Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार

डेक्स

डेक्स

बर्दियाका बिद्यालयहरुद्धारा समावेशी र हिंसामुक्त वातावरण प्रवद्र्धन कार्ययोजना तयार
ADVERTISEMENT

बर्दिया, मधुवन । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा शाखाको समन्वयमा “लैङ्गिक रूपान्तरणमुखी समावेशी कक्षा व्यवस्थापन, बाल संरक्षण तथा गुनासो सुनुवाइ संयन्त्र“ सम्बन्धी दुईदिने तालिम सम्पन्न गरेको छ ।

विद्यालयलाई सुरक्षित, समावेशी, लैङ्गिक उत्तरदायी तथा बालमैत्री सिकाइ केन्द्रका रूपमा विकास गर्दै प्रत्येक बालबालिकाले सम्मानका साथ सिक्न, सहभागिता जनाउन र आफ्नो क्षमता विकास गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सो तालिम सञ्चालन गरिएको हो ।

तालिममा मधुवन नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, जेसी फोकल शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक–शिक्षक संघका अध्यक्ष गरी २० जनाको सहभागिता रहेको थियो । 

सहभागीहरूले अन्तरक्रियात्मक छलफल, अनुभव आदानप्रदान तथा समूहगत अभ्यासमार्फत विद्यालयमा रहेका चुनौतीहरूको समीक्षा गर्दै समावेशी र समानतामूलक शिक्षालाई प्रवद्र्धन गर्ने व्यावहारिक उपायहरू पहिचान गरेको बाँके युनेस्को क्लबले जनाएको छ । 

तालिमका क्रममा समावेशी कक्षा व्यवस्थापन, बाल संरक्षण तथा सुरक्षा, सकारात्मक अनुशासन, प्रभावकारी गुनासो सुनुवाइ तथा सन्दर्भ प्रणाली लगायतका विषयमा विस्तृत सहजीकरण गरिएको थियो । साथै विद्यालय, अभिभावक, स्थानीय सरकार तथा समुदायको साझा जिम्मेवारीमार्फत बालबालिकाका लागि सुरक्षित र सहयोगी सिकाइ वातावरण निर्माण गर्ने विषयमा विशेष जोड दिइएको थियो ।

तालिमको सहजीकरण मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल र बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीकेले गर्नुभएको थियो भने बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर सबित्रा भाटले प्राविधिक सहयोग प्रदान गर्नुभएको थियो । 

तालिममा समूह छलफल, केस अध्ययन, भूमिका निर्वाह, अनुभव आदानप्रदान, समस्या समाधान अभ्यास तथा अन्य सहभागितामूलक सिकाइ विधिहरू अपनाइएको थियो ।

तालिमको उपलब्धिस्वरूप सहभागीहरूले विद्यालयस्तरमा लैङ्गिक उत्तरदायी शिक्षण अभ्यासलाई सुदृढ गर्ने, बाल संरक्षण तथा सुरक्षा उपायलाई संस्थागत गर्ने, गुनासो सुनुवाइ तथा सन्दर्भ प्रणालीलाई प्रभावकारी बनाउने तथा सम्मानजनक, समावेशी र हिंसामुक्त विद्यालय वातावरण प्रवद्र्धन गर्ने कार्ययोजना तयार गरेको जनाईएको छ । 

सहभागीहरूले विद्यालय, परिवार, स्थानीय सरकार तथा समुदायबीच प्रभावकारी सहकार्य गर्दै प्रत्येक बालबालिकालाई सुरक्षित, समावेशी, समानतामूलक र सहयोगी सिकाइ वातावरण सुनिश्चित गर्न आफूहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सो अवसरमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल, स्थानीय सरकार, विद्यालय तथा समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै गुणस्तरीय, समावेशी तथा बालकेन्द्रित शिक्षाको प्रवद्र्धनमार्फत बालबालिका तथा किशोरकिशोरीको समग्र विकास र सशक्तीकरणमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…