Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण

डेक्स

डेक्स

बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण
ADVERTISEMENT

बर्दिया, साउन २४ । बर्दियाको बारबर्दिया नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूकालागि प्रारम्भिक पहिचान तथा विविध शैक्षिक आवश्यकता सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको कन्सोर्टियममार्फत कार्यान्वयन भइरहेको सेफ फ्युचर परियोजना अन्तर्गत सो अभिमुखिकरण सम्पन्न भएको हो ।  

बारबर्दिया नगरपालिकाका सबै सामुदायिक विद्यालयलाई समेट्दै ३८ जना प्रधानाध्यापकहरु सहभागी भएको सो कार्यक्रममा प्रारम्भिक पहिचान, बालबालिकाको सिकाइ तथा विकाससम्बन्धी आवश्यकता समयमै पहिचान गर्ने र विद्यालयस्तरमा आवश्यक सहयोग तथा सहजीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका शतप्रतिशत सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको बाँके युनेस्को क्लबले जनाएको छ । क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीका अनुसार सो अभिमुखीकरणको मुख्य उद्देश्य विद्यालय नेतृत्वको प्रारम्भिक पहिचानसम्बन्धी ज्ञान, बुझाइ र क्षमता अभिवृद्धि गर्नुका साथै बालबालिकाका विविध सिकाइ आवश्यकताहरू पहिचान गर्ने, सिकाइमा हुन सक्ने अवरोधहरूलाई प्रारम्भिक चरणमै पहिचान गर्ने तथा विद्यालयमा समावेशी, बालकेन्द्रित, सुरक्षित र बालमैत्री शैक्षिक अभ्यास प्रवद्र्धन गर्नु रहेको थियो ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका शिक्षा प्रमुख कृष्णकुमार थारु तथा प्लान इन्टरनेशनल नेपालकी शिक्षा प्राविधिक सल्लाहकार शान्ति थापाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले गर्नुभएको थियो ।

सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिताले कार्यक्रमलाई बालबालिकाको आवश्यकता समयमै पहिचान, शैक्षिक सहयोगको प्रभावकारी व्यवस्था तथा समावेशी शिक्षाको प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो । 

उक्त अभिमुखीकरण कार्यक्रमले शिक्षक तथा विद्यालय नेतृत्वलाई बालबालिकाको सिकाइ र विकाससम्बन्धी आवश्यकता प्रारम्भिक चरणमै पहिचान गरी उपयुक्त सहयोग प्रदान गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ । 

बालबालिकाको आवश्यकता समयमै पहिचान र सम्बोधन गर्न सक्ने विद्यालय निर्माण गर्दै हरेक बालबालिकालाई पहिचान, सम्मान, आवश्यक सहयोग र आफ्नो पूर्ण क्षमता हासिल गर्ने अवसर सुनिश्चित गर्ने दिशामा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास कार्यक्रमका सहभागिहरुले व्यक्त गर्नु भएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…