Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी

डेक्स

डेक्स

डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसारको उपलब्धी
ADVERTISEMENT

डुडुवा (बाँके) २९ साउन । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पादन गरिएका एकीकृत स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज शुक्रबार सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट वर्षभरि सञ्चालन गरिएका स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको प्रगति, उपलब्धि, समस्या, चुनौती र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको हो । 

कार्यक्रममा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा प्रदान गरेका स्वास्थ्य सेवाको अवस्था, सेवा प्रवाहको गुणस्तर, लक्षित स्वास्थ्य कार्यक्रमको प्रगति, स्वास्थ्य सूचकहरूको अवस्था तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र सुधार गर्नुपर्ने पक्षबारे समीक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । 

समीक्षाका क्रममा मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा खोप, परिवार नियोजन, पोषण, क्षयरोग, नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, महिला स्वास्थ्य, किशोर किशोरी स्वास्थ्य, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धन लगायतका कार्यक्रमको प्रगतिको अवस्था प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा पालिकाका ६ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो संस्थाबाट वर्षभरि सम्पादन भएका गतिविधि, सेवा लिने सेवाग्राहीको अवस्था, प्राप्त उपलब्धि तथा कार्यक्रम सञ्चालनका क्रममा देखिएका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।

साथै स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार, अभिलेख तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउने र लक्षित वर्गसम्म स्वास्थ्य सेवा प्रभावकारी रूपमा पु¥याउने विषयमा विशेष रणनीति बनाइएको शाखा प्रमुख चौधरीले बताउनुभयो । 

समीक्षा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले डुडुवाले स्वास्थ्य क्षेत्रमा विशेष रणनीतिक रुपमा कार्य गर्दै आएको भन्दै पालिकाका कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने किसिमको प्रभावकारी सेवा प्रवाह गर्दै आएको बताउनुभयो । 

उहाँले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएकाले स्थानीय सरकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा वर्षभरी राम्रो सेवा प्रवाह गरेको आधारमा भएको कार्यसम्पादनमा होलिया स्वास्थ्य चौकी प्रथम, बनकट्टी स्वास्थ्य चौकी दोस्रो, बेतहनी स्वास्थ्य चौकी तेस्रो भएको छ । विभिन्न स्वास्थ्य सूचकमा देखिएको प्रगतिको आधारमा स्वास्थ्य चौकीलाई उत्कृष्टको रुपमा घोषणा गरी सम्मान गरिएको स्वास्थ्य शाखाका विरेन्द्र घलेले जानकारी दिनुभयो । 

पालिकाले लिएको लक्ष्यअनुसार ९० प्रतिशत कभरेज प्राय सबै कार्यक्रममा हासिल गरेको छ । त्यसैगरी स्वास्थ्य शाखाले विगत वर्षका उपलब्धि र कमजोरीको वस्तुनिष्ठ समीक्षा गरी आगामी आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन समीक्षा कार्यक्रम महत्वपूर्ण रहेको जनाएको थियो। स्वास्थ्य संस्थाहरूबीच समन्वय, नियमित अनुगमन, तथ्यमा आधारित योजना निर्माण गरेको छ । 

समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि विभिन्न सुझावसमेत प्रस्तुत गरिएको थियो। स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा उपकरणको उपलब्धता, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, नियमित स्वास्थ्य शिक्षा तथा जनचेतना कार्यक्रम, अभिलेख व्यवस्थापन र सेवाको नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले सुझाव दिएका थिए।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…