Pairabi logo

असोज १७, २०८३, शनिबार                    

बाँकेमा संचालित पोषण परियोजना प्रभावकारी, कुपोषित बालबालिकामा सुधार

डेक्स

डेक्स

बाँकेमा संचालित पोषण परियोजना प्रभावकारी, कुपोषित बालबालिकामा सुधार
ADVERTISEMENT

राकेश कुमार मिश्र 

नेपालगन्ज २ साउन । बाँकेमा संचालित जिवनका लागि पोषण परियोजनामार्फत कुपोषित बालबालिकाहरुको प्रभावकारी उपचार भएको पाइएको छ । हेलेन किलर इन्टरनेशनलको सहयोगमा बाँके युनेस्को क्लबले संचालन गरेको परियोजनामार्फत कुपोषित बालबालिकाहरुको खोजी गरि उपचार गरिरहेको छ ।

परियोजनामार्फत समुदायमा कुपोषित बालबालिकाहरुको पहिचान गरी स्वास्थ्य केन्द्रसम्म पुरयाउन सफ भएको छ भने निकै कडा खालका कुपोषित बालबालिकाहरुलाई नेपालगन्ज पोषण पुर्नस्थापना केन्द्रमा रेफर तथा समुदायस्तरका स्वास्थ्य केन्द्रमार्फत उपचार भईरहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार डुडुवा र नरैनापुर गाउँपालिकामा रहेका कुपोषित बालबालिकाहरुको नियमित उपचारले धेरै बालबालिकाहरु निको भएर स्वस्थ भएका छन ।

जिल्लाकै सबै भन्दा बढी नरैनापुर गाउँपालिकामा कुपोषित बालबालिकाहरु रहेका छन । ती बालबालिकाहरुको नियमित उपचार, स्वास्थ्यकर्मीको निगरानीले बच्चाहरुमा सुधार आएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार साहले बताउनुभयो । उहाँका अनुसार नरैनापुरमा ११२ जना बालबालिकाहरुमा कडा कुपोषण रहेकोमा ७४ जना मात्र उपचारमा आएका र बाकी ३८ जना बालबालिकाहरु अझै पनि समुदायमा रहेका छन ।

ती बच्चाहरुलाई घर भेटमार्फत उपचारका लागि आग्रह गरिएपनि चेतनाको आभावमा स्वास्थ्य केन्द्रसम्म नजाने चुनौती छ, शाखा प्रमुख साहले भन्नुभयो,–‘शुरुमा गरिएको स्क्रनिङ्गमा भेटिएका कडा कुपोषित बालबालिकाहरुको उपचारका लागि हामी घर घरमा पुगे पनि अभिभावकहरु स्वास्थ्य संस्थामा आउनदैनन, बच्चाहरुमा रोगको जटिलता बढीरहेको छ, जति पनि सम्झाइ बुझाई गर्दा पनि स्वास्थ्य केन्द्र र नेपालगन्जको पुर्नस्थापना केन्द्रमा नगएपछि उपचारमा समस्या छ भन्नुभयो । 

परियोजना संचालन भएको करिब ७ महिनाभित्र नरैनापुर र डुडुवाका कुपोषित बालबालिकाको उपचार गरिएपछि राम्रो सुधार भएको युनेस्कोका कार्यकारी निर्देशक रवि तुलाधरले बताउनुभयो । उहाँका अनुसार परियोजनामार्फत समुदायस्तरमा कुपोषित बालबालिकाहरुको खोजी गरी कडा र मध्यमस्तरका छुट्टाएर स्वास्थ्य केन्द्रमार्फत उपचार गराउने, स्वास्थ्य परामर्श दिने, पोषिलो खाना खुवाउने, र अति कडा कुपोषित बालबालिकालाई नेपालगन्ज पुर्नस्थापना केन्द्रमा रेफर गर्ने गरिएको छ । 

गरिबी, खाद्य असुरक्षा, सानो उमेरमा विवाह, समयमै स्वास्थ्य सेवा नपुग्नु, स्तनपान तथा पूरक आहारसम्बन्धी अपर्याप्त जानकारी, जन्मान्तरको अभाव र सरसफाइका चुनौतीले समुदायका बालबालिका र महिलाको पोषण अवस्थालाई असर पारेको छ ।यही अवस्थालाई सुधार गर्न परियोजनाले बाँकेका सबै स्थानीय तहका समुदायमा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई पोषण परामर्श, पाँच वर्षमुनिका बालबालिकाको नियमित वृद्धि अनुगमन, स्तनपान प्रवद्र्धन, पूरक आहारसम्बन्धी व्यवहार परिवर्तन, पोषण बगैँचा स्थापना, स्थानीय पोषणयुक्त खाद्यान्नको उत्पादन तथा उपभोग प्रवद्र्धन, महिला समूह परिचालन तथा स्वास्थ्य स्वयंसेविकाको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको छ । 

त्यसैगरी घरपरिवारलाई सन्तुलित आहार, सरसफाइ, सुरक्षित खानेपानी तथा बाल हेरचाह सम्बन्धी व्यवहार परिवर्तनका लागि नियमित अभिमुखीकरण र समुदायस्तरीय छलफल सञ्चालन गरिएको क्लबले जनाएको छ । 

बाँकेको नरैनापुरमा ११२ जना बालबालिकामा कडा किसिमको कुपोषण रहेकोमा ७४ जना मात्र उपचारमा रहेका छन । कडा कुपोषित ३८ जना बालबालिका अझै पनि उपचारमा नगएर समुदायमै रहेका छन । ३४९ जना मध्यम खालको कुपोषित बालबालिकामध्ये २६६ जना मात्र स्वास्थ्य संस्थामा उपचार गराईरहेको नरैनापुर स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिनुभयो । मध्यम कुपोषित ८३ जना बालबालिका अझै स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छैनन । 

डुडुवा गाउँपालिकामा ८६ जना कडा किसिमको कुपोषित बालबालिका सबै स्वास्थ्य केन्द्रमा उपचार गराईरहेका छन भने ४०७ जना मध्यम खालका कुपोषित बालबालिकामध्ये ३६६ जना मात्र स्वास्थ्य केन्द्रमा उपचारका लागि सम्पर्क आएको डुडुवाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । 

नरैनापुर र डुडुवामा कुपोषित बालबालिकाहरुको अवस्था र समस्या बारे अनुगमन समेत गरिएको छ । अनुगमनमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, फोकल पर्सन बसन्ती मल्ल, हेलेन केलर इन्टरनेशनलका प्रदेश म्यानेजर शशीदेव साह, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

अनुगमन टोलीले कुपोषित बालबालिकाहरुको अवस्था बारे जानकारी लिनुका साथै उपचारमा नगएका बालबालिकाहरुलाई स्वास्थ्य संस्थासम्म पुरयाउन आवश्यक रणनीति अपनाइएको छ । बाँके युनेस्को क्लबले बाँके जिल्लामा ९ महिने परियोजना संचालन गरेको छ । 
 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…