रो, बेतहनी स्वास्थ्य चौकी तेस्रो भएको छ । विभिन्न स्वास्थ्य सूचकमा देखिएको प्रगतिको आधारमा स्वास्थ्य चौकीलाई उत्कृष्टको रुपमा घोषणा गरी सम्मान गरिएको स्वास्थ्य शाखाका विरेन्द्र घलेले जानकारी दिनुभयो । 

पालिकाले लिएको लक्ष्यअनुसार ९० प्रतिशत कभरेज प्राय सबै कार्यक्रममा हासिल गरेको छ । त्यसैगरी स्वास्थ्य शाखाले विगत वर्षका उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा गरी आगामी आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन समीक्षा कार्यक्रम महत्वपूर्ण रहेको जनाएको थियो। स्वास्थ्य संस्थाहरूबीच समन्वय, नियमित अनुगमन, तथ्यमा आधारित योजना निर्माण गरेको छ । 

समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि विभिन्न सुझावसमेत प्रस्तुत गरिएको थियो। स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा उपकरणको उपलब्धता, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, नियमित स्वास्थ्य शिक्षा तथा जनचेतना कार्यक्रम, अभिलेख व्यवस्थापन र सेवाको नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले सुझाव दिएका थिए।

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…