Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

डेक्स

डेक्स

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै
ADVERTISEMENT

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम ९टिएमएस० खाता खोलेका छन् । प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो ।

इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख उदय अधिकारीका अनुसार लगानीकर्ताले प्रविधिका कारण जहाँबाट पनि कारोबार गर्न सकिने भएकाले टिएमएस प्रयोगकर्ता बढेका हुन् । “अहिले लगानीकर्ता प्रविधिमा अभ्यस्त भइसकेका छन् । त्यसैले नयाँ लगानीकर्ताले सबैभन्दा पहिले टिएमएसको सुविधा खोज्ने गरेका छन्,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार बाँकेमा हालसम्म ६२ हजार ७९६ जनाले हितग्राही ९डिम्याट० खाता खोलेका छन् । तीमध्ये ३७ हजार ३०० पुरुष, २५ हजार ४५९ महिला र ३७ जना अन्य रहेका छन् । करिब १० प्रतिशत खाता भने निष्क्रिय रहेको उहाँले जानकारी दिनुभयो ।

बैंक तथा वित्तीय संस्थाले पनि हितग्राही खाता खोल्ने सुविधा दिन थालेपछि र शेयर बजारबाट आम्दानी गर्न सकिने विषयमा गाउँ–गाउँसम्म जनचेतना बढ्दै गएपछि नयाँ लगानीकर्ता थपिने क्रम तीव्र बनेको उहाँको भनाइ छ ।

लगानीकर्ता कुलप्रसाद शर्माले प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० मा आवेदन दिनकै लागि पनि धेरैले डिम्याट खाता खोल्ने गरेको बताउनुभयो । उहाँका अनुसार वास्तविक लगानीभन्दा पनि अरूलाई देखासिकी गर्ने प्रवृत्तिका कारण पनि हितग्राही खाताको सङ्ख्या बढेको छ ।

नेपालगञ्जमा हाल इम्पेरियल सेक्युरिटिज, कालिका सेक्युरिटिज र प्राइमो सेक्युरिटिजमार्फत शेयर कारोबार हुँदै आएको छ । बाँकेसँगै बर्दिया, दाङ, कैलाली, कालीकोट, जुम्लालगायत जिल्लाका लगानीकर्ताले पनि नेपालगञ्जलाई शेयर कारोबारको केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन् ।
 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…