Pairabi logo

असोज २६, २०८३, सोमबार                    

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

डेक्स

डेक्स

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट
ADVERTISEMENT

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.६० प्रतिशत फर्छ्योट गरेको छ । अदालतमा कुल लगत रहेका २ हजार १६३ मुद्दामध्ये १ हजार ३५४ वटा मुद्दा फर्छ्योट गरेको हो । 

शुक्रबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई वर्ष भन्दा पुराना सबै मुद्दा फर्छ्योट गर्न सफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्र फर्छ्योट हुन बाँकी रहेका छन् । ती मुद्दा पनि साउनभित्रै टुंग्याउने लक्ष्य रहेको न्यायाधीश ज्ञवालीले बताउनुभयो । 

अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका १ हजार ५२१ गरी कुल २ हजार १६३ मुद्दा लगतमा रहेका थिए । तीमध्ये १ हजार ३५४ मुद्दा फर्छ्योट हुँदा ८०९ मुद्दा चालु अवस्थामा रहेका छन् । वार्षिक कार्ययोजना अनुसार अदालतले २ हजार ४९० मुद्दाको लगत रहने अनुमान गर्दै १ हजार ७४३ मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेको थियो । सोही आधारमा लक्ष्य अनुसार ७७.७ प्रतिशत उपलब्धि हासिल भएको जनाइएको छ ।

विगत तीन आर्थिक वर्षको तथ्यांकले भने फर्छ्योट दरमा केही गिरावट देखाएको छ । आर्थिक वर्ष २०८०र८१ मा ७१.४१ प्रतिशत र २०८१/८२ मा ७५.७४ प्रतिशत फर्छ्योट भएको थियो भने आर्थिक वर्ष २०८२/८३ मा यो दर ६२.६० प्रतिशतमा झरेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गरिएपछि चार महिना मुद्दा सुनुवाई रोकिएका कारण फछ्र्यौट दर घटेको न्यायाधीश ज्ञवालीको भनाइ छ ।

अदालतले जलेका मिसिलको प्राप्ति तथा प्रमाणीकरण कार्य पनि शतप्रतिशत सम्पन्न गरेको जनाएको छ । आर्थिक वर्षभर ७५३ वटा जलेका मिसिलको प्राप्ति र प्रमाणीकरण गरिएको न्यायाधीश ज्ञवालीले जानकारी दिनुभयो । 
यस्तै बाँके र बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८२र८३ मा दर्ता तथा जिम्मेवारी सरेका मुद्दामध्ये बाँकेमा २ हजार ७३३ र बर्दियामा १ हजार ३१२ मुद्दा फर्छ्योट भएका छन् ।

बाँके जिल्ला अदालतमा कुल ७ हजार ४७ वटा मुद्दामध्ये २ हजार ७३३ मुद्दा फर्छ्योट भएको छ भने ४ हजार ३१४ मुद्दा अझै विचाराधीन रहेका छन् । यस अनुसार बाँके जिल्ला अदालतको फर्छ्योट दर करिब ३८।८ प्रतिशत रहेको देखिन्छ । 

त्यस्तै, बर्दिया जिल्ला अदालतमा कुल १ हजार ९९४ मुद्दामध्ये १ हजार ३१२ मुद्दा फर्छ्योट भएको छ भने ६८२ मुद्दा बाँकी रहेका छन् । बर्दिया जिल्ला अदालतको फर्छ्योट दर करिब ६५.८ प्रतिशत रहेको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…