Pairabi logo

असोज २४, २०८३, शनिबार                    

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

डेक्स

ADVERTISEMENT

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव गरिएको विधेयकका विषयमा नेपालगन्जमा कानुन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा महिला कानून र बिकास मञ्चका कार्यक्रम ब्यवस्थापक अधिवक्ता दीपेश श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनका लागि प्रस्ताव गरिएका प्रमुख प्रावधान तथा संशोधनका विषयवस्तुबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले प्रस्तावित संशोधनले महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण, कार्यान्वयन र सेवामा पार्न सक्ने प्रभावका विषयमा प्रकाश पार्नुभयो ।

त्यसैगरी महिला कानून र बिकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठले विधेयकमा प्रस्ताव गरिएका संशोधनका कानुनी तथा व्यावहारिक प्रभावबारे चर्चा गर्नुभयो। उहाँले कानुनी प्रावधान निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा स्पष्टता तथा अधिकारको व्यवहारिक सुनिश्चिततालाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रस्तुतीकरणपछि भएको छलफलमा सहभागी कानुन व्यवसायीहरू सुनिता शर्मा, बसन्त गौतम, पुनम श्रेष्ठ, सुनिता वर्मा, दुर्गा खड्का, लगायतले प्रस्तावित विधेयकका विभिन्न प्रावधान, त्यसले पार्न सक्ने कानुनी तथा सामाजिक प्रभाव र कार्यान्वयनका व्यावहारिक पक्षबारे आफ्ना धारणा, सुझाव तथा अवलोकन प्रस्तुत गरेका थिए।

सहभागीहरूले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई अझ प्रभावकारी रूपमा सुनिश्चित गर्न संशोधन विधेयकलाई अधिकारमुखी, व्यावहारिक र कार्यान्वयनयोग्य बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले प्रस्तावित कानुनी संशोधनबारे कानुन व्यवसायीहरूबीच साझा बुझाइ निर्माण गर्नुका साथै विधेयकलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव र दृष्टिकोण संकलन गर्ने अवसर प्रदान गरेको अधिवक्ता बसन्त गौतमले बताउनुभयो ।

ताजा

सबै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

लोकप्रिय

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

यो पनि

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…