Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

डेक्स

डेक्स

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल
ADVERTISEMENT

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव गरिएको विधेयकका विषयमा नेपालगन्जमा कानुन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा महिला कानून र बिकास मञ्चका कार्यक्रम ब्यवस्थापक अधिवक्ता दीपेश श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनका लागि प्रस्ताव गरिएका प्रमुख प्रावधान तथा संशोधनका विषयवस्तुबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले प्रस्तावित संशोधनले महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण, कार्यान्वयन र सेवामा पार्न सक्ने प्रभावका विषयमा प्रकाश पार्नुभयो ।

त्यसैगरी महिला कानून र बिकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठले विधेयकमा प्रस्ताव गरिएका संशोधनका कानुनी तथा व्यावहारिक प्रभावबारे चर्चा गर्नुभयो। उहाँले कानुनी प्रावधान निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा स्पष्टता तथा अधिकारको व्यवहारिक सुनिश्चिततालाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रस्तुतीकरणपछि भएको छलफलमा सहभागी कानुन व्यवसायीहरू सुनिता शर्मा, बसन्त गौतम, पुनम श्रेष्ठ, सुनिता वर्मा, दुर्गा खड्का, लगायतले प्रस्तावित विधेयकका विभिन्न प्रावधान, त्यसले पार्न सक्ने कानुनी तथा सामाजिक प्रभाव र कार्यान्वयनका व्यावहारिक पक्षबारे आफ्ना धारणा, सुझाव तथा अवलोकन प्रस्तुत गरेका थिए।

सहभागीहरूले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई अझ प्रभावकारी रूपमा सुनिश्चित गर्न संशोधन विधेयकलाई अधिकारमुखी, व्यावहारिक र कार्यान्वयनयोग्य बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले प्रस्तावित कानुनी संशोधनबारे कानुन व्यवसायीहरूबीच साझा बुझाइ निर्माण गर्नुका साथै विधेयकलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव र दृष्टिकोण संकलन गर्ने अवसर प्रदान गरेको अधिवक्ता बसन्त गौतमले बताउनुभयो ।

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…